Sansar News- Nepal's Fast Khabar Online News Portal

‘गोजीमा ५० हजार राखेर भोकै सुते’

संसार न्यूज़
४ वर्ष पहिले
‘गोजीमा ५० हजार राखेर भोकै सुते’

Shova kant Lamichhane
गाउँकै साथीलाई ७० हजार तिरेर लाइब्रेरीको कामका लागि भन्दै कतार पुगेका नवलपरासीका शोभाकान्त लामिछाने त्यतिबेला झसङ्ग बने, जतिबेला काम, भेडा चराउने पो रहेछ भन्ने थाहा पाए । आफू ठगिएको थाहा पाए पनि पारिवारीक अवस्था कमजोर भएको र आफूमाथि आश्रित परिवारको अनुहार झल्झली सम्झिए र संघर्ष गर्नतर्फ लागे । कतारको राजधानी दोहादेखि झण्डै १ सय २० किलोमिटर टाढा समाल भन्ने ठाउँमा झण्डै साढे ६ वर्ष भेडा चराए, उनले । त्यहाँ उनले मासिक ५ सय ५० कतारी रियलमा झण्डै ५ सय भन्दा बढी भेँडाको रेखदेख गर्नुपथ्र्यो ।
हुनत, उनले आफूलाई फँसाउने आफ्नै गाउँको साथीलाई कानुनी कारबाही गर्न पनि सक्थे । तर, साथीलाई कारबाही गर्दा समाजमा साम्प्रदायिकता भड्कने डरले केही बोलेनन् ।
लामिछाने दाउन्ने देवि वर्दघाटमा आठ कक्षामा पढ्दा पढ्दै २०४६ देखि नै एमालेको राजनीतिबाट बाम आन्दोलनमा लागेका थिए । गाउँकै विनोद पन्त र नारायण अधिकारीबाट कम्युनिष्ट आन्दोलनप्रति प्रभावित बनेका उनले पार्टी भित्र नेताहरूको चिठी एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने काम गर्दथे । लामो सयम एमालेको वडा समितिमा रहेका उनी महाकाली सन्धीको विरोधमा थिए । पार्टीभित्र देशको अहित हुने महाकाली सन्धी गर्न हुँदैन भन्ने पक्षमा उनि उभिए । तर, महाकाली सन्धी भएपछि भने उनलाई पार्टीको मोह विस्तारै मर्दै गयो । २०५४ सालको छैठौँ महाधिबेशनपछि एमाले फुटेर साहना प्रधानको नेतृत्वमा नेकपा माले गठन भयो । मालेले पनि खुल्लाञ्चबाट घोषणा गरेको जनहितका कार्यक्रमहरू कार्यान्वयन गर्न सकेन । राजनीति यस्तै रहेछ भन्ने बुझेका लामिछाने कामका लागि भारत पुगे ।
भारतको सोनिपथमा पुगेका उनी भेटघाटका क्रममा भने फेरि राजनीति तिर आकर्षित भए । अखिल भारत नेपाली एकता समाज (दिल्ली पक्ष) तिर लागे । एक वर्ष पार्टीभित्र रहेर अध्ययन गरे । मशालको राजनीतिक लाइन दिर्घकालिन लागेपछि सोनिपथ नगरसमिति अन्तर्गत वर्डमलिक टोल समितिबाट एकता समाजको राजनीति यात्रा सुरु गरे । ६ महिनापछि अखिल भारत नेपाली बामपन्थी युवक मोर्चाको नगर सम्म्मेलनबाट सचिवमा समेत निर्वाचित भए । हाल ओमानमा कार्यरत उनी नेपाली एकता समाज ओमानको अध्यक्ष हुँदै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको कोषाध्यक्षमा रहेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छन् ।
सन् २००२ मा कतार पुगेपछि साढे ६ वर्ष भँेडा चराएका उनीसँगै थुप्रै दुःखका अनुभव छन् । आफ्ना दुःखका दिन सुनाउने क्रममा उनले “कुनै बेला त ४० हजार रुपैयाँ गोजीमा राखेर भोकै सुते” को समेत बताए । उनले ६ महिना सम्म मालिक बाहेक अरुको अनुहार देख्न पाएनन् । ३ दिनसम्म बाख्राको दूध मात्रै खाएर बसेका उनले आफ्नो कपाल आफै काट्न समेत बाध्य भए । नजिकको बजार भनेको झण्डै १० किमी टाढा थियो । शायद कम्युनिष्ट राजनीतिबाट खारिएको व्यक्ति भएको कारण हुनसक्छ प्रवासले पनि उनलाई संघर्षबाट नभाग्ने मजदुरको रुपमा अगाडि बढायो । उनी ६ वर्षसम्म भेडा चराउन परे पनि आत्तिएनन् । अरबमा पुगेका झण्डै २० लाख नेपाली मजदुरहरूले विभिन्न काममा नेपाली रगत र पसिना बगाएरै बाँचेका छन् भन्ने सोच्दै कत्ति पनि निराश बनेनन् । कतार पुगेको झण्डै १ वर्षपछि एकता समाज कतारको सम्पर्कमा पुगेको उनी बताउँछन् । त्यहाँ उनले दिनभरी आफ्नो काम सकेपछि रातको १२ बजे कोठाबाट निस्केर पनि संगठन बनाउन लागि परे ।
झण्डै साढे ६ वर्ष कतारमा भेडा चराएका लामिछानेले २०६२–०६३ को १९ दिने जनआन्दोलनपछि देशमा नयाँ युगको आरम्भ भएको महशुस गरे । कतारको बसाईले सिकाएको संघर्ष र परिस्थितिसँग जुध्न सक्ने आँट उनीसँग थियो । अनि त देशमै केही गर्छु भनेर ०६५ तिर फर्के । त्यतिबेला सम्म उनले आफू गएको ऋण तिरेर सकिसकेका थिए । बाबुको चाहना अनुसार सानो घर पनि बनाए भने बहिनीको बिहे पनि गरिदिइसकेका थिए ।
०६५ मा देश फर्केका उनी सुरुमा त बुटवलको मैनाबगरमा ठेलामा फलफूल बेचेर बसे । लोकतन्त्रपछि पनि सर्वसाधारणले ढुक्क भएर साँझ बिहानको छाक जुटाउने अवस्था आइसकेको थएन । विभिन्न दलका असन्तुष्ट पक्षको आन्दोलन चलिरहन्थ्यो । घरी चक्का जाम, घरी नेपाल बन्द उनलाई फलफूल पेशाले खुसी बनाएन । त्यसपछि उनले सामान बोक्ने मिनी ट्रक किनेर समान ओसार पसार गर्ने ठेक्काको काम लिन थाले । त्यतिबेलै १५ दिने नेपाल बन्द भयो । अनि त आत्तिएर उनले डेढलाख घाटा खाएर तीन महिनामै ट्रक बेचिदिए ।
कतारबाट फर्केपछि राष्«िय जनमोर्चाको जिल्ला समिति नवलपरासीको बैकल्पिक सदस्य भएर ६ महिना काम गरे । त्यतिबेला पार्टीले गरेको संघीयता बिरोधी १० दिने आन्दोलनमा सहभागी हुन उनी काठमाडौं आए । आन्दोलनका बेला भेट भएका पार्टीकै साथीको सल्लाहमा ओमान जाने निर्णय गरे । ओमानमा उनले पार्टीको भातृसंगठनलाई अगाडि बढाउने जिम्मा लिए । सन २००९ मा क्याटरिङको काममा ओमान पुगेका उनी ८० ओमानी रियलमा काम गर्न थाले ।
ओमानमा नारायण ज्ञवालीको अध्यक्षतामा २००७ मै नेपाली एकता समाज ओमान गठन भइसकेको थियो । तर, संगठन बनाएकै तीन महिनामा ज्ञवालीले ओमान छोड्नु प¥यो । अनि त संगठन निस्क्रीय बन्यो । संगठनलाई सक्रिय बनाउन उनले पुरानो माइन्युट खोजे र रमेश राना मगरको अध्यक्षतामा ११ सदस्य रहेको नेपाली एकता समाज ओमानको गठन गरे । तर रानाले संगठनमा सक्रियता देखाउन नसकेपछि ७ महिनामै संगठन फेरि सुस्ताउन थाल्यो । “संगठनको अनुशासन र खटनमा बस्न उहाँलाई अलि गा¥हो भयो अनि ७ महिनामै छोड्नु भयो” लामिछानेले भन्छन् ।
सन् २०१० मा अलखोरमा भएको दोश्रो भेलाले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नेपाली एकता समाज गठन ग¥यो । सन् २०१० देखि ०१४ सम्म ओमानमा रहेका नेपाली कामदारका समस्यामा निस्पक्ष भएर सक्दो सहयोग गर्दै अगाडि बढे उनी । त्यसपछिको भेलाले अध्यक्षमा शिव गिरीलाई चयन ग¥यो विशेष कारणबस शिव गिरी नेपाल फर्केपछि अहिले छविलाल बस्नेतले नेपाली एकता समाज ओमान हाँकिरहेका छन् ।
झण्डै २० देशमा सक्रिय रहेको नेपाली एकता समाजले झण्डै ३३ देशमा सम्पर्क विस्तार गरिसकेको छ लामिछाने हाल त्यहि अन्तर्राष्ट्रिय समितिको केन्द्रीय कोषाध्यक्ष रहेर आफ्नो भूमिका पुरा गरिरहेका छन् ।
लामिछानेका अनुसार हाल ओमानमा आधिकारीक रुपमा १८ देखि २० हजारको संख्यामा नेपाली कामदार रहेका छन् । तर, ओमान र नेपाल सरकारको श्रम सम्झौता हुन नसकेका कारण कामदारहरू समस्यामा परेको उनको अनुभव छ । चार सय ओमानी रियल बैंक डिपोजिट गरेर दूतावासबाट डकुमेन्ट बनाएर पठाउने कानुन भएपनि नेपाल र ओमानका एजेन्ट मिलेर गैरकानुनीरुपमा नेपाली कामदार ओमान पु¥याएका छन् । अबैधानिक रुपमा एजेन्टबाट नेपाली कामदार ओमान पुग्नु अहिलेको ठूलो चनौतिका रुपमा देखिएको छ ।
नेपाल सरकारले युरोप तथा अमेरिकामा त्यहाँको नागरिकता लिएर बसेका नेपालीसँगै केही समयका लागि खाडी तथा अन्य मुलुकमा कार्यरत नेपालीहरूलाई पनि गैरआवासीय नेपाली बनाइ दिएकोमा लामिछाने सरकारसँग असन्तुष्ट छन् । “दुई वर्षे कामदार भिसा लगाएर काम गरेर देश फर्कने हामी कसरी गैरआवासीय नेपाली भयौ भन्नुस् ?” स्पष्ट पार्दै लामिछानेले भने “दाउरा काटेर बेलुका घर फर्कने श्रीमती र अर्कासँग पोइल जाने श्रीमतीलाई एउटै क्याटगरीमा राख्नु भएन नी ?” नेपाली एकता समाजले यसमा विरोध जनाउँदै नेपाल सरकारको ध्यानाकर्षण गरेको लामिछानेले बताए ।
झण्डै १४ वर्ष प्रवासमा बिताइसकेका लामिछाने अझै पारिवारीक जिम्मेवारी पुरा नभएको बताउँछन् । “देश कहिले फर्कनुहुन्छ ?” भन्ने ऐक्यबद्धताको प्रश्नमा अझै तीनवर्ष ओमानमै रहने बताए । पछिल्लो पटक भारतीय नाकाबन्दीका कारण धेरै नेपाली जनता तथा सत्तामा बस्ने नेताहरूको हैसियत छर्लङ दखिएको बताउँछन् लामिछाने । “कस्तो बिडम्वना, खुर्सानी समेत आफ्नो बारीमा छैन,” लामिछाने भन्छन्, “अब सरकारले सोच्नुपर्ने बेला आएको छ नेपाली युवालाई मासिक १० हजार रुपियाँको रोजगारी दिएर देशकै समृद्धिमा लगाउने ।”

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ४ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…