back

एनआरएनए लेवनानमा अशोक थापा

वि.सं.२०७४ भदौ २० मंगलवार

189 

shares
NTC AD
Global IME AD

nrna-lebanonचन्द्रा जोशी (सुमन), लेबनान । एनआरएनए लेवनानको २० अगस्तका दिन सम्पन्न छैटौं अधिबेशनले अशोक थापालाई अध्यक्षमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा छविलाल लामिछाने, महासचीवमा धमेन्द्र दाहाल (प्रयास), सचिवमा नान्छु शेर्पा, कोषाध्यक्षमा हेम मगर,सहकोषाध्यक्ष रामसिंह तामाङ्ग, युवा संयोजकमा अर्जुन अधिकारी, महिला संयोजकमा रमा ढकाल,सदस्यहरुमा धनकुमारी सुनार,ललितसिंह घिसिङ्ग तामाङ्ग (प्रकाश), अप्सरा दाहाल,सुन्दरी लामा र सिता लामा रहेका छन् ।
यसैगरी मोहन लिम्बु, शत्रुघन मण्डल, राम प्रसाद पोख्रेल,पुर्ण बहादुर गुरुङ्ग र चन्द्रा जोशी (सुमन) लाई संघको सल्लाहकारमा चयन गरिएको छ ।

नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर बेरुतको (चलेट सुईस् हल) मा आयोजना गरिएको उक्त कार्यक्रममा कार्यबाहक अध्यक्ष छविलाल लामिछानेको सभापतित्व तथा एनआरएनए आइसीसी सदस्य देबिमाया लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि लिम्बुले तिजको शुभकामनासहित आफ्ना भनाइ राखेकी थिइन् ।

कृष्ण घिमीरे (काले कृष्ण) को सञ्चालन तथा राम प्रसाद पोखरेलको कार्यक्रम संयोजन,रहेको उक्त कार्यक्रममा नेपालमा हालै आएको बाढीमा परेर दिवंगत भएकाको सम्झनामा एक मिनेट मौनधारण गरीएको थियो भने घाइतेहरुका लागि शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । त्यस पश्चात नेपाली राष्ट्रियगानको धुनसँगै औपचारिक रुपमा कार्यक्रम सुरु गरिएको थियो ।
सोहि अवसरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई आइसीसी सदस्य लिम्बुले खादा ओढाएर कार्यकाल सफलताको शुभकामना दिएकी थिइन् भने नवनिर्वाचित पदाधिकारीहरुले जस्तो सुकै परिस्थितिमा पनि आफ्नो क्षमता र प्रतिबद्धताका साथ लक्ष्य र उद्धेश्यका लागि लागि पर्ने प्रतिबद्धता सहित सपथ ग्रहण गरेका थिए ।

सोहि अवसरमा एनआरएनए लेवनानले कार्यक्रमका सहभागीहरुसँग बाढीपीडितका लागि राहत स्वरुप ७५ हजार संकलन गरिएको थियो । उक्त रकम मध्ये सप्तरीका बाढीपीडितहरुका लागि सहयोगस्वरुप रु २५ हजार २४४ रुपैयाँ सोलिडारिटी ट्रष्ट नेपालकी अध्यक्ष चन्द्रिका राना थापा (चन्दा) नाममा पठाइएको छ भने अन्य रकम संघको कोषमा अनिल नाथ ढुंगानाको नाममा राखिएको बताइएको छ ।
यसैगरी अध्यक्ष थापाले बाढीपीडितका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु पनि गरिएको थियो ।

वि.सं.२०७४ भदौ २० मंगलवार १३:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...