Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनएको क्षेत्रिय भेला र चाउ–चाउको शन्देश

संसार न्यूज़
४ वर्ष पहिले

sanubabu silwal

भिजन २०–२० एन्ड बियोन्ड नाम दिएर अमेरिकाको न्युजर्सिमा आयोजना गरिएको एनआरएनएको छेत्रीय भेला करमारा बिनोद चौधरीले अमेरिकामा खोल्न खोजिएको चाउ–चाउको बिज्ञापनको सन्देश बोकेर आ–आफ्नै कर्म थलो प्रबास फर्किने बाहेक कुनै उपलब्धी देखिएन ।
भिजन बनाउने काम चाही एक ठेकदारलाई जिम्मा दिइएको छ । एन आर एनएको न काका तिरको साइनो, न मावलितिरको साइनो एमाले दलको संसदीय उपनेता सुचनेलाई ल्याउनु, एकाध बक्ता बाहेक सबै मिती गुज्रेकाकाहरुको बक्ताको लाईन र भद्रगोल तयारी हेर्दा भेला हात्ती आयो हात्ती आयो फुस्सा भन्दा भयो ।
११ बुदे डिक्लिरियशन जारी गर्दा अघिल्लो जापान भेलाको ९ बुदे घोषणालाई भुसुक्कै बिसिईएन मात्रै यस्ता भेलाहरु हिड्दै गयो पाइला मेट्दै गयो अर्को अर्थमा खोला त¥र्यो लौरा बिर्सियो भने जस्तै कुनै फलोअप नामो निशाना देखिएन ।
११ बुदे घोषणापत्रको कार्यान्वयन मेकानिज्मको अत्तोपत्तो नै छैन । घोषणापत्रमा नेपाल सरकारलाई दोष लगाउने र उसैको जिम्मेवार बनाएर शेष घले उम्किएका छन । लगानीलाई नेपाल पुर्याउने भनिएको छ तर के को पैसा लिएर लगानी गर्ने नेपालमा ? प्रबासका लाखौ लाख प्रबासीहरु ९८५ श्रमजिबी छन । उनिहरु दुःखजेलो गरेर बाचेका छन प्रबासमा । २–४ जना एन आर एनए का माथीका नेता बाहेक काम गरेर खाने श्रमजिबी वर्किङ्ग क्लास सँग नेपाल लगेर बालुवामा पानी हाल्ने पैसा नै छैन । यि प्रबासिहरु आ आफ्ना कर्मथलोमा नै ब्यबसाय गरेर पैसा कमाउन चाहन्छन् । उनिहरु ब्यबसायिक ज्ञान, तालिम, सिडमनि, उत्प्रेरणा र एन आर एनए को सहयोग र अभिमुखिकरण चाहन्छन र एन आर एनए ले आफ्नो आर्थिक मुद्दामा सम्बोधन गरिदेओस भन्ने चाहन्छन् । तर, भैदियो कस्तो भने, एन आर एनए ढेवा डलर नभएकाहरुलाइ एक आँखाले पनि देख्न चाहदैन । यस्ता भेलाहरुमा बिनोद चौधरी जस्ता करमारा मुलुकमारा बिलिनियर्स मात्रै सम्मानित हुन्छन ।  गरिब प्रबासीहरु आबाजबिहिन छन ।
७४ देशमा शाखाका नाममा झ्यालि पिटाइए पनि एक चौथाइ शाखाको पनि भेलामा प्रतिनिधित्व हुदैन । त्यहि पुराना अनुहार, राम्रा कार्यपत्रलाइ समय छैन । कार्यपत्र सुन्ने २० जना मानिस पनि थिएनन् । मैले मात्रै ११ जना भेटे नेपालबाट भेलामा भित्र्याइएका मानिसहरु  । जसको एन आर एनए न बाबुको साइनो न आमातिरको साइनो ।
मानब तस्करी गरि केहि सिमित हालिमुहालिवालाले पैसा खाएर थुप्रै मानिस यस भेलामा भित्र्याइएको गन्ध आइसकेको छ । सुन्दैछु भेलाका साइनो नभएका पर्यटकहरु जो भित्रयाइएका छन तिनको सख्या ५ दर्जनको हाराहारिमा हुनु पर्दछ । मानब तस्करिको अखडा बन्दैछ्न यस्ता भेलाहरु । यसको प्रदाफास हुने नै छ ।
घोषणापत्र र भेलाको महत्व भातकान्डमा रुमलिएको छ । खाटि प्रबासिहरुलाइ र उनिहरुको मुद्दा र आवाजलाइ ललकारेर सम्पन्न भएको भेलामा केहि मोटाए, केहिले प्रचार पाए भने केहि रङ्गिला जोडिहरुले चाहि भरमग्दुर प्रयोग गरे भेलालाइ । कहिले पनि धार्नि नपुग्ने भ्यागुताको कथाको याद आयो मलाइ  एन आर एनए भित्रको सेता हात्तिहरुको खेल र भोकाएका भैसिहरुले खाने खोले जस्तै । प्रबासमा नेपालका राजनैतिक दलका कार्यकर्ता एमाले, काग्रेस, माओवादी, राप्रपा मात्रै नभएर जनजातिहरुको राजनीतिको खेल मैदानको डर लाग्दो भड्खालोमा जाकिदै छ एन आर एनए  ।  एन आरएनएमा घट्दै गएको चार्म, कमजोर लिडरसिप, खाटि मुद्दामा ओइलाइरहेको एन आर एनए प्रति सहभागि धेरैले चिन्ता र चासो चाहि लिएको देखियो ।
हेक्का रहोस् लाखौ लाख प्रबासी नेपालीमा भिज्न नसकेको यो सस्थामा १ प्रतिशतको पनि संलग्नता छैन । म, पनि फर्किए भेलाबाट तर मैले चाहि यसरि लिन बाध्य भए भेलालाइ (केटि माग्न केटिको घर गएको आशातित बेहुलोलाइ केटिका बाबुले सोधेछनू जागिर खान्छौ कतै ? भन्दा केटाले हौसिदै भनेछन “जागिर खान्छु” कति तलब बुझ्छौ ?  भन्दा केटाले के मात्र सुनाएका थिए केटिको बाबुलाइ, केटिको बाबुले भनिदिएछन “बाबु मेरो छोरि नआट अब तिम्रो तलबले त मेरो छोरिलाइ साबुन किन्न पनि पुग्दैन !” त्यसपछि केटाले पनि जबाफ फर्काएछन केटिको बाबुलाइ र भनेछन “मलाइ के थाहा त तपाइको छोरि यतिबिघ्न फोहोरी छ,  जसलाइ सफा गर्न यति धेरै पैसा लाग्छ मेरो तलब नपुग्ने भनेर” यस्तै यस्तै भयो एन आर एनको भेला । महंगा बाबुका साबुन धेरै लाग्ने छोरि जस्तै महशुस गरे मैले ।
लेखकका निजी विचार हुन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…