Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए फ्रान्सद्वारा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

संसार न्यूज़
३ वर्ष पहिले
एनआरएनए फ्रान्सद्वारा  शुभकामना आदान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

france

२५ भदौ, पेरिस । गैर आवसीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद फ्रान्स (NRNA NCC FRANCE ) को २०१७-२०१९ को नव निर्वाचित समितीको पहिलो कार्यक्रम यही ०३ सेक्टेम्बर २०१७ आईतबारको दिन भव्य रूपमा सम्पन्न भएको छ ।
संसार कै रमणिय शहर मध्य चिनिने पेरिस फ्रान्स शहर संगै जोडिएको नेपालीहरूको बढी वस्ती भएको लाकुर्नव शहरमा संघ का अध्यक्ष एक बहादुर मल्लको अध्यक्षता र नेपाली राजदूतवास पेरिस फ्रान्स की महामहिम राजदूत श्रीमती अम्बिका देवी मानन्धर लुईटेल को प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा संघका संस्थापकहरू, पूव अध्यक्षहरू, पूर्व सल्लाहकारहरू, विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी , व्यावसायिक व्याक्तिहरू, पत्रकार एवं वुद्दिजीवीहरू र संघलाई माया र विश्वास गर्ने सयौ जनताहरूको उल्लेखिनिय उपस्थिति थियो ।

प्रमुख अतिथि र संघ का अध्यक्षले पानसमा बत्ती बाली कार्यक्रम को उद्घाटन गर्नु भएको थियो भने नेपाली राष्ट्रिय गित गाएर कार्यक्रमको शुरूवात गर्दै कार्यक्रम मा उपस्थित सबैलाई स्वागत मन्तव्य संघ की वरिष्ठ उपाध्यक्ष श्रीमती गीता खनाल थापाले गर्नु भएको थियो र कार्यक्रम संचालन संघका महासचिव नरेन्द्र शाही ठकुरीले गर्नु भएको थियो ।
शभकामना व्यक्त गर्ने क्रममा क्रमश : मेजो नेपाल पेरिसका प्रतिनिधि हेमन्त उपाध्याय, म्याग्दी समाज पेरिसका अध्यक्ष हेम वानिया, नेपाली एकाता समाज पेरिसका प्रतिनिधि सूर्य पौडेल, एभरेस्ट ग्रुपमा अध्यक्ष कमल अधिकारी, संघ की भू. पु. महासचिव अनुराधा पौडेल, पाकोफेन फ्रान्स की अध्यक्ष सुमित्रा प्रधान, तमु समाज फ्रान्स का प्रतिनिधि तुला राम गुरूंग,अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१५-२०१७ ) का ICC सदस्य मिन बहादुर जी सी, संघका संस्थापक अध्यक्ष एवं पूर्व प्रमुख संरक्षक हरिहर अर्याल ,गैर आवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१७-२०१९) का नव निर्वाचित ICC सदस्य सुवर्ण विक्रम हमाल, संघ का निवर्तामान अध्यक्ष भक्त वाग्ले, प्रमुख अतिथि , संघका अध्यक्षले आ-आफ्नो तर्फबाट शुभकामना बधाई मंचबाट दिनुभएको थियो ।
कार्यक्रम भव्य र सव्य रहेको थियो मन्तव्य वक्ताहरू बोल्ने क्रममा वीच वीच मा स्थानिय कलाकारहरू को जोडदार डान्स प्रस्तुती गरिएको हुनाले समय सकिएको उपस्थित कोही कसैले नी पत्तो नै नभए झै कार्यक्रम हल मा देखिन्थ्यो । सबै उपस्थित महानुभावहरूले पूर्व घोषणा अनुसार नेपाली स्वादिष्ट खाना खांदै कार्यक्रम भरी भरपुर मनोरंजन र शुभकामना आदान प्रदान गरे । अन्तमा निवर्तामान अध्यक्ष र आई सि सि सदस्यलाई प्रमुख अतिथि र अध्यक्ष को हातबाट माया को चिनो दिंदै खादा ओडीएर सम्मान तथा विदाई गरिएको थियो ।
स्मरण रहोस् एन आर एन ए फ्रान्स मा सहयोग गर्ने सम्पूर्ण क्रमश: फुटबल , भलीवल खेलाडीहरू, स्वयम् सेवकहरू, कालाकारहरू लाई मंचमा बोलाएर प्रमुख अतिथिको र अध्यक्षको हात बाट खादा ओडाएर सम्मान गरिएको थियो ।
भने संघ का निवर्तावान सदस्य किरण के सी ले व्याक्तिगत रूपमा नव निर्वाचित समितीका पदाधिकारी एवं सदस्यहरू र निवर्तावान अधयक्ष , आई सि सी सदस्यलाई खादा ओडाएर सम्मान तथा बधाई र धन्यवाद ब्यक्त गर्नु भए लगतै कार्यक्रम का अध्यक्षले कार्यक्रम मा उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नुभएको थियो ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…