back

एक सय १२ वित्तीय संस्था खारेजीमा

वि.सं.२०७४ असार २६ सोमवार

261 

shares
NTC AD
Global IME AD

rastra-bank२६ असार, काठमाडौँ । मुलुकभरका ११२ वित्तीय संस्था खारेजीमा परेका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४\७५ का लागि आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा ती बैंक तथा वित्तीय संस्था खारेजीमा परेको जनाएको हो ।

यस्तै विलय र प्राप्तिबाट (मर्जर एण्ड एक्विशन) बाट हालसम्म १५५ बैंक तथा वित्तीय संस्था सामेल भएको नीतिमा उल्लेख गरिएको छ ।

बैंकका अनुसार ११२ संस्था खारेज भई ४३ वटा कायम भएको गभर्नर डा चिरञ्जीवी नेपालले जानकारी दिनुभयो ।

यस्तै समस्याग्रस्त १६ वटा संस्थामध्ये सात वटा सुधारका क्रममा रहेको र दुई वटा सामान्य अवस्थामा फर्किएर नियमित कारोबार गर्न थालेको पनि उहाँले जानकारी दिनुभयो ।

यसैगरी बैंक तथा वित्तीय संस्थालाई भौतिक पूर्वाधार, जलविद्युत् तथा अन्य विकास निर्माणका काममा समेत ठूलो मात्रामा लगानी गराउने लक्ष्यका साथ पुनर्कर्जाको सुविधामा शतप्रतिशत वृद्धि गरेको छ ।

हाल बैंकले रु १० अर्ब ८४ करोडको सीमाभित्र रही पुनर्कर्जा सुविधा दिँदै आएकोमा आज सार्वजनिक मौद्रिक नीतिले सो सुविधा बढाएर रु २० अर्ब पु¥याएको छ ।

सो कोषमा केन्द्रीय बैंकको मुनाफाबाट समेत रकम छुट्याई रकम जम्मा गरिनेछ । आर्थिक पुनरुद्वार कोषमा रहेको रु पाँच अर्ब जलविद्युत्लगायत रणनीतिक महत्वका प्राथमिकता प्राप्त क्षेत्रमा पुनर्कर्जा उपलब्ध गराउन उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाले जलविद्युत् लगायतका रणनीतिक महत्वका क्षेत्रमा सहुलियतपूर्ण बैंक कर्जा प्रवाह गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

वि.सं.२०७४ असार २६ सोमवार ०४:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...