Sansar News- Nepal's Fast Khabar Online News Portal

अध्यारो  हटाउनै पर्छ, अघि बढ जनार्दन

संसार न्यूज़
३ वर्ष पहिले
अध्यारो  हटाउनै पर्छ, अघि बढ जनार्दन

sasmita

उर्जामन्त्री  उज्यालोसँग  जोडिएका छन् ।  यतिबेला  गोकर्ण विष्टको पूर्वप्रयास लाई सम्मान गर्दै अहिलेका  उर्जामन्त्री  जनार्दन शर्मा बेजोडले  लागि परेका छन् । जलको उचित प्रयोग मार्फत  विजुलीको  संभावनालाई  गहिरोसँग  अध्ययन गरेका  अहिलेका  मन्त्री आफैमा  पनि महत्वकांक्षी  व्यक्ति हुन । जनार्दन शर्मा,  विसौं हजार जनमुक्ति सेनाका कमाण्डर  भएर मात्र  पहिचान  बनाएका  व्यक्ति होइनन् ।  आफ्नो पार्टीको  रुपान्तरण र शुद्धिकरणमा पनि नयाँ–नयाँ धारण अघि सारेर  चर्चामा  आइरहने  व्यक्ति हुन ।  मंत्री  भएको  हप्ता  दिनमै पैसो  नतिर्ने  ठूला बडाहरुको लाइन काट्न लगाएर मात्र उनको चर्चा  चुलिएको होइन । उनले जुन दिन उर्जा मन्त्रालय सम्हाले । त्यसैदिन देखि  माफियाहरुको थर्थराहट सुरु भयो ।  विजुली आफै गतिमा चल्ने वस्तु हो, त्यसमाथि “विजुलीका लागि  विजुली–योजनाहरु” को सोँच राख्ने जनार्दनले जनता र उपभोक्तालाई  प्रक्रियाहरुको शुरुवातीबाटै  भएपनि  राहत दिने  कोशिष गरेका छन् ।

पत्रपत्रिकाहरुमा ५ सय  मेगावाटको पुँजी  स्वदेशमै  रहेको उनले बताएका छन् । कर्मचारी संचयकोष, नेपाल टेलिकम, नागरिक लगानी कोष,  नेपाली सेनाको कल्याणकारी कोष,  नेपाल टेलिकम, शसस्त्र प्रहरी,  एनआइडिसी एल, सामाजिक  सुरक्षा कोष,  राष्ट्रिय वीमा  संस्थान  र ठूला  कोषको तयारी पैसा मात्र ९० अर्बको हाराहारीमा रहेको तथ्यांक स्वयंम उर्जामंत्रालयमै रहेकोले उर्जामंत्री  जनार्दन शर्मा विजुलीका  लागि पैसाको  सहि प्रयोग गर्ने  योजना बनाउँदैछन् ।  मंत्रीले जब आफ्नो आन्तरिक औकात  तथ्यांकमार्फत थाहा पाए अनि उनी  हौसिएका छन ।  त्यति मात्रै नभएर  बर्षैपिच्छे  ३६० मेगावाटको काम गर्न पुग्ने  पैसो तिनै संस्थाहरुले दिन सक्ने कुरा  मंत्रीलाई बताएपछि  उर्जामन्त्री थप  उत्साहित भएका  छन ।

 विजुली बनाउनका लागि  सरकार  नियन्त्रीत  वित्तिय  संस्था तथा  कम्पनीहरुको  रकम भन्दा  धेरै गुणा  बढि  रकम जनतासँग रहेको कुरो स्पष्ट छ ।  स्थानीयस्तरका स–सना कम्पनीहरुले खोलेका जलविद्यत्  परियोजनामा समेत सयौं गुणा बढी रकम ओइरीनु र लाखौं जनताको रुची  देखिनुले नेपालीसँग रहेको अथाह  पैसाको  सदुपयोगमा राष्ट्रको ध्यान  तत्कालै जान जरुरी छ ।  उर्जामन्त्री शर्माले  सुरुमा  संस्थाहरुको  पैसो लगानी गर्न र  त्यसपछि क्रमश जनताको पैसामा विजुली  निकाल्ने  योजना सोचिने बताएका छन् ।  जलश्रोतको धनी  देशमा पिउने पानी राम्रो नपाइनु,  विजुली  नपाएर  अन्धकारमा  परीनु,  लोड सेडिङका कारण  कलकारखाना बन्द भएर  पूँजी  र रोजगारमा धक्का पुग्नु तथा यसैका  कारण उर्जाशील उर्जामन्त्रीले भित्रैदेखि आत्मसाथ गरेको बताइनुले  पनि उनीप्रति आशावादी  हुन  सकिने  ठाउरहेको छ ।

 पैसो यहि हुँदाहुँदै पनि त्यसमाथि विदेशीहरुले  पनि विभन्न  परीयोजनामा आँखा गाड्नु  पानीले फलाउने  सुन भनेर महत्वका साथ प्रचार पनि हुन,  देशभरी सयौं परीयोजनाहरु विभिन्न  प्रक्रियामा  अल्झेर बस्नु  नेपालीका लागि  विडम्वना नै मान्नुपर्छ ।  विंस १९६८ देखि २०७३ सम्मको १०५ वर्षे विजुली यात्रामा नेपालले गरेको विकास र प्रगति उर्जाक्षेत्रमा  लज्जास्पद नै रहेको  छ । यथास्थितिमा आत्मसन्तुष्टि देखाउने र आत्मरति  लिने स्तरसम्म पनि हामी  पुगेका  छैनौं ।  विगतको  समिक्षा  गर्दा  दोष यसैलाई दिउँ न त भन्न  सकिने ठाउँ पनि छैन ।  सबैले लोडसेडिङको अन्त्य गर्ने  र विजुली  बनाएर बेच्ने सपना  बाँडेकै हुन ।  यो बताइरहनु  पर्दैन की हामी धेरै ठाउँमा नचुकेको भए र स्वाधिन तथा आत्मनिर्भरतालाई  प्राथमिकतामा राखेको भए अहिलेका  मन्त्रीलाई  धेरै  सोचिरहने  जरुरी भए पनि  पर्दैनथ्यो होला ।  जे होस  समग्रतामा  मुलुकले  आफ्नो पुँजीमा आफ्नै उत्पादनको  कोर्ष बढाउन  थालेको छ । उर्जाको क्षेत्रमा  जनार्दन  महत्वकाँक्षी बन्नै पर्छ ।  जनार्दन  एउटा  सामान्य मन्त्री मात्र होइन,  रुपान्तरणको उदाहरणीय संवाहक हो भन्ने अवसर पनि जनतालाई दिनैपर्छ । अध्यारो हटाउनैपर्छ अघि बढ जर्नादन।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…