back

सुगन्धित तेलबाट आम्दानी लिँदै किसान, प्रतिलिटर रु ४० हजार

वि.सं.२०७४ असार २५ आइतवार

273 

shares
NTC AD
Global IME AD

sunghit-tel२५ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ जुडाका किसान क्यामामाइल जडीबुटीखेतीमा संलग्न भएका छन् ।

क्यामामाइलको उत्पादित सुगन्धित तेल सहजै बिक्री हुन थालेपछि यहाँका किसान उक्त खेतीमा संलग्न भएका हुन् । उत्पादित तेल नेपालगञ्जका व्यापारीले प्रतिलिटर रु ४० हजारका दरले किसानको घरबाटै खरिद गर्न थालेपछि क्यामामाइलको खेतीमा संलग्न किसान उत्साहित भएका छन् ।

यहाँका २२ जना किसानले झन्डै दश बिगाहा खेतमा क्यामामाइल खेती गरेका छन् । यस वर्ष रु सात लाख ३३ हजार बराबरको १८ लिटर तेल किसानले बिक्री गरेका स्थानीय कालुसिंह ठगुन्नाले बताउनुभयो । बीस हजार रुपैयाँ बराबरको अन्न उत्पादन हुने एक बिगाहा खेतमा क्यामामाइल खेती गरेर किसानले छ महिनामै रु एक लाख ६० हजारसम्म आम्दानी गरेका उहाँले बताउनुभयो ।

क्यामामाइल खेती गरेर उत्पादित तेल बिक्री हुन छाडेपछि तीनवर्ष अघि वैदेशिक रोजगारमा संलग्न भएका रतनबहादुर ठगुन्नाले पुनः क्यामामाइल खेती गर्न थाल्नुभएको छ । सुगन्धित तेलले बजार पाउन थालेको जानकारी पाएपछि मलेसियाबाट घर फर्केर पुनः क्यामामाइलखेती गरेको उहाँको भनाइ छ । यस वर्ष थोरै जग्गामा लगाइएको क्यामामाइलबाट रु एक लाख १० हजार आम्दानी गरेको ठगुन्नाको भनाइ छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका यहाँका बासिन्दाले खेतबारीमा लगाएको अन्नबाली जनावरले खाएर हैरानी पार्न थालेपछि त्यसको विकल्पका रुपमा नौवर्ष अघिदेखि जडीबुटीखेती गर्दै आएका थिए । व्यापारीले उत्पादित तेल सस्तोमै खरिद गर्न थालेपछि लगानीनै नउठने भएपछि खेती गर्न छाडेका थिए ।

अन्नभन्दा कयाँैं गुणा बढी आम्दानी क्यामामाइल जडीबुटी खेतीले दिने भएकाले जडीबुटी खेतीमा संलग्न भएको स्थानीय वीरसिंह ठगुन्नाले बताउनुभयो । “उत्पादित जडीबुटी नै बिक्री हुन छाडेपछि भारत जान थालेका थियौंँ, बजार पाइएपछि पुनः फर्केर क्यामामाइल खेती गर्न थालेका छौंँ ।”

व्यापारी र किसानले उत्पादन गरेको सुगन्धित तेल भारत, चीन र थाइल्यान्डलगायत देशमा निर्यात गर्न थालेका छन् । जडीबुटी प्रशोधन गर्नका लागि राखिएका दुई प्लान्टमध्ये एउटा मात्रै सञ्चालनमा रहेको छ । भारतको लखनउबाट रु १८ लाखमा खरिद गरेर ल्याइएको प्लान्टमा लामो समयदेखि जडीबुटी प्रशोधन नहुँदा बिग्रिएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०४:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

फिक्कल (इलाम) । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको...

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

महोत्तरी । महोत्तरीमा असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको...

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका-२ माकाहाङका किसान उदय सङबाङफेले...