Sansar News- Nepal's Fast Khabar Online News Portal

गुम्बाबाट चौथोपटक दानपेटिका चोरी

संसार न्यूज़
४ वर्ष पहिले

९ भदौ,ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ ।

ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति गुम्बाको ढोका फोडेर भित्र रहेको दानपेटिका चोरी भएको हो । रातको मौका छोपेर चोरी भएको बताइएको छ । लामो समयदेखि नखोली राखिएको दानपेटिकामा धेरै रकम जम्मा भएको अनुमान गरिए पनि के कति रकम थियो भन्ने यकिन नभएको बताइएको छ ।

यसअघि पनि विभिन्न समयमा गुम्बाबाट दानपेटिका चोरी भएको थियो । पछिल्लो समयमा यसरी धार्मिक क्षेत्रमा नै प्रवेश गरेर पटकपटक चोरी हुने गरेपनि खोजीकार्य गर्दा चोरी गर्नेको पहिचान भने हुन सकेको छैन । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…