Sansar News- Nepal's Fast Khabar Online News Portal

मलाई पुस्तकको क्रेता होईन असल पाठक चाहिएको छ

संसार न्यूज़
३ वर्ष पहिले
मलाई पुस्तकको क्रेता होईन असल पाठक चाहिएको छ

suman-ghimire

यतिबेला सामाजिक सञ्जाल देखि मिडियामा निकै चर्चामा छन्, साहित्यकार सुमन घिमिरे । आयरल्याण्डमा अध्ययन गरी फर्केका सुमन यतिबेला सौरहामा आफ्नै पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले भर्खरै दोश्रो कृतिको रुपमा ‘मौनता’ शीर्षकको उपन्यास प्रकाशित गरेका छन् । उनले यसअघि कविता संग्रह ‘मेरो बैसको क्यालेण्डर’ शीर्षकको कृति बजारमा ल्याइसकेका छन् । फुटकर रुपमा थुप्रै कविता तथा कथाहरु प्रकाशित भैसकेका छन् । पहिलो उपन्यासमै यति धेरै चर्चा कमाएका सुमनसँग संसारन्यूज डटकमले गरेको कुराकानी :


खुब चर्चामा छ नि मौनता, लेख्दै गर्दा यति धेर्र चर्चा पाउँछु होला भन्ने सोच्नु भएको थियो ?
पक्कै सोचेको भन्दा रमा्रे चर्चा पाएको छ मौनताले । एउटा लेखकलाई यो भन्दा खुशीको कुरा अरु के नै पो हुन सक्छ र ? मैले लेखनीको सुरुवाती देखि भन्दै आएको छु, मलाई पुस्तकको क्रेता होईन असल पाठक चाहिएको छ । लाग्छ मेरो पुस्तक मनपराई दिने सम्पुर्ण क्रेता होईनन् असल पाठक हुन् ।
कति प्रति छाप्नु भएको थियो र कति विक्यो ?
प्रकाशकका अनुसार यो पुस्तक लगभग ५००० को संख्यामा छापिएको हो । अहिले लगभग आधा विक्री भईसकेको छ ।


Maunata

यो उपन्यास कुन वर्गका पाठकका लागि लक्षित छ ?
यो उपन्यास सबै किसिमका पाठकलाई रुचीकर हुने मैले विश्वाश लिएको छु । कलेज पढ्ने युवा पुस्ता देखि प्रौढ सम्मले यो उपन्यास पढ्न सक्नेछन् । मलाई विश्वाश छ , यो उपन्यासले कुनै वर्ग विशेषलाई लक्षित गरेको छैन तर सबैलाई मन पर्ने छ ।


मौनताको जन्म कसरी भएको हो ?
बिहान ढिलो सम्म सुत्ने बानीले गर्दा होटल जाने काम पनि दश पाँचको जागिर जस्तो हुन थाल्यो । पुग्ने समय कहिले त मध्यान्ह बाह्र बजे पछि पनि हुन्थ्यो । राति भने काम नसकिँदा सम्म होटलमै हुन्थेँ । एक दिन होटलमा एउटा एनजिओको कार्यक्रम थियो । पाहुनाहरु राति अबेरसम्म खानपीनमा व्यस्त थिए । पाहुनाहरुको व्यवस्थापनमा कर्मचारीलाई मात्र दवाब दिन मन लागेन । त्यसो त हाम्रो होटलमा काम गर्ने कोही जागिरे छैनन् । सबैले जिम्मेवारी बहन गर्दछन् त्यो पनि कसको भागको जिम्मेवारी कुन नभनीकनै । जे आई परे पनि गर्ने हाम्रो चलनले एउटा संस्कारको रुप लिएको छ । त्यो दिन काम सकेर निकै ढिलो घर पुगें । उपन्यासको विषय फेर्ने सोच आयो । एनजिओकै बारेमा उपन्यास लेख्न ल्यापटप खोलें । त्यो पनि पन्ध्रशय शब्द भन्दा अगाडि बढेन । त्यही भएर सुत्दा निकै नै ढिला भैसकेको थियो ।
उठेकै थिइन, सुनिताले होटलबाट अर्जेन्ट कल आको छ भनेर उठाइन् । हिजो बेस्सरी पिउनेहरु थिए । उनीहरुको स्वास्थ्य गडबड पो भयो कि भन्ने भयो । हत्तपत्त फोन उठाएँ । कुरा एनजीओको रहेन छ । बिहानी पख काठमाण्डौंबाट एक जोडी पाहुना आएका रहेछन् । उनीहरुले दुईवटै कोठा मागेका रहेछन् । एनजीओ कर्मीले भरिएको होटलमा एउटा कोठा मात्र बाँकी थियो, दुई बेडको । पहिला नै दुई कोठा मागेकाले उनीहरुको नियत गलत थिएन भन्ने सोचेर कोठा दिइएछ ।
केही घण्टा पछि केटीले काउन्टरमा आएर रुमको पैसा तिरिछ र होटलको गाडी लिएर एक्लै निस्किछ । नारायणी नदी माथी पुगेर गाडी रोक्न लगाइछ । पुलमाथी ओहोरदोहोर गर्न थालिछ । उमेरले पाका र सोचले परिपक्व चालक दाईले कुरो बुझेर गाडी पार्किङ गरेछन् र त्यो केटीको नजीक गएछन् । बिहानी पख भएकाले नारायणीको पुलमा मान्छेको भीड थियो । त्यो केटीले उनीसँग केही कुरा सोधिछ । चालक दाईले जवाफ दिएछन् । चालक दाईको कुरा सुनेपछि ऊ मौलाकालिका मन्दिर तिर लागिछ । तल पार्किङमा ओर्लेर केटी माथीतिर गए पछि चालकले होटलमा जानकारी गराए छन् । त्यतिबेला सम्म होटलमा बसेको उसको साथी केटा पनि गाडी लिएर निस्किसकेको रहेछ । केटाको तनाव र चालकको फोनले होटलमा खैलाबैला शुरु भएछ ।
सबै कर्मचारी मिलेर अब के गर्ने भन्ने निधो गर्न नसकेर मलाई सम्झिएका रहेछन् । उनीहरुको कुरा सुन्ने बितिक्कै मैले चालकलाई घरमा बोलाएँ र उहाँसँगै मौलाकालिका तिर लागें । त्यो केटाको गाडी मौलाकालिकाको तलको पार्किङमा देखियो । हामी हतार हतार मौलाकालिकाको उकालो लाग्यौं । केटो मन्दिरको गेट नजीक पुगेको तलै बाट देखियो । चालक दाईलाई बीचमै बसाएर म हतार हतार माथी गएँ । मलाई चिनाएको त्यो केटो म पुग्दा आँखा बन्द गरेर बसेकी केटीसँगै बेन्चमा बसेको थियो । केटी ध्यान गरेझैँ चुपचाप बसेकी थिई । म उनीहरुलाई हेर्न मिल्ने गरी अलि परैको बेन्चमा बसेँ । एकैछिनमा केटीले आँखा खोली । उनीहरु बीच कुराकानी भए पछि केटी त्यही हो भन्ने पक्का भयो । उनीहरु बीच के कुरा हुँदै थियो, मैले सुनिनँ । केटाले उसको हात समात्यो । मन्दिर भित्र लग्यो । मैले बाहिरै बाट हेरेँ । केटीले कुनै प्रतिकार गरिन । मलाई अचम्म लाग्यो । बाहिर निस्कदा केटीको गलामा माला र शिरमा सिन्दूर थियो । केटी भावविह्वल थिई । हेर्दा हेर्दै उनीहरुले मेरा अगाडि बिहे गरेर पो निस्किए । केटीले केही प्रतिकार गरेकी थिइन । बरु उल्टै केटीका अनुहारमा अपार सन्तुष्टिको आभा झल्किरहेको थियो । केटाले उसको हात समातेको समात्यै थियो । केटाले आफुले हतार हतारमा जुत्ता लगायो तर केटीका खुट्टा भने खाली थिए । खाली खुट्टै ओरालो लागे ।
केटीको खुट्टा खाली भएर पनि उसलाई केही फरक परेको थिएन । बरु केटाको अनुहारमा छटपटी थियो । म पार्किङसम्मै उनीहरुको पछि लागेँ । केटाले केटीलाई गाडीमा बसाल्यो । गाडीको ढोका बन्द गर्यो । उसले कसैलाई फोन गर्यो । म उसको कुरा सुनिने दूरीमै थिएँ । उसले आफ्नो घरमा फोन गरेको लख काटें । शायद आफ्ना बा आमालाई आँफूले बिहे गरेको सुनाउँदै थियो । उसका कुराहरुले मैले बुझें । केटीको पनि अमेरिकाको भिषा छ । केटाकै उडानमा सँगै अमेरिका जाने हो । ऊ अष्ट्रेलियाबाट हिजो आइपुगेकी हो । यसो भन्दै गर्दा ऊ रोइरहेको थियो । कुरा सकिँदै गर्दा उसको अनुहारमा खुशी थपिँदै गएको थियो । उसले आँशु पुछ्यो । दुई घण्टामा आइपुग्छु भन्यो । त्यसपछि म नारायणघाटसम्म उसको पछि लागें । ऊ काठमाण्डौं तिर सोझियो, म सौराहा तिर । होटल पुगेपछि म सरासर उनीहरु सुतेको कोठा हेर्न गएँ । मेरो दिमागमा यस्तो कथा फुर्यो, जुन मौनता का नाममा पाठकका हातमा आइपुगेको छ ।


नपढेका पाठकलाई मौनताभित्रको विषयवस्तु छोटोमा बताइदिनुस् न ?
नेपालमा आईटिको सम्भाव्यता, वैदेशिक रोजगारीले निम्ताएको सामाजिक र पारिवारिक विचलन, महिला माथि यौन हिंसा र सबैले रुचाउने प्रेम पनि अटाएको छ । उपन्यासलाई सस्पेन्स मोडलमा ढाल्ने प्रयास गरेको छु । पाठक जति जति अगाडि बढ्दै जान्छ उति उति पुराना रहस्य खुल्दै र नयाँ रहस्य जन्मँदै जान्छन् । यसले पाठकलाई रोचकता प्रदान गर्ने छ । सँगसँगै यो एक उद्देश्यमूलक उपन्यास हो । उपन्यास पढिसके पछि सम्बन्धित पाठकहरुमा वैदेशिक रोजगारी प्रतिको लगाव घट्ने र महिला माथि हुने यौन हिंसा कम हुने आशा मैले लिएको छु ।


पाठकहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
अहिले सम्मको प्रतिक्रियाहरु राम्रै छन् । पढ्नेले रुचाउनु भएको छ । अरु उपन्यास भन्दा भिन्न स्वाद पाउनु भएको छ ।


एउटा लेखकले साहित्य लेखेकै भरमा बाँच्न सक्ने स्थित देख्निु भएको, अहिले ?
जबसम्म हामीमा पठन संस्कृतिको विकाश हुँदैन तब सम्म नेपाली लेखकले लेखेकै भरमा बाँच्न सक्दैनन् । अहिले पनि एक दुई जना लेखकले पुर्णकालिकन लेखन गरेर जीवन यापन गरेका छन् तर मनग्य पैसा भने कमाउन सकेका छैनन् ।


तपाई पयर्टन व्यवसायी, कसरी लेखनतर्फ प्रेरित हुनुभयो ?
साहित्यमा मेरो रुचै स्कुल जीवन देखिनै थियो । मैले कक्षा ५ मा हुँदा विद्यालयमा भएको कवितामा प्रथम भएँ । त्यस पछि म निरन्तरम साहित्यको यात्रामा छु । पर्यटन व्यवसायले मलाई थप लेख्न उर्जा दिएको छ । मौनताको जन्म पनि यहीं भएको हो ।


नेपाली साहित्य क्षेत्रलाई केलाएर हेर्नुपर्दा यहाँले कस्तो पाउनु हुुन्छ ? आगामी दिनमा कस्तो खालको साहित्य सिजर्ना गर्ने सोच बनाउनु भएको छ ?
नेपाली साहित्यको भविष्य राम्रो छ । नेपाली साहित्यको बारेमा चासो राख्ने वर्गको पनि वृद्यि भएको छ । हाम्रो साहित्य अनुवाद हुन पर्दछ भन्ने मान्यता म राख्छु । यदी हामीले लेखेका कुराहरु अंग्रजी भाषामा मात्रै अनुवाद हुने हो भने यसको बजार अथाह हुने थियो । एउटा लेखकलाई सबै भन्दा महत्वपुर्ण कुरा भनेको उसले पाठकको चाहना अनुरुप लेख्यो कि लेखेन । त्यही भएर म मौनताबाट पाएको प्रतिक्रियालाई मध्य नजर गरेर धेरै भन्दा धेरै पाठकले मन पराउने आख्याननै लेख्छु । म हतार भने गर्दिन । मेरो अर्को आख्यालाई पाठकले २/३ वर्ष कुर्नै पर्दछ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) २ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…