Sansar News- Nepal's Fast Khabar Online News Portal

कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच हार्दिकतामा जोड

संसार न्यूज़
४ वर्ष पहिले

 १० भदौ,काठमाडौँ । नवनियुक्त वाणिज्यमन्त्री रोमी गौचन थकालीले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व हार्दिकताका साथ हालेमालो गरेर अगाडि जाँदा सजिलो हुने बताउनुभएको छ ।

आज सिहंदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो–‘‘हामी जनतालाई सेवा दिने हाँै । राजनीतिक आस्थाका आधारमा कसैमाथि विभेद् गरिने छैन, त्यसैले तपाइँहरु निर्धक्क भएर काम गर्नुहोस् ।’’

मन्त्री थकालीले विशेषज्ञता हासिल गरेका कर्मचारीलाई प्राथमिकता राखेर काम गर्नुपर्ने भन्दै आफूले मन्त्रालयको काम गर्ने समूहको नेतृत्वलाई कमजोर नबनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भारत र चीनसँग मित्रवत् सम्बन्ध राखेर अधिकतम् लाभ लिनुपर्नेमा जोड दिँदै दुई मुलुकसँगको द्विक्षीय र आन्तरिक सम्बन्ध स्थापना गर्नुपर्ने बताउनुभयो ।

मन्त्री थकालीले सङ्क्रमणकालीन अवस्थामा सरकार रहेकाले मुलुकको अर्थतन्त्र सुदृढ गदै लैजानुपर्ने बताउनुभयो ।

मुस्ताङबाट विसं २०७० को संविधानसभाको निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित मन्त्री थकालीले विसं २०३४ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिकमा प्रवेश गर्नुभएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले मन्त्री थकालीलाई मन्त्रालयमा भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो ।  रासस

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…