Sansar News- Nepal's Fast Khabar Online News Portal

सरकार आश्रित विधेयकलाई छिटो पारित गराउने सोचमा छ – अर्थमन्त्री महरा

संसार न्यूज़
४ वर्ष पहिले
सरकार आश्रित विधेयकलाई छिटो पारित गराउने सोचमा छ – अर्थमन्त्री महरा

krishna-bahadur-mahara

१९ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चालु आवको बजेटलाई थप व्यवहारिक र कार्यान्वयनमुखी बनाउन पूरक बजेट आउन सक्ने बताउनुभएको छ ।

अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटलाई सहयोग पुग्ने गरी पूरक बजेटको विषयमा छलफल जारी रहेको र आउन सक्ने बताउनुभयो । बजेटसँग जोडिएका राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई व्यवस्थापिका–संसद्बाट छिट्टै पारित गर्ने तयारीमा सरकार रहेको मन्त्री महराको भनाइ थियो ।

‘‘बजेटसँग आश्रित विधेयकलाई छिटो पारित गराउने सोचमा सरकार छ । आवश्यक प्रक्रिया सुरु गरिएको छ । केही दिनभित्रै पारित हुन्छ,’’ उहाँले भन्नुभयो । यस्तै व्यवस्थापिका–संसद्ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दोस्रो संशोधन विधेयक पारित गरेको जानकारी दिँदै उहाँले निक्षेप सुरक्षण कोष र कर्जा सुरक्षण कोषको व्यवस्था गरी निक्षेप सुरक्षण दाबी तथा शोध भर्ना प्रक्रिया निश्चित गर्दै निक्षेपकर्ताको निक्षेप र कर्जा सुरक्षण गर्न निक्षेक्ष तथा कर्जा सुरक्षण कोषको व्यवस्था र सञ्चालनसम्बन्धी विधेयक पारित गरिएको जानकारी दिनुभयो ।

त्यस्तै कर्मचारी सञ्चयकोष ऐन, २०१९ को नवाँै संशोधन, लेखा परीक्षण विधेयक २०४८ को पहिलो संशोधन गरिएको छ । भूकम्पपछिको पुनःनिर्माण र दाताहरुसँग सहयोग लिने कार्यविधि संशोधन गर्ने तयारीमा मन्त्रालय रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा केही महत्वपूर्ण सम्झौता हुने उहाँले जानकारी दिनुभयो । विकास निर्माणका योजना समयमा सम्पन्न गर्न र पूँजीगत खर्च वृद्धि गर्न सहजीकरण भइरहेको र व्यवस्थापिका–संसद्को ओएन्डएम सर्भेलाई स्वीकृत गरिएको तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको मन्त्री महराले बताउनुभयो ।

त्यसैगरी बजेट तर्जुमा दिग्दर्शन सञ्चालन निर्देशिकालाई समसामयिक संशोधनका लागि चारवटा कार्यदल बनाएर काम सुरु गरिएको छ । राजस्व सङ्कलन लक्ष्यअनुसार नै भएको र पछिल्लो दिनमा वैदेशिक सहायतामा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री महराका अनुसार केही दिनअघि जापानले रु एक अर्ब ९१ करोड र बेलायतले रु दश अर्ब दश करोड सहयोग उपलब्ध गराएको थियो । रासस

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ५ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…