back

‘माइती गाँउ’ जाने बस गईसकेको गायिका गुरुङको गुनासो

वि.सं.२०७४ असार २० मंगलवार

231 

shares
NTC AD
Global IME AD

maiti-gauकुमार “अविरल” पन्थी
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकारहरुलाई तिजको चटारोले भ्याइ-नभ्याइ छ । यतिबेला कलाकार तिजका गित गाउन र म्युजिक भिडियो बनाउनमा व्यस्त रहेका छन ।

कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुलाई भिन्न भिन्न खालका तिज गितहरु बजारमा निकालेर नयाँ तवरले मनोरञ्जन दिन जुटीरहेका छन । पछिल्लो समय तिजका गितहरु अलिक भिन्न तथा उताउला दुरुस्तै रतौली जस्ता पनि आउन थालेका छन ।

हमाल म्युजिकको प्रस्तुतिमा गायीका कमला गुरुङको तिज गित “माइती गाँउ” बजारमा आएको छ । गुरुङ्को उक्त गित युटुब मार्फत सार्वजनिक गरिएको हो । हरेक वर्ष तीजको अवसर पारेर गायिका गुरुङले छुट्टै महत्वका गीत दर्शकहरु माझ पस्कने गर्छिन । गत वर्षको तीजमा “लभ छुटेको माया” एल्बम बजारमा ल्याएकी गुरुङले यसपालीको तीजमा “माइती गाँउ”  बोलको तीज गीत सार्वजनिक गरेकी हुन ।

उक्त तिज गीतमा गायिका गुरुङ र गायक खुमन अधिकारीको स्वर रहेको छ। गीतको भाव अनुसार गायिका गुरुङले श्रीमानसँग माइत जान ढिला भएको र “माइती गाँउ” जाने बस पनि गईसकेको कुराहरु गरेकी छिन । यतिबेला प्रवासमा रहेकी गुरुङले ५ ओटा एल्वम बजारमा निकालिसकेकी छिन् ।

मौलिक भाकामा सजिएको “माइती गाँउ” एल्बममा सामाजका वास्तविक कथा बस्तुलाई दर्शाउन खोजिएको छ । गीतमा हरि प्रसाद न्यौपानेको शब्द तथा कृष्ण सापकोटाले लय सृजना गरेका छन । चर्चित निर्देशक स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेको भिडियोमा कृष्ण सापकोटा र रन्जु अधिकारीले अभिनय गरेका छन ।

गीतको भिडियोलाई सुरेस श्रेष्ठले छायाँकन तथा सुधन बस्नेतले सम्पादन गरेका छन भने दृश्य निर्माण गुरुआमा फिल्मसले गरेको छ ।

 

वि.सं.२०७४ असार २० मंगलवार ०२:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...