Sansar News- Nepal's Fast Khabar Online News Portal

चिर्नै पर्छ प्रचण्ड राष्ट्रघातको आरोपलाई

संसार न्यूज़
३ वर्ष पहिले
चिर्नै पर्छ प्रचण्ड राष्ट्रघातको आरोपलाई

nilkantha-tiwari

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको गठबन्धन टुटाएर नेपाली कांग्रेससँगको नयाँ गठबन्धनमा सरकारको नेतृत्व सम्हाल्दा साथ पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रघातमा लागेको कटाक्षे सामाजिक संजालहरुमा प्रशस्तै देखिएको थियो । नेपाली जनताको राष्ट्रियताको भावनालाई राम्रैसँग बुझेर महाकालीको पाप पखाल्ने प्रयत्नमा लागेका केपी ओली निकै प्रतिकुलतामा पनि हाइ–हाइबाट विदा लिन सफल भए । अ‍ोली र प्रचण्डका भित्रि कुरा के के थिए र किन लागु भएनन् वा सतहमा ल्याइएका कुराले प्रचण्डलाई गठबन्धन टुटाउन कसरी बाध्य बनायो ? विश्लेषण आ–आफ्नै पाराले गर्न सकिन्छ । तर, एमालेका नेताहरु मुख्यत झलनाथ खनाल र वामदेव गौतमले प्रचण्डलाई सरकारको नेतृत्व दिने सहमति भएको तर पालना नगरिएको खुलासा भएकोले पनि प्रचण्डले सरकार निर्माणका लागि कांग्रेसको सहयोग लिएका हुन भन्न चाँहि प्रष्ट सकिन्छ ।

वाम गठबन्धनको डोरी चुडालेर दक्षिणपंथी शक्तिसँग नयाँ सहयात्रा गरेका प्रचण्डको अगाडि चुनौतीका चाङहरु निकै रहेको अब दोहो¥याइरहनु पर्दैन । तथापी भारतले नाकाबन्दीका बेला अ‍ोलीले देखाएको अडान, बजेटमा सुधारात्मक प्रतिस्प्रधाको प्रयास, दक्षिणपन्थी शक्तिसँगको असहज यात्राको थालनी र चुलिदैं गएको जनआकांक्षाका बिच कमरेड प्रचण्डले सत्ताको बागडोर सम्हाल्नु भएको कुरा पनि चुनौती सँग जोडिएका छन् ।
यतिबेला कमरेड प्रचण्ड सबैभन्दा ठूलो चुनौती गणतन्त्र संस्थागत गर्नुमै छ । “ठेला–गाडा घचेटेर अमेरिका पुगिन्न, कुहिनाले पहरा फोर्न कहाँ सक्छ ?” भन्ने लाइनका मुख्य नेता शसक्त प्रतिपक्षमा हुनुहुन्छ र आत्मैदेखि व्यवस्था परीवर्तन नचाहेको नेपाली कांग्रेस जस्तो यथास्थितिवादी शक्तिको मुख्य आडमा सरकार चलाउनु परेको छ । त्यसैगरी उग्र अराजकतामा फसेको मधेस आन्दोलनका नेताहरुलाई मुलधारमा ल्याउन कम्ति सहज छैन ।
प्रचण्डलाई यि सबै चुनौती पार गर्नुपर्छ भन्ने थाहा प्रसस्तै थियो र अरु थप घेराबन्दी सहन गर्ने आँट भएरै काँग्रेससँगको सत्ता सहयात्रा गरेका हुन भन्न पनि सजिलै सकिन्छ । रुझेका विरालो जस्तै रत्नपार्कमा म्याउ म्याउ गर्ने दलहरुलाई शक्तिका साथ एकै ठाउँमा ल्याइदिएको प्रचण्ड र उनको टिमले नै हो । यो विषयसँग जोडिएका घटनाक्रममा मत बाझिन सक्छ तर पछिल्लो परिवर्तनको मूलधारको नेतृत्व गर्ने मुख्य नायक प्रचण्ड नै हुन भन्ने कुरामा कांग्रेसीजनले पनि सहमत नहुने ठाउँ छैन । तर्सथ परीवर्तनको मुख्य हकदारलाई सत्ताको नेतृत्व दिन न कांग्रेसले कन्ज्युस्यांइ गर्नुप¥यो न त भोली एमालेले नै गर्ला ?
नियमित चुनौती सबैका हुन्छन् । तर प्रचण्डका अगाडी भयंकर र खतरनाक राष्ट्रघातका फाइलहरु अगाडि बढाउन खोजिएको छ । फास्टट्रयाक जस्तो नेपाली आफै बनाउन सक्ने परीयोजना, नौ मुरेको प्रसंग, प्रहरी प्रतिष्ठानको लागि भारतीय सहयोग लगायतका प्रस्ताव नेपाल र नेपालीका लागि निकै जिज्ञासाका विषय भएका छन् । राम्रो व्यवस्थापन गर्ने आँट सरकराले गर्ने हो र लगानीको आव्हान गर्ने हो भने खरबौंको रकम सजिलै जुट्छ भन्ने करा अहिले शेयर बजारले प्रष्ट पारेको छ । उपप्रधानमन्त्री विमलेन्द्र निधी भारत गएलगत्तै प्रचण्डले राष्ट्रघात गरिसकेको हल्ला बेजोडले पिटीएको थियो । नेकपा एमालेको स्थायी समितिबाटै प्रचण्डले मोदीलाई पठाएको पत्र सार्वजनिक गर्ने चुनौती आइसकेको थियो । प्रचण्ड स्वयमले राजनीतिक र संवैधानिक कुरा पत्रमा कतै नलेखिएको भन्दा पनि जनता विश्वस्त भै हाल्न सकेको स्थिति छैन ।
दुवै छिमकको माया लिन सक्ने सद्भावि कुटनीति निर्माणको पहलमा क. प्रचण्डका प्रयत्न कति अव्वल होला ! त्यो आफ्नो ठाउँमा छ तर उनको पछिल्लो प्रयासलाई सराहनीय मान्नैपर्छ । भारतले सत्तामा पु¥याएको आरोप व्यहोर्नु पर्ने गरी सरकारको नेतृत्व सम्हालेका प्रचण्डले राष्ट्र र राष्ट्रियताको संवेदनशीलता गहिरोसँग बुझेका छन् । भनेर विश्वास गर्ने ठाउँहरु उनले अझै राखेका छन् । स्यालहुइया  चलिरहन्छ त्यो पनि आफ्नो ठाउँमा छ तर देशलाई वर्वाद पार्ने परियोजनामा प्रचण्डले  मिठाइ  टोक्नै हुदैन र  चुक्नु हुँदैन ।  जनताले उनलाई अझै माया, विश्वास र अपेक्षा गरीरहेको कुरालाई गम्भीर भएर मनन गर्नैपर्छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…