Sansar News- Nepal's Fast Khabar Online News Portal

हत्या प्रकरणबारे बुझ्न संसदीय टोली कञ्चनपुर

संसार न्यूज़
४ वर्ष पहिले

 ९ भदौ,कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका चम्फापुरकी रामदुलारी रानाको हत्या प्रकरणबारे स्थलगत अध्ययन अनुगमनका लागि व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको टोली कञ्चनपुर आइपुगेको छ ।

बुधबार घटनाबारे सत्यतथ्य बुझ्न आइपुगेको टोलीले घटना भएको चम्फापुर क्षेत्रमा पुगी स्थानीय बासिन्दा तथा पीडितपरिवारसँग जानकारी लिएको छ । आज टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, पीडित, पीडक र मानवअधिकारकर्मीसँग भेटघाट गरी घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

टोलीमा समितिका सभापति रञ्जुकुमारी झा, आनन्दी पन्त, कलशादेवी महरा, मुक्ताकुमारी यादव, दुर्गा खुना, रुक्मिणी चौधरीलगायत रहनुभएको छ ।गत जेठ १८ गते घरबाट हराएकी रानाको शव शङ्कास्पद अवस्थामा जेठ २२ गते खेतमा फेला परेको थियो । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…