back

एनआरएनए कोरियाको अध्यक्षमा जुनुको उम्मेदवारी

वि.सं.२०७४ भदौ ९ शुक्रवार

387 

shares
NTC AD
Global IME AD

junu-gurungएनआरएनए कोरियाको अध्यक्षमा जुनु गुरुङले उम्मेदवारी दिएकी छन् ।  एनआरएनए कोरियाको इतिहासमै पहिलोपटक अध्यक्षमा महिलाको उम्मेदवारी परेको हो ।
कोरियामा रहेको वुमन फर वुमनको पूर्व अध्यक्ष समेत रहेकी गुरुङ एनआरएनए कोरियाको उपाध्यक्ष समेत हुन् ।
केहि समय अघि कोरियामा रहेको नेपाल हाउसमा आयोजित कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गरेकी गुरुङले कोरियामा रहेका नेपालीहरुको हितमा कामगर्न र संघलाई अझ व्यवस्थित तरिकाले अगाडी बढाउनका लागि आफ्नो उम्मेदवारी दिएको बताउँदै आफूलाई साथ र सहयोग गर्नका लागि कोरियामा रहेका नेपालीबीच अनुरोध समेत गरेकी छन् ।
राजधानी सोलमा व्यवसाय गरिरहेकी जुनु समाजसेवामा पनि त्यत्तिकै सक्रिय हुने गरेकी छन् । उनले रोजगारीका लागि कोरिया पुगेर समस्या परेका नेपालीको सहयोगमा तन, मन अनि धनले समर्पित भएर लाग्ने गरेकी छन् ।समाजसेवामा सक्रिय रहेकी जुनुले केही कोरियन सरकारद्धारा मानार्थ नागरिकता समेत पाएकी छन् ।

लम्जुङमा जन्मेर हाल ललितपुर निवासी जुनु गुरुङ सन् २००६ मा विजनेस भिषामार्फत कोरिया पुगेकी हुन् । हाल गुरुङको कोरियाको नेपाली चोक भनेर चिनिने दोङ्देमूनमा शुभेच्छा मार्ट र रेष्टुरेन्ट ब्यबसाय गर्दै आएकी छन् ।

जुनु भन्छिन् ‘यसकारण मेरो उम्मेदवारी’
१–एनआरएनएलाई कोरियमा आधिकारीक रुपमा दर्ता गर्न
२–नेपाल हाउसलाई बास्तविक रुपमा सेल्टर सहितको व्यवस्थगर्न ।
३–एनआरएनए कोरियालाई सम्पूर्ण सामाजिक संस्थाको अगुवा संस्थाको रुपमा विकास गर्न ।
४–कोरियामा आत्महत्या, हृदयघात,मानसिक तनावको कारणले ज्यान गुमाएकाहरुलाई नेपाल सरकारसँग सहकार्य गरी तत्काल समाधानको खोजी गर्न ।
५-एनआरएनएका हरेक कार्यक्रमहरु मजदुरको समस्यमा केन्द्रीत गरी मजदुरमैत्री बनाउने

६–कोरियाका नेपाली महिलाहरुको समस्यालाई ध्यानमा राखी बाहिरी मुख्य सहरहरुमा महिला सेल्टर स्थापना गर्न ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ११:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...