Sansar News- Nepal's Fast Khabar Online News Portal

गायक पोखरेल उपराष्ट्रपतिबाट सम्मानित

संसार न्यूज़
३ वर्ष पहिले
गायक पोखरेल उपराष्ट्रपतिबाट सम्मानित

singerकाठमाडौँ : गायक सिताराम पोखरेल विश्व संगीत दिवसमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनबाट सम्मानित भएका छन ।
नेपाल सांगीतिक संघको आयोजनामा विश्व संगीत दिवसको अबसरमा गरिएको कार्यक्रममा उपराष्ट्रपति पुनले गायक पोखरेललाइ सम्मान गरेका थिए।
नेपाली कला, सस्कृति, साहित्य संगीत क्षेत्रमा प्रत्यक्ष रुपमा राष्ट्रलाइ पुर्याएको योगदान तथा निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रमा लागी परेर नेपालि संगीतको अभिभाबक बनेर सांगीतिक फाटको एक धरोहर बन्दै नेपाली सांगीतिक क्षेत्रलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएकोमा गायक पोखरेललाइ सम्मान गरिएको थियो ।
सदाबहार गित आखाको नानि हौ तिमि भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गित गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बेसी सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन ।

निरन्तर संगीत सधानामा नै लागेर उनले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाइ सकेका छन ।
सगरमाथाको फेदी सोलुखुम्बु, खोटांग देखि भर्खरै मात्र अमेरिका,सिंगापुर, मलेसियामा सम्मान ग्रहण गरेका पोखरेलले नेपाल पत्रकार महासंघ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ ज्यासिस, नेपाल भारत मैत्री संघ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्बाञ्चल संगीत कलाकार संघ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाईसकेका छन । गायन संगै समाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका गायक पोखरेल मिजाशिला व्यक्तित्वका धनि पनि छन ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…