back

मास्कोमा गैरआवासीय नेपाली संघ रूसको आठौं राष्ट्रिय अधिवेशन सुसम्पन्न

वि.सं.२०७४ भदौ २० मंगलवार

120 

shares
NTC AD
Global IME AD

nrn3२० भदौ, मास्को । मास्कोस्थित रसियालीजनमैत्रीविश्वविद्यालयको इन्टरक्लबको प्रेक्षालयमा गैरआवासीय रूस राष्ट्रिय समन्वय परिषदको आठौं राष्ट्रिय अधिवेशन सुसम्पन्न भएको छ     । रूस राष्ट्रिय समन्वय परिषदकाअध्यक्षदीनानाथ राजभण्डारीको सभापतित्वमा सम्पन्नभएको त्यस अधिवेशनमाप्रमुखअतिथिको रूपमा रूसका लागि नेपाली राजदूतश्री ऋषिराम घिमिरेको समुपस्थिति रहेको थियो ।
गैरआवसीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदकामहासचिव डा. मनमूर्ति भुर्तेलले अधिवेशनको सञ्चालनगर्दै पदाधिकारीहरूतथा गण्यमान्य अतिथिहरूलाई अध्यक्षमण्डलमा स्थान ग्रहण गराउनुभएपछि नेपालको राष्ट्रगान गुञ्जायमान भयो ।

nrn2
रूस राष्ट्रिय समन्वय परिषदकाउपाध्यक्ष डिल्ली खरेल सुमनले आठौं राष्ट्रिय अधिवेशनका सहभागीहरू र अतिथिहरूको हार्दिक स्वागतगर्नुभयो ।
अधिवेशनकाप्रमुखअतिथिको आसनबाट रूसका लागि नेपाली राजदूतश्री ऋषिराम घिमिरेले आफ्नो सारगर्भित वक्तव्यमा रूस (सोभियत संघ) बाट ६ हजार जति नेपालीविशेषज्ञहरूले उच्चशिक्षाप्राप्तगरिसकेको तथ्यको चर्चा गर्नुहुँदै रूसमा रहेका नेपालीहरूको संस्थाले स्वदेशमाजलस्रोत विकास, पर्यटन उद्योग आदिको प्रवद्र्धनमा रूसबाट लगानीभित्य्राउनुका साथै रूसमा नेपाली लघुउद्योग तथा कृषिजन्य वस्तुहरूको निर्यातबृद्धि आदि क्षेत्रमापनि योगदान पु¥याउन सक्तछ भन्ने अभिव्यक्तिदिनुहुँदै अधिवेशनको सफलताको कामनागर्नुका साथै विद्यमानमा जस्तै आगामी रूस राष्ट्रिय समन्वय परिषदको कार्यकालमापनि राजदूतावास र गैरआवासीय नेपाली संघ रूसबीच सहकार्य कायम रहने छ भन्ने विश्वास जनाउनुभयो ।

गैरआवासीय नेपाली संघ  अन्तरराष्ट्रिय समन्वय परिषदकानिवर्तमानअध्यक्षएवप्रमुख संरक्षक जीवा लामिछानेले डा. उपेन्द्र महतो, भीमउदास प्रभृतिको प्रयासबाट मास्कोमा रोपिएको गैरआवासीथ नेपालीअभियानको सानो बिरुवाले १४ वर्षपछि संसारका ७७ देशहरूमा जरो गाडेर विश्वव्यापी सञ्जाल जस्तो विशाल वृक्षको रूप लिइसकेको चर्चा गर्नुहुँदै रूसमाबसोवास गरिरहेका नेपालीहरूले भविष्यमापनिपूर्ववत् एकबद्ध रही स्वदेशको विकासमा योगदान पु¥याउने लगायत यस संस्थाकालक्ष्यहरूको परिपूर्तिमाज्वलन्तउदाहरण प्रस्तुतगर्दैरहने छन् भन्ने दृढता व्यक्तगर्नुभयो । उहाँले गैरआवासीय नेपालीहरूको चाहनाअनुरूप नेपाल सरकारले ऐनकानूनहरूको व्यवस्थालगायतव्यक्तिगत र सामूहिक रूपमापनि नेपालमालगानीकालागिअनुकूलअवस्थाको सृजनागरिरहेको जनाउनुहुँदै सामूहिकलगानीको उदाहरणस्वरूप शुरुमा सानै भएपनिजलविद्युत् परियोजनाको कार्यान्वयनभइरहेको दृष्टान्त प्रस्तुतगर्नुभयो ।
गैरआवासीय नेपाली संघका केन्द्रीयमहासचिव डा. बद्री के.सी.ले नेपालमामहाभूकम्पजाँदाआपूm नेपालमै भएको र छोटो समयमै गैरआवासीय नेपाली संघको तर्पmबाट भूकम्पपीडित विभिन्नजिल्लाहरूमातत्कालपुगी राहतकार्यमा जुटेको र हालै मात्रपनि बाढीपीडित क्षेत्रमा राहतकार्यका लागि २ करोड रुपैंया जम्मागर्ने लक्ष्य राखिएकोमा ४ करोड जम्माभएको उदाहरण दिंदै सप्तरी जिल्लामापुगेर बाढीपीडितहरूलाई सहायता पु¥याइएको अनुभवबताउनुभयो । उद्धारकार्यमा यस्तो सहभागिताबाट नेपालीहरूले गैरआवासीय नेपालीहरूलाई सकारात्मक दृष्टिले हेर्नेगरेको जनाउँदै उहाँले यस्ता दैवीप्रकोपको समयमा राहतकार्य सम्पन्नगर्न गैरआवासीय नेपाली संघअन्तर्गत एउटा स्थायीकार्यदल नै हुनुपर्छ भन्नुहुँदै रूसमा जस्तै नेपालमापनिआपत्कालमा उद्धारकार्यका लागिमात्रनभई पहिलेबाटै भावीआपत्विपद्को सम्भाव्यतानिराकरणमा समेत क्रियाशीलप्रकोप–निराकरण मन्त्रालय रहनुपर्ने कुरामाजोड दिनुभयो ।

nrn1

केन्द्रीय नारी–संयोजक सपिला राजभण्डारीले यथास्थानमापुगी बाढीपीहित महिलाहरूलाई राहतवितरण गरिएको जनाउँदै यस्तो पुनितकार्यमा सहयोग गर्नेहरूप्रति कृतज्ञता व्यक्तगर्नुभयो भने अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय सदस्यतथा रूसमा सम्पन्नभइरहेको आठौं राष्ट्रिय अधिवेशनकालागि केन्द्रबाट मनोनितपर्यवेक्षक गोविन्दप्रसाद गौतम (विश्व नेपाली साहित्यमहासंघ रूस शाखाकाअध्यक्ष) ले गैरआवासीय नेपालीहरू देशको विकासमा साधन र सीपको लगानीगर्ने मात्रनभई सामाजिक, सांस्कृतिक, साहित्यिकआदान–प्रदानमा समेत योगदान पु¥याउन सक्षम छन् र हुनुपर्छ भनीजोड दिनुभयो ।
गैरआवासीय नेपाली संघ रूसका प्रथम संस्थापक–अध्यक्ष डा. सूर्यप्रसाद रिजालले विगत १४ वर्षको अवधिमा रूसमाबसोवास गरिरहेका नेपालीहरूको एक्यबद्धता विश्वभरि छरिएर रहेका नेपालीहरूकालागिउदाहरणीय रहेको भावाभिव्यक्तिदिनुभयो भने निवर्तमानअध्यक्षउत्सवअमात्यले छिटै कार्यभार सम्हाल्ने नयाँ रूस राष्ट्रिय समन्वय परिषदले नयाँ–नयाँ सफलताहासिल गरोस् भन्ने कामनाव्यक्तगर्नुभयो ।
रूस आप्रवासी संघका उपाध्यक्ष रवीन्द्र भट्टराईले रूसमा रहेका विदेशीहरूले आफ्नो श्रम र सीपद्वारा आफ्नो कर्मभूमिको विकासमा समेत गहकिलो कार्य गरिरहेको परिप्रेक्ष्यमा गैरआवासीय नेपाली संघले कर्मभूमिमा रहेका नेपालीहरूलाई के कस्तो सहयोग गर्न सक्छ भन्ने दिशातर्पm पनि सोच्नु आवश्यकभएको सुझाउँदै आप्रवासी संघको पहलकदमीबारे पनि संक्षेपमाप्रकाशपार्नुभयो ।
रूस सीआईएस नेपालउद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्मआचार्यले गैरआवासीय नेपाली संघको क्रियाकलापको सराहनागर्दै कामगर्दा यदाकदाआलोचनापनिनहुने होइन तर सकारात्मकआलोचनाले कामको सफलतामा बल नै पु¥याउँछ भन्नुहुँदै नेपालीउद्यमीहरूद्वारा रूसमा सर्वप्रथमपञ्जीकरण गरिएको पहिलो संगठन उद्योगवाणिज्य संघ पछिल्लो समयमा केहीनिष्कृय देखिएको तर्पm औंल्याउनुभयो ।
नेपाल खेलकूदतथा संस्कृति संघका उपाध्यक्ष रामेश्वर गौतमले अधिवेशनको सांस्कृतिककार्यक्रममाभागलिन नेपालबाट आउनुभएकाअतिथिगायककुलेन्द्र बि.क.को मास्को बसाइ सुखद रहोस् भन्ने कामनाव्यक्तगर्नुभयो ।
नेपाली छात्रसंघ (रसियालीजनमैत्रीविश्वविद्यालय) का अध्यक्षमिलन कट्टेलले रूसमाअध्ययनार्थ आउने नेपालीविद्यार्थीहरूलाई स्वदेशमै यथासमययहाँको स्थिति अवगत गराउने व्यवस्थागर्नु आवश्यकभएकोतर्पm औंल्याउँदै रूसमाअध्ययनार्थ आउने सबै युवायुवतीहरूका समस्याहरूको समाधानार्थ रसियालीजनमैत्रीविश्वविद्यालयअन्तर्गतको नेपाली छात्रसंघले पहललिइरहेको उल्लेख गर्नुभयो ।
सधैं भैm यस पल्ट पनिअधिवेशनमामन्तव्यदिने सुअवसर पाइएकोमाआयोजकहरूप्रतिधन्यवाद ज्ञापन गर्ने क्रममा मैले २७वर्षदेखि प्रकाशितहुननपाएर मेरो दराजमाथन्किरहेको तर विद्यार्थीहरूकालागिअत्यावश्यक रूसी–नेपालीशब्दकोशको पाण्डुलिपिलाई मेरो आह्वानमाकिरण रानाभाटको नेतृत्वमा रसियालीजनमैत्रीविश्वविद्यालयमाअध्ययनरत कुञ्जन के.सी., दिव्येन्द्र सिंह, प्रनितामानन्धर, प्रतिष्ठा प्रधान, रेगन खड्काको अथक प्रयासबाट कम्प्युटरीय रूपान्तरण गरिएकोहुँदात्यसको पीडीएफ फाइल सर्वसुलभ भएको सहर्ष घोषणागर्नुका साथै लोकार्पण समेत गरेको थिएँ ।
सभापतिको आसनबाट गैरआवासीय नेपाली संघ रूसका अध्यक्षदीनानाथ राजभण्डारीले आठौं राष्ट्रिय अधिवेशनमाउपस्थित सबै गैरआवासीय नेपालीहरू र अतिथिहरूप्रतिहार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने नेपाली राजदूतावास परिवार (मास्को), नेपाली वाणिज्य दूतालय (सेन्ट–पिटर्सबुर्ग), रूस–नेपाल मैत्री समाज, रूसमा रहेका नेपालीहरूकाविभिन्न सामाजिक संस्थाहरूप्रति कृतज्ञता जनाउनुभयो र अघिवेशनको पहिलो औपचारिक सत्रको समापन गरी बन्दसत्रको अवधिभर पाहुनाहरूलाई क्याफेमाजलपानको व्यवस्थागरिएको सूचितगर्नुभयो ।
बन्दसत्रको समाप्तिपश्चात् अधिवेशनको तेस्रो सत्रमाप्रमुखनिर्वाचनआयुक्त डा. कुमार कार्कीको नेतृत्वमानिर्वाचनआयुक्तद्वयउत्सवअमात्यतथा सपिला राजभण्डारीले अध्यक्षमण्डलमा स्थान ग्रहण गरेपछि प्रमुखनिर्वाचन आयुक्तबाट सन् २०१७–२०१९ को कार्यावधिकालागि रूस राष्ट्रिय समन्वय परिषदमाविधानद्वारा निर्धारित आवश्यकपदाधिकारीहरूभन्दा बढी कुनै उम्मेदवारी नआएकोले सर्वश्री रामेश्वर गौतम अध्यक्ष, सुमन रिजालउपाध्यक्ष, शिवमणि भुत्र्याल उपाध्यक्ष, रोशनकुमार पोखरेल महासचिव, गोविन्दआचार्य कोषाध्यक्ष, इन्द्रप्रसाद भुषाल सचिव, पविताउपाध्याय नारी–संयोजक, किरण रानाभाट युवा–संयोजक र बुद्धिप्रसाद तिवारी, दुर्गाबहादुर भट्टराई, धनराजमुक्तान, पशुपति घिमिरे, हिमलालखनालकार्यकारी सदस्यतथा डा. एकनारायण चापागाईं केन्द्रीय सदस्यमानिर्विरोध निर्वाचितहुनुभएको घोषणा गर्नुभयो ।

यसरी उल्लासपूर्ण वातावरणमा गैरआवासीय नेपाली संघ रूसको आठौं राष्ट्रि«य अधिवेशनको औपचारिक खण्डको समाप्तिपश्चात् नेपालबाट निम्त्याइनुभएकागायककुलेन्द्र बि.क. का साथ रूसमा रहेका नेपाली युवायुवतीहरूबाट रमाइलो नृत्य र गायन प्रस्तुतगरियो । नयाँशिक्षावर्षको प्रारम्भका साथै शरदागमनको न्यानो मास्कोको साँझनिकै वेरसम्म रसियालीजनमैत्रीविश्वविद्यालयको इन्टरक्लबमा नेपालीगीत र संगीत गुञ्जायमानभई उत्सवीयवातावरण व्याप्त रह्यो ।

वि.सं.२०७४ भदौ २० मंगलवार १०:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...