Sansar News- Nepal's Fast Khabar Online News Portal

किन पुगे भारतीय राजदूत राय मनाङमा ?

संसार न्यूज़
४ वर्ष पहिले

 १० भदौ, बेंसीशहर । नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुग्नुभएको छ ।

भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा राजदूत राय मनाङ पुग्नुभएको हो ।

हेलिकप्टरबाट उहाँ बिहान १०.४५ बजे माथिल्लो मनाङ पुग्नुभएको हो । राजदूत राय विकट गाविस फू गाउँमा ओर्लने कार्यक्रम भए पनि खराब मौसमका कारण माथिल्लो मनाङमा अवतरण गराइएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिनुभयो ।

राजदूत रायले भ्रमणका क्रममा ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्ण पुग्नुहुनेछ भने भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब रु तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको अवलोकन गर्नुहुनेछ । रासस

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…