back

ठकुरीलाई लिजेन्ड अवार्ड

वि.सं.२०७४ साउन २३ सोमवार

252 

shares
NTC AD
Global IME AD

ujjwal-who-is-who-2
अमेरिकाको लेजेन्त अवार्द र अमेरिकि किताबमा उज्ज्वल ठकुरिको नाम छापियो । कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्शल आर्टस् एलाइन्स( एएमएए) ले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ । अमेरिकी मार्शल आर्ट विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सुचीकृत हुने ठकुरी, सम्भवत पहिलो नेपाली खेलाडी हुन् । साहसिक एवम उत्कृष्ट खेल कला प्रर्दशनको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

शुक्रबार मेरिल्याण्ड राज्यको नेशनल हर्वरमा आयोजित बिशेष समारोहमा ठकुरीलाई ‘ब्ल्याकबेल्ट लिजेन्ड’ अवार्डले सम्मान गरिनुको साथ साथै अमेरिकि किताबमा उज्ज्वल ठकुरीको नाम सदाका लागि छापिएको छ। सो अवसरमा विभिन्न पाँच विधामा साहसिक एवम उत्कृष्ट खेलाडीहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये अमेरिकी मार्शल आर्टस्का बिशिष्ट ब्यक्ति मानिने ग्राण्ड मास्टर झुन रि, पाईनियर एचिभमेन्ट अवार्डबाट पुरस्कृत भए । यो महत्व पूर्ण किताबमा वलिहुड ‘माइकल जे व्हाईत’ ‘सिन्थिया रोदक’ सँग संगै प्रचलित प्रचलित बेक्तीको नाम र फोटो छापिएको छ ।

ujjwal-who-is-who-1

अमेरिकी मार्शल आर्ट एलाईन्सको यो सम्मानसँगै पुरस्कृत ब्यक्तित्वको योगदान, चिनारी एवम उपलब्धि बारे आयोजकले पुस्तक प्रकाशनमा ल्याउने प्रचलन छ । जस अनुसार यसपटकको पुस्तकमा ठकुरीको योगदान, कला एवम साहसिक यात्रा बारे उल्लेख गरिएको छ । भ्यान डाम स्टाईल’ अन्तर्गत शरीरले एक सय ४० पाउण्ड एवम दाँतले एक सय पाउण्ड वजन उचाल्नुका अतिरिक्त बाइस वटा काठका पाताहरुलाई भाँच्न सफल भएका कारण ठकुरी अवार्ड पाउन सफल भएका हुन् । भ्यानडम स्टाइल तेन्सो काता र भ्यानडम स्टाइल खुकुरी कातामा पोख्त उनी, पाँचौ स्तरका ब्ल्याकबेल्ट हुन ।

अवार्डबाट आफू अत्यन्त उत्साहित भएको भन्द्र उनले भने ‘नेपाली मार्शल आर्टस्लाई संसारमा स्थापित गराउने मेरो लक्ष्य हो । यसैमा लागिपरेको छु।’ रिटायर्ड लेफिनेन्ट कर्नेल ग्यारी क्लस बाट प्रशिक्षित ठकुरीले अमेरिकाका दश राज्यमा आयोजित विभिन्न च्याम्पियनसीपमा प्रतिस्पर्धा गरिसकेका छन् । विभिन्न साहसिक एवम अनौठा मार्शल आर्टस् विधाका लागि पोख्त, ठकुरी अमेरिका स्थित नेपाली डायस्पोराबाट धेरै पटक सम्मानित एवम् पुरस्कृत भइसकेका छन् ।

वि.सं.२०७४ साउन २३ सोमवार १५:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...