Sansar News- Nepal's Fast Khabar Online News Portal

सिंहदरबारसम्म किसानको पहुँच कहिले हुने ?

संसार न्यूज़
४ वर्ष पहिले
सिंहदरबारसम्म किसानको पहुँच कहिले हुने ?

chandrakcआफू पिडीत भएर पनि अरुका लागि परिवर्तनको संवाहक बन्ने थोरै मात्र हुन्छन् । ती मध्येकी एक हुन् सोलुकी स्थायी बासिन्दा हाल काठमाडौंको काँडाघारीमा बस्ने चन्द्रा केसी । केसीले आफ्नो पाउरोटी फ्याक्ट्रीबाट आर्जन भएको पैसा गाईपालनमा खर्च गरेर नेपालको कृषि पेशामा परिवर्तन ल्याउन निरन्तर लागि परेकी छन् ।

चन्द्राले काठमाडौँको गोठाटारमा ४ वर्षअघि वर्षको ६७ हजार ९ सय ७२ रुपैयाँ तिर्नेगरी ६ रोपनी जग्गा भाडामा लिएर ९ लाख लगानीमा काभ्रेको नाला र थलीबाट ७ वटा गाई ल्याएर गाईपालन व्यवसाय सुरु गरेकी थिइन् । उनको फार्ममा अहिले २३ वटा गाई र ७ वटा बाच्छाबाच्छी रहेका छन् । फार्मको लगानी अहिले २६ लाख पुगिसकेको छ । उनले दैनिक ८६ लिटर दूध बेच्छिन् ।
केसीले पेप्सीकोलाको पुरानो सिनामंगलमा झण्डै १२ रोपनी जग्गामा तरकारी खेती समेत गरेकी छन् । उनले गाईपालन र व्यवसायीक तरकारी खेतीका लागि ११ प्रतिशत ब्याज तिर्नेगरी कृषि विकास बैंकबाट ५० लाख रुपैयाँ ऋण लिएकी हुन् ।
पाउरोटी फ्याक्ट्रीबाट नै मनग्ये आम्दानी गरिरहेकी उनले कृषि पेशा अँगाल्नुको कारण न त जीवन धान्नकै लागि हो, न त त्यसमा प्रशस्त नाफा छ भनेरै हो । कृषिको व्यवसायिकरणबाटै देशको आर्थिक समृद्धि हुने ठम्याइ उनको छ । कृषि पेशामा लागेर देशलाई योगदान पु¥याउने प्रत्येक किसानको दायित्व हो भन्ने दृढ सोच बोकेरै अगाडि बढेकी व्यवसायी महिला हुन्, केसी ।
किसानको हितमा सरकारी नीति नबन्नु, उत्पादनले बजार नपाउनु, सिंहरदबारसम्म किसानको पहुँच र आवाज नपुग्ने लगायतका कुराले अन्य किसान जस्तै आजित छन् केसी पनि । समयमा मल नपाउनु, बीउमा कालो बजारी, तरकारीमा बिचौलीयाको कारण उचित मूल्य नपाउनु र उपभोक्ताले सहि मुल्यमा किन्न नपाउनु जस्ता किसान र उपभोक्ताबीचको दुरीले न किसानको हित भएको छ न त उपभोक्ताले सुपथ मुल्यमा नै वस्तु पाएका हुन्छन् ।
“हेर्नुस् त यो धनिया अब गाईलाई लगेर दिन तयार गरेकी हुँ” घरको सिँढीभरी भारीका भारी धनिया राखेकी केसीले भनिन् “जापानी जातको धनियाँले बजार नपाउँदा गाईलाई लगेर खुवाउन लागेको हो ।” उनले झण्डै एक टन सेतो गान्टेमुलाले बजार नपाउँदा अचार बनाउने भनेर काटेर सुकाउन फिजारेकी थिइन् । एक सिजनमा तरकारी तयार बनाएर बजार लैजान योग्य बनाउँदा सम्म १ लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ उनको फार्ममा । तर, उत्पादन गरेको तरकारीले भने जम्मा ५० हजार भाउ पाउँछ । “ल भन्नुस त अब लगानी गरेको १ लाख कसरी उठ्छ, लगानी गरेर उत्पादन गरेपछि फाइदा त हुनुपर्ने हो नी ।” केसीका अनुसार
उपत्यका लगायतका विभिन्न जिल्लामा व्यवसायिक खेतीका नाममा बढ्दो मात्रामा विषादीको प्रयोगले जनजीवननै खतरामा पारिरहेको समाचार आउने गरेको छ । तर, केसी भने अहिलेसम्म गाईको गहुँत प्रयोग गरेरै अग्र्यानिक उत्पादन गरिरहेको बताउँछिन् । गाईको गहुँत प्रयोग गरेमा विषादि प्रयोग गर्नु नपर्ने अनभुव बटुलेकी केसी आफ्नो गाई फार्मबाट तरकारी उत्पादन कर्तालाई निःशुल्क रुपमा गहुँत दिन सक्ने बताउँछिन् ।
गाईको दूध गन्हाउँछ भनेर धेरै उपभोक्ताहरू दूध पिउन हिच्किचाउने गरेको उनले बताइन् । कतिपय गाईपालकहरूले बेच्ने त हो नी भनेर गाईको सरसफाइमा ध्यान नदिँदा यो समस्या आउने गरेको उनको अनुभव छ । गाई दुहुने बेलामा गाईको पुच्छर बाँधेर दुहुनु पर्ने र पिसाब फेर्दा बाल्टीन उचाल्यो भने पिसाबको गन्ध आउँदैन । अर्को कुरा दूध दुहेपछि दूध खन्याएर भाँडो घाममा सुकाएमा नगन्हाउने केसीको सुझाव छ । गाईलाई राम्रो खालको दाना खुवाउनु पर्ने र पिना मिसाएर चोकर र मकैको पिठो खुवाउँदा बढी राम्रो हुने पनि बताइन् ।
“हेर्नुस त ५० किलोको मलको बोरालाई सरकारले ८ सय रुपैयाँ बोरा भनेर मुल्य तोकेको छ तर, किसानले २५ सय रुपैयाँमा किन्नुपर्छ, सरकारले किन अनुगमन गर्दैन ?” चन्द्रा मलमा मात्र नभएर तरकारीको बीउहरूमा पनि त्यस्तै समस्या रहेको बताउँछिन् । किसानहरू प्राइभेट कम्पनीहरू र विचौलीयाबाट ठगिएका छन् । बीउ कम्पनीले १२ सयको गाजरको प्याकेट (१ सय ग्राम) लाई २४ सय रुपैयाँ भनेपछि किसान उठेर गएपछि मात्र १५ सय रुपिँयामा दिन थालेको केसीको अनुभव छ ।
अर्को दुःखको कुरा नेपालको आफ्नो बीउ हराउँदै गएकोमा चिन्ता मान्छिन् केसी । चीनबाट सेतो र हरियो कलरको भटमास, जापानबाट गाजरको बीउ, चुकन्दर, धनीया, मुला गाजर लगायतका थुप्रै बीउ आउँछन् । ती हाइब्रीड भएकोले नेपाली जिब्रोलाई स्वादिलो नभएको उपभोक्ताको गुनासो पनि सुन्नु पर्ने केसीको अनुभव छ ।
किसानहरू आफै उत्साहित भएर देशको आर्थिक समृद्धिमा योगदान गर्न लागेको बेला सरकारले निराश बनाएर पलायन हुन बाध्य पारेको अवस्था छ । अहिले पनि नेपाली कृषक पुरातन प्रविधिबाटै खेती गरिरहेका छन् । सरकारले अनुदानमा कृषि औजारहरू दिएपनि त्यो वास्तविक किसानले पाएका छैनन् । सरकारले वास्तविक किसान पहिचान गर्न फिल्ड भिजिट गर्नुपर्ने, बिउबीजन तथा मल सहि किसानको हातमा पुग्यो वा तस्करको हातमा पुग्यो भन्ने कुराको अनुगमन गनुपर्ने, वास्तविक किसानहरूले के के सुविधा पाएका छन् भनेर अनुगमन गर्ने, तालिम भ्रमणमा लैजानु पर्ने, सिंहरदरबारमा किसानहरूको सहज पहुँच भएमा व्यवसायिक किसानलाई सहयोग पुग्ने बताउँछिन् केसी ।
“भन्ने बेलामा जनताको सिंहरदबार भन्ने तर, त्यहि नै यो देशका किसानहरूलाई आफ्नो नागरिकता देखाउँदा पनि भित्र पस्न दिइँदैन् ।” आक्रोश पोख्दै केसी भन्छिन् “किसानलाई सिंहदरबार प्रवेशमा सहज पहुँच हुनु पर्दछ, त्यसका लागि किसान परिचयपत्रको व्यवस्था गरिनुपर्दछ ।”
प्राइभेट बीउ कम्पनीहरूले हाकाहाकी किसानलाई ठग्ने गरेको गुनासो उनको छ । बिउ किन यतिधेरै महँगो ? भयो भन्दा उनीहरू म्याद सकिएको बीउको घाटा कसरी पूर्ति गर्ने सरकारले दिँदैन भन्छन् । बीउ मलको व्यवस्था सरकारी डिपोबाटै वितरण गरिए किसानहरू लाभान्वित हुने केसीको तर्क छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…