back

एनआरएनए तान्जानियामा रोशन थापा

वि.सं.२०७४ भदौ १९ सोमवार

369 

shares
NTC AD
Global IME AD

nrna-tanzaniaगैरआवासीय नेपाली संघ (एनआरएनए) तान्जानियाको चौथो राष्ट्रिय महाधिबेशनले रोशन थापालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
तान्जानियाको दार एस सलाममा सम्पन्न संघको चौथो राष्ट्रिय महाधिबेशनले उपाध्यक्षद्धयमा प्रेम गुरुङ, विनोद पटेल, महासचिवमा पुष्पराज भट्टराई लगायतको ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
संघको महिला संयोजकमा श्रीमती अंजली तामाङ, युवा संयोजकमा दिपक लामिछाने र संघको आगामी २०१७–०१९ का लागि आइसीसी सदस्यमा संजित थापा चयन भएका छन् ।

सुवासचन्द्र लुइटेलको संचालन, महासचिव पुष्प भट्टराईबाट संघको हालसम्म भएका कार्यक्रमहरुको आयव्ययको विस्तृत विवरण पेश गरिएको थियो उक्त अधिबेशन सफल बनाउनका लागि विशेष अतिथिहरु अफ्रिकी क्षेत्रिय संयोजक सुनिल कार्की र पर्यवेक्षक तथा निर्वाचन अधिकृत रहेका शिव अर्यालको महत्वपूर्ण भूमिका रहेको थियो ।

सोहि अवसरमा नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको सपथ खुवाइएको थियो भने नवनिर्वाचित अध्यक्ष थापाले आगामी वर्षको कार्यक्रमहरु प्रस्तुत गर्दै नेपालमा आएको बाढीबाट पीडितभएका समुदायका लागि सहयोग रकम संकलन गरेका थिए ।
सो अबसरमा तान्जानियाको विभिन्न सहरमा रहेका तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सन् २०१३ मा भरत रिजालको नेतृत्वमा एनआरएनए तान्जानिया गठन भएको थियो भने तान्जानियामा झण्डै एकसय भन्दा बढी नेपालीहरु रहेका छन् ।

वि.सं.२०७४ भदौ १९ सोमवार १३:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...