back

नेपाली युवा भिड्दै छन् डेनमार्कको चुनावी मैदानमा

वि.सं.२०७४ कात्तिक २७ सोमवार

153 

shares
NTC AD
Global IME AD

hn1डेनमार्कमा पाइला टेकेको एकदशक नपुग्दै उनी यतिबेला मुलधारको राजनीतिमा सक्रिय छन् । भरतपुर महानगरपालकिा – २२ चितवन घर भएका हरीप्रसाद न्यौपाने यहाँका नेपालीहरुमाझ त चर्चित छन् नै डेनिस अनि अन्य आप्राबासीविचमा पनि सोधखोजको सूचीमा छन् ।

डेनमार्कको सबैभन्दा ठुलो राजनीतिक पार्टी सोसल डेमोक्र्याटमा सक्रिय रहेका न्यौपाने नोभेम्बर २१ मा हुने स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेपछि उनको चर्चा चुलिएको हो ।‘नेपालमा छंदा राजनीतिमा चासो राख्ने गर्दथे’ ३९ वर्षिय न्यौपानेले भने, ‘यहाँ बस्दाबस्दै यताको राजनीतिमा पनि सक्रिय रुपले लागियो ।’ अध्ययनको शिलशिलामा २००८ मा डेनमार्क आएका हुन् । नेपालीका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय सरकारी कम्पनिमा ग्राहक सेवा प्रतिनिधि, दोभासे तथा कोपनहेगन कम्युनमा मेन्टरका रुपमा कार्यरत छन् ।

नेपालमा रहँदा बाम राजनीतिमा नजिक रहेका उनले आप्रावासीको हक हितमा काम गर्ने भन्दै डेनमार्कमा सक्रिय राजनीति पाइला अघि बढाएका हुन् । आप्राबासीको पक्षमा मुख्य मुद्दा बनाएर चुनावमा होमिएका छन् । राजधानी रहेको कोपनहेगन कम्युन (नगरपालिका)को वडा नम्बर ६ बेस्पेविया क्षेत्रमा सोसल डेमोक्र्याटको तर्फबाट प्रत्यासी बनेका हुन् । मत पत्रको सुरुमै रहेको पार्टी, सोसल डेमोक्रेट्सको ३५ नम्बरमा न्यौपानेको नाम भएको र नामको अघिल्तिरको बक्समा क्रस गरि मत जाहेर गर्नु पर्ने उनको भनाइ छ । स्थानीय चुनाबमा दुइ तरिकाले भोट हाल्न सकिने यहाँको ब्यवस्था छ ।

hari-neupane
मतदान केन्द्रमा गएर भोट हाल्ने र पत्रबाट पनि भोट हाल्न पाइन्छ । कोपन्हेगनका १२ वटा क्षेत्रमा आफूलाई पायक पर्ने ठाउँबाट भोट हाल्न सकिने छ । न्यौपानेलाइ जिताउनको लागि करिव २ हजार भोटको आवश्यकता पर्दछ । कोपनहेगन क्षेत्रको १ र २ मा ३ वर्षदेखि बस्दै आएका नेपाली तथा विदेश सबैले भोट हाल्न पाउने अधिकार छ । उनको क्षेत्रबाट ५ जना बिजयी हुनेछन् । आगामी नोभेम्बर २१ तारिखमा हुने चुनावमा पत्रमार्फत भोट हाल्नका लागि अक्टोबर १० तारिख देखि नै ढोका खुलिसकेको छ । आफ्नो घरको पत्र मंजुसामा भेटिएको चिठी लगि भोट हाल्न सकिने व्यवस्था छ । नोभेम्बर २१ मा भने मतदान केन्द्रमा गएर भोट हाल्नुपर्ने हुन्छ ।

चुनाबको मिति नजिकिदै जाँदा उनी, यहाँको नेपाली समुदाय र उनको पार्टी पनि प्रचारप्रसारको साथै भोट माग्नमा व्यस्त छन् । सबैको साथ सहयोग भएमा जित्न सकिने उनको दाबी छ । ‘अहिले चुनाबमै केन्द्रित भएर लागिएको छ, नेपाली समुदाय पनि पुरै खटिएका छन्’ न्यौपानेले भने, ‘सबैको साथ र सहयोग भयो भने जित्न असम्भव छैन ।’ चुनावी अभियान र प्रचारप्रसारका लागि बिभिन्न समिति निर्माण गरेका न्यौपानेले कोपन्हेगनका योग्य मतदाता नेपालीको भोटलाई खेर जान नदिने हो भने सम्भावित बिदेशी मतदाताको भोट समेतका आधारमा जित हात पर्ने सम्भावना रहेको बताउँछन ।

कोपनहेगन वडा नम्बर ६ विस्पेविया मा नेपालीहरुको बाक्लो बसाइ छ । करिव एकहजार ५ सय नेपालीको भोट आएको खण्डमा र ५ सय मात्र पार्टी मार्फत विदेशीको भोट आएमा बिजयी हुने उनको आंकलन छ । सो क्षेत्रमा करिव ५० हजार जनसंख्या भएको बताइन्छ । डेनमार्कमा करिव ४ हजार नेपालीहरु रहेको अनुमान छ । न्यौपानेका अनुसार स्थानीय निर्वाचन त्यति ठुलो चासोको बिषयको रुपमा मतदातालाई बुझाइएको हुँदैन । डेनमार्कको स्थानीय निर्वाचनमा ५६ देखि ६० प्रतिशत मात्र मत खस्ने गरेको इतिहास छ । यो आधारमा चुनाव जित्न सकिने उनको अनुमान छ । संसदीय निर्वाचनमा भने ८० प्रतिशत माथि मत खस्ने गरेको छ ।

hari2
प्रचार सामग्री सहित बिभिन्न नेपाली विदेशी संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुलाई समेत समेटेर चुनावी अभियानमा रहेका न्यौपाने बिदेशी राजनीतिज्ञ र अन्य क्षेत्रका उम्मेदवारहरुसंग पनि सहकार्य गर्दै अगाडी बढेको बताउँछन् । प्रत्येक ४ – ४ वर्षमा हुने डेनमार्कको स्थानीय निर्वाचनमा डेनमार्क बसोबास गरेका स्वदेशी वा बिदेशी हरेक नागरिकले भोट दिन पाउँछन । जुनसुकै ‘स्ट्याटस’ मा डेनमार्क बसेका ३ वर्ष अबधि पुगेका १८ वर्ष माथिका नेपाली र अन्य विदेशी एबम आप्रवासीहरुले समेत मतदानमा भाग लिन पाउनेछन ।

सन् २०१२ मा पार्टीको सदस्यता लिएर न्यौपानेले डेनिस भाषा राम्रो बुझ्न थालेपछि राजनीतिमा होमिएका हुन् । सामाजिक र राजनीतिक विषयमा रुचि भएका उनलाइ पार्टीले पनि आप्रवासीका गतिविधिमा भिजेको व्यक्तिका रुपमा चिन्यो । संसारभर आप्रवासी नीतिमा कडाइ हुँदै गएको सन्दर्भमा डेनमार्कको सोसियल डेमोक्र्याट्सले पनि आप्रवासी प्रतिको दृष्टिकोणमा केहि साँघुरोपना अपनाउन थालेपछि उनी खरो रुपमा लागे । पार्टीभित्र आप्रवासीका पक्षमा खुलेर लाग्नेमा उनी पनि पर्छन । डेनमार्कको इतिहास, राजनीति, अर्थ लगायतका क्षेत्रमा अध्ययन गरेर अघि बढेको उनको भनाइ छ ।

हाल उनको पार्टी सोसल डेमोक्र्याट सबैभन्दा ठुलो पार्टी भएर पनि गठबन्धनका कारण सरकार बाहिर छ । डान्से फुल्के पार्टी नेतृत्वको सरकारले पछिल्लो समयमा आप्रावासीप्रति अति कडा नीति अख्तियार गरेको बताइन्छ । उनको पार्टीले भने अलि नरम नीति लिएको छ । २०१५ सम्म न्यौपानेको पार्टी सोसल डेमोक्र्याटले सरकार चलाएको थियो । आप्रावासीप्रति र्पािर्टको नीति नरम थिया । २०१५ मे मा भएको चुनाबमा डान्से फुल्के पार्टीले सरकार चलाएको छ ।
के के छन् न्यौपानेका एजेण्डा ?
आफु विजयी भएमा आप्रवासीको हक र हितका मुद्दा प्रमुख रुपमा उठाएका न्यौपानेले जितेमा पार्टीले विदेशीलाई हेर्ने नीति आप्रवासीमैत्री बनाउनेमा विशेष भूमिका निर्वाह गर्ने बताउछन् । विकास निर्माण, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य लगायतमा सक्रियतापुर्वक लाग्ने उनको भनाइ छ ।

नेपालीहरुको पक्षमा पनि थुप्रै काम गर्ने उनले सूची तयार पारेका छन् । जसमा नेपाली समाजको लागि एउटा साझा घर ‘नेपाल हाउस’ स्थापना गर्ने, नेपाली सांस्कृतिक केन्द्र शुरुवात गर्ने, नेपाली समुदायका लागि नियमित रेडियो कार्यक्रम सन्चालन गर्न पहल गर्ने, नेपाली हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र स्वरुप एक हिन्दु मन्दिरको स्थापनाको लागि पहल गर्ने लगायत योजना उनका छन् ।

अध्ययन, स्वास्थ्य लगायतका समुदायको विकाशका लागि ल्याइएक परियोजनाहरू नेपाली समुदाय तिर तान्न पनि कोसिस रहने उनको भनाइ छ । कामका सिलसिलामा डेनमार्क आइपुगेका नेपालीहरुका लागि सम्भावित कामका क्षेत्र र अवसरबारे सचेत गराउने ‘जब एजेन्ट’ का रुपमा समेत आफ्नो भूमिका फराइकिलो बनाउने उनको प्रतिबद्धता छ ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०३:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...