Sansar News- Nepal's Fast Khabar Online News Portal

आजै शपथ लिएका मन्त्री गगन थापाले दिए यस्तो निर्देशन

संसार न्यूज़
४ वर्ष पहिले

gagan-thapa

१० भदौ, काठमाडौँ  । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यका र बाहिरका जिल्लामा बिनादर्ता भएका औषधि पसललाई कारबाहीका दायरामा ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।

औषधि व्यवस्था विभागले गरेको औषधि व्यवस्थापन कार्यक्रममा उहाँले भन्नुभयो, “बिनादर्ता सञ्चालन हुँदै आएका औषधि पसललाई एक महिना दर्ता गर्ने समय दिनुस् तर एक महिनाभित्र दर्ता नगर्ने औषधि पसललाई बन्द गर्नाका साथै सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने कार्य सुरु गरिहाल्नुहोस् ।” मन्त्री थापाले कतै एक जनाका नाममा औषधि पसल दर्ता गरी सञ्चालन अरुले नै गर्ने गरेकाले उनीहरुलाई पनि कारबाही गर्न विभागलाई निर्देशन दिनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले थोरै दक्ष जनशक्तिले धेरै काम गरिरहनुपरेको गुनासो गर्नुभयो । आजैदेखि विभागद्वारा गरिने सम्पूर्ण काम औषधि उत्पादन, पैठारी, औषधि पसल दर्ता र औषधि पसल दर्ताजस्ता सम्पूर्ण काम अनलाइन पद्धतिबाट हुने उहाँले बताउनुभयो । तस्बिर : प्रदीपराज वन्त, रासस

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…