back

सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न

वि.सं.२०७४ भदौ ९ शुक्रवार

339 

shares
NTC AD
Global IME AD

ncc

९  भदौ , दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । अधिवेशन सम्पन्न हुदाँसम्म पनि आगामी कार्यकाल २०१७ – २०१९ कार्यकालका नयाँ कार्यसमितिको लागी सहमती जुट्न सकेको छैन ।
एनसीसी कतारले गरेका कार्य
एनआरएनए एनसीसी कतारले गत २०१५ –२०१७ को अवधिमा सामाजिक, सांस्कृतिक, साहित्यिक क्षेत्रमा उल्लेख्य भूमिका खेल्दै मातृभूमि तथा कर्मभूमिमा उल्लेख्य कामहरु गरेको छ । यसपाली एनआरएनए एनसीसी कतारले दुई वर्षे कार्यकालमा कतार सरकारका निकायसँग आफ्नो दरिलो उपस्थिति जनायो ।
संघले कतारमा स्थापित विभिन्न संघसंस्था, नेपाली दूतावास लगायत नेपालबाट कतारमा आउने सरकारी टोली साथै अन्तर्रा्ष्ट्रिय समुदायहरुवीच नेपालीहरुको अवस्था लगायत समासामयिक विषयहरुमा सहभागी भएको थियो । संस्थाले आईसीसीसँग सहकार्य गर्दै गैरआवासीय नेपाली संघको हरेक अभियानमा उल्लेख्य सहयोग गरेको छ । मध्यपूर्व क्षेत्रीय भेला लगायत कार्यक्रमहरुमा सक्रियरुपमा कतारलाई सहभागिता गराईएको थियो ।

त्यस्तै संघले कतारको खेलकुदको क्षेत्रमा नेपालीहरुको महत्वपूर्ण उपस्थिति देखाएको थियो । कतारको कम्युनिटी फेस्टिवलमा सहकार्य गर्दै अन्तर्रा्ष्ट्रिय समुदायमाझ नेपालको कला संस्कृतिलाई बिश्व समुदायमा पुर्याउने कोशिश गरेको थियो । कतारका संघसस्थाहरुसंग समन्वय गर्दै नेपालका राष्ट्रिय कलाकारहरु लगायत दर्जनौ स्थानीय कलाकारहरुले नेपाली विभिन्न चाडपर्वहरुमा साँस्कृतिक कार्यक्रमको आयोजना तथा सँस्कृतिको क्षेत्रमा आफ्नो दरिलो भूमिकामा एनआरएनए कतार सफल भयो ।

एनआरएनए एनसीसी कतारले अधिवेशनमा छैठौं कार्यकालमाको सम्पूर्ण आर्थिक गतिविधि सार्वजनिक गरेको थियो । जसमा संघले विभिन्न क्षेत्रमा गरेको सहयोग तथा दुई वर्षे अवधिको कार्य सञ्चालनमा खर्च समावेश छ । सहयोगार्थ राहत रकम लगायत नेपालका प्राकृतिक प्रकोपबाट पीडित नेपालहरु साथै कतारमा विभिन्न कारणले समस्या परेका, कामदारहरुको सहयोगका लागि खर्चेको छ भने बाँकी रकम दुई वर्षे कार्यकालको आन्तरिक कार्यक्रममा खर्च भएको हो ।

गैरआवासीय नेपाली संघको अभियानमा १४ वर्ष अगाडि दोस्रो एनसीसीको रुपमा खाडी मुलुक कतारमा स्थपना भएको हो । स्थापनाकालदेखि नै निरन्तररुपमा क्रियाशील रहेको एनसीसी कतारले समुन्नत राष्ट्र निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ ।
एनआरएनए एनसीसी कतारले ४ लाख भन्दा बढी नेपाली कामदारहरु रहेको खाडी मुलुक कतारमा श्रमिकहरुका कैयौं कठिनाईहरुमा मल्हम लगाउने प्रयास गर्यो । यस अवधिमा सयौंको संख्या भन्दा बढी पीडितहरुलाई आर्थिक सहयोग, कानूनी परामर्श तथा नेपाल फिर्तीका लागि पहल साथै कतारमा निधन भएका मृतकका परिवारलाई आर्थिक सहयोग समेत गरेको छ ।
संस्थाले स्वास्थ्य शिविर, सुरक्षा तथा सचेतना कार्यक्रम, दुर्घटनमा परी लामो समयदेखि अस्पतालमा रहेका बिरामीहरुका लागि सहयोग रक्तदान लगायत जस्ता सामाजिक कार्यमा निरन्तरत रुपमा आफूलाई क्रियाशील राख्यो ।
कार्यक्रमका सभापति रहेका अध्यक्ष बिनेश तामांगको नेतृत्वमा रहेको कार्यसमितिले सातौ अधिवेशनको समाप्तिसंगै आफ्नो कार्यकालको समापन गरेको छ । भने अर्को नेतृत्व नआउन्जेलका लागि काम चलाउको रुपमा कार्यसमितिले काम गर्नेछ ।
गत शुक्रबार सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाली राजदूतावासका महामहिम रमेश प्रसाद कोईराला कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना दिएका थिए । बिशेष आगन्तुक पाहुना गैरआवासिय नेपाली संघका उपाध्यक्ष पन्त, मध्यपूर्व संयोजक डीबी क्षेत्री र रमेश गोर्खालीले समेत कार्यक्रममा शुभकामना मन्तब्य दिएका थिए । विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुले समेत शुभकामना मन्तब्य दिएको कार्यक्रमको संचालन कार्यवाहक महासचिव तेज कटुवालले गरेका थिए । कार्यक्रममा आगामी कार्यकालका उमेद्वारको परिचय समेत गराईएको थियो ।

१-हालै ने सातौ अधिवेशनमा यस्तो घोषणापत्र प्रस्तुत भयो ?
पालमा आएको वाढिवाट पिडितहरुको सहयोगका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले आह्वान गरे वमोजिम एनसिसि कतारको तर्फवाट पिडितहरुको सहयोगका लागि एनसिसि कतारले कतारमा कार्यरत नेपालीहरु तथा संघसंस्थाहरुसँग सहकार्य गरि सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछ । साथै्र भविष्यमा समेत आवश्यकता परेमा त्यस्ता परोपकारी कार्यहरु गर्ने कामलाई निरन्तरता दिनेछ ।
२- स्थापनाकाल देखि नै १८२ दिन भन्दा वढि सार्क मुलुक वाहेक अन्य देशमा वसोवास गर्ने नेपालीहरुलाई गैरआवासिय नेपालीको दायरामा समेट्नु पर्ने माग जोडदारसँग राख्दै १० औं गैरआवासिय नेपाली संघ युरोपियन क्षेत्रिय भेला २०१७ मा गरिएको प्रतिवद्धता वमोजिम विद्यार्थीलाई समेत गैरआवासिय नेपालीको दायरामा समेट्ने मागमा ऐक्यवद्धता जनाउदछौं ।
३-कतारको समाजको गुणस्तरिय विकासका लागि तथा नेपालीहरुको हकहितका लागि संघसंस्थाहरुसँग समन्वय गर्ने, प्रभावकारी कार्यक्रमहरु गर्ने, युवा तथा महिलाहरुको शसक्तिकरणको लागि युवा तथा महिला सम्मेलन वा सोहि किसिमका गतिविधि गर्ने लगायत युवा उद्यमशिलता र सामुहिक लगानीलाई प्रवद्र्धन तथा उजागर गर्ने किसिमका कार्यक्रमहरु गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
४- वैदेशिक रोजगारीलाई मर्यादित वनाउनका लागि सम्वन्धित निकायसँग सहकार्य गर्ने तथा नितिगत सुधार गर्नका लागि आईसिसि मार्फत पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
५- कतारमा नेपाली साँस्कृतिक केन्द्रको संचालनका लागि नेपाली राजदुतावास तथा सम्वन्धित निकायसँग समन्वय गरि पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछ । सो कार्यका लागि कतारमा स्थापित नेपाली संघसंस्थाहरुसँग सहकार्य गरिनेछ ।
६-कतारमा नेपाली विद्यालय स्थापना तथा संचालन गर्न सम्भाव्यता अध्ययन गरिनेछ । साथै सम्भाव्यता अध्ययन गरि आवश्यकता वमोजिम नेपाली राजदुतावासको सहयोगमा कार्य अगाडी वढाईनेछ ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०८:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...