Sansar News- Nepal's Fast Khabar Online News Portal

छ गोली लागेको गैँडाको अवस्था सुधारोन्मुख

संसार न्यूज़
४ वर्ष पहिले

९ भदौ,रत्ननगर (चितवन) । रौतहटको जङ्गलमा तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको अवस्था सुधारोन्मुख देखिएको छ ।

रौतहटबाट चितवन निकुञ्जले यही भदौ ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएर छाडेको करिब १५ वर्षको भाले गैँडाले आफ्नो विचरन र चरन क्षेत्र बढाउन थालेको निकुञ्जले जनाएको छ ।

सौराहामा निकुञ्जको एक प्राविधिक टोली र नेपाली सेनाले गैँडाको उपचारका साथै रेखदेख गर्दै आएको छ । टेन्ट टाँगेर चौबिसै घन्टा गैँडाको निगरानीमा टोली खटाएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

“सुरुमा हिँड्डुल गर्नसमेत सक्दैनथ्यो”, चितवन निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले भन्नुभयो, “अहिले राम्ररी हिँड्ने र खानेकुरा खाने गर्न थालेको छ, अब निको हुने आशा पलाएको छ ।”

गोली भित्रैबसेको आशङ्का निकुञ्ज अधिकारीले गरेका छन् । यही भदौ ४ गते रातिको समयमा तस्करबाट गोली हानी घाइते भएको गैँडाको उद्धारपछि अहिले चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रेखदेखमा उपचार भइरहेको छ । गैँडाको निधार, गाला, तथा कन्चट आसपासमा पाँच गोली लागेको र ढाडमा एउटा गोली लागेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका रेन्जर लक्ष्मण रायले गम्भीर घाइते अवस्थामा उद्धार गरिएको गैँडाको अहिले अवस्था सुधार हुँदा खुसी लागेको बताउनुभयो । गैँडाको उद्धार गरेर ल्याउने टोलीमा उहाँ सहभागी हुनुहुन्थ्यो । “टोली पुग्दा उठ्न सक्थेन, बल्ल बल्ल पानी खुवाएर ल्याइएको थियो, अहिले विचरन गर्न थालेको छ”, रायले भन्नुभयो । रौतहटको चन्द्रपुर नगरपालिका–२ गैँडाटारमा तस्करबाट हानेको गोली लागेर गैँडा गम्भीर घाइते भएको थियो ।

निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा अहिले उपचार चलिरहेको छ । भरुवा बन्दुकले हानेको जस्तो देखिएपनि ढाडको घाउ देख्दा अन्य बन्दुक पनि प्रयोग भएको हो कि भन्ने आशङ्का गरिएको छ । बाटो बिराएर गैँडा त्यहाँ पुगेको संरक्षणकर्मीले बताएका छन् । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…