back

ईएल क्लासिको : नेयमार विनाको वार्सा तथा प्रतिबन्धमा रियलका मोड्रिच कसले जित्ला त ?

वि.सं.२०७४ साउन २९ आइतवार

132 

shares
NTC AD
Global IME AD

el clasico

२९ साउन, एजेन्सी । स्पेनिश सुपर कप अन्र्तगतको पहिलो लेगमा स्पेनिश फुटबलका महारथी तथा कट्टर प्रतिद्वन्दी रियल म्याड्रिड र वार्सिलोना भिड्दै छन् । खेल वार्सिलोनाको घरेलु मैदानमा आज राति १ :४५ बजे हुदैँ छ । नेयमारको पिएसजीमा स्थान्तरण पछि वार्सिलोना रियल सँग भिड्न लागेको हो । प्रि सिजन टुरमा नेयमारको उत्कृष्ट प्रर्दशनको मदतमा वार्साले रियल माथि ३ – २ गोल अन्तरको जित हात पारेको थियो । आजको खेलमा नेयमारको स्थान सम्भवत डेउलेफिउले लिने छन् । आजको खेलमा वार्सालाई प्रि सिजनको नतिजालाई निरन्तरता दिदैँ आफ्नो घरेलु मैदानमा जित हासिल गर्नु पर्ने दबाबमा हुने छ । उता प्रतिद्वन्दी क्लब रियल मयाड्रिड वार्सिलोनालाई उसकै घरेलु मैदानमा हराएर प्रि सिजनमा बेहोरेको बदला लिदै पहिलो लेगमा जित निकाल्ने दाउमा हुने छ ।

रियलका लुका मोड्रिच सन् २०१४ को सुपर कपमा बेहोरको पहेलो कार्डका कारण प्रतिबन्धित हुने छन् । मोड्रिचको ठाउमा सम्भवत अर्का क्रोसिएन खेलाडी कोभाकिक वा स्पेनिश खेलाडी सेवालोस खेल्ने सम्भावना रहेको छ । आजको खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सुरुवाती एघारमा पर्ने उच्च सम्भावना रहेको छ ।

वि.सं.२०७४ साउन २९ आइतवार ११:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...