back

रक्त समूह अनुसार तपाईको स्वभाव कस्तो ?

वि.सं.२०७४ मंसिर १९ मंगलवार

948 

shares
NTC AD
Global IME AD

blood-groupसंसारमा करोडौँ मानिसहरूको फरक–फरक बानी हुन्छन् । तर, पनि धेरै मानिसको स्वभाव एकअर्कामा केही हदसम्म मिल्ने गर्दछ । आउनुहोस् जानौँ कुन रक्त समूहका मानिसको कस्तो बानी हुन्छ त ?
एबी पोजेटिभ – एवी पोजेटिभ रगत हुनेहरूलाई सहज तरिकाले बुझ्न सकिन्न । उनीहरू कतिखेर के सोच्छन् भन्ने पत्ता लगाउन गा¥हो हुन्छ । किनकी उनीहरूको प्रकृति कहिले पनि एउटै हुँदैन । एबी पोजेटिभवालाहरूलाई चाहिएको खण्डमा ए बी पोजेटिभ, ए बी नेगेटिभ, ओ पोजेटिभ, ओ नेगेटिभ, ए नेगेटिभ तथा बी पोजेटिभ र बी नेगेटिभ रगत लिन सकिन्छ ।
एबी नेगेटिभ – एबी नेगेटिभ समूहका मानिसहरूको दिमाग अत्यन्तै तेज हुन्छ । उनीहरू बुद्धिमान मानिन्छ । उनीहरू सहजै अरुको कुरा बुझ्न सक्छन् । उनीहरूको दिमाग ती सबै कुराहरू बुझ्न सक्छन्, जुन मानिसहरूले त्यति ख्याल गर्दैनन् । यस्ता व्यक्तिहरूलाई जरुरी परेको खण्डमा ए नेगेटिभ र ओ नेगेटिभ रगत लिन सकिन्छ ।
ओ पोजेटिभ – ओ पोजेटिभ रगत समूहका मानिसहरूका विषयमा यो भनिन्छ की उनीहरूको जन्मनै अरुको सहयोगका लागि भएको हो । यस्ता मानिसहरू अरुको सहयोगका लागि पछि हट्दैनन् । उनीहरू अरुको सहयोगका लागि जीवननै अर्पण गर्न सक्छन् । आवश्यक परेमा ओ पोजेटिभ रगत हुने मानिसलाई केवल ओ नेगेटिभ र ओ पोजेटिभ रगत लिन सकिन्छ ।
ओ नेगेटिभ-ओ नेगेटिभ भएका मानिसहरू संक्र्रिण सोँच राख्ने मानिन्छ । यस्ता व्यक्तिहरू अरुको लागि भन्दा आफ्नो लागि बढी सोच्ने गर्छन् । उनीहरूले आफ्नो भन्दा अरुको त्यति ध्यान नहुने गरेको बताइन्छ । उनीहरू नयाँ विचारलाई सहज स्वीकार्न नसक्ने प्रकृतिका हुन्छन् । ओ नेगेटिभ रक्त समूहका मानिसलाई जरुरी परेको खण्डमा ओ नेगेटिभ रगत नै लिन सक्छन् ।
बी पोजेटिभ –यस्ता मानिसहरू अरुको लागि समुद्र सरह हुन्छन् । यो रगत समूहका मानिसहरू अरुको सहयोगका लागि पछि हट्दैनन् । भनिन्छ उनीहरू अरुका लागि बलिदानी पनि दिन सक्छन् । उनीहरूका लागि नाता सम्बन्ध अति नै महत्व हुन् । यस्ता व्यक्तिहरू सधै अरुका लागि केही न केही गर्न चाहेका हुन्छन् । बी पोजेटिभ रगत समूहका मानिसलाई आवश्यक परेमा वी पोजेटिभ, बी नेगेटिभ, ओ पोजेटिभ र ओ नेगेटिभ रगत दिन सकिन्छ ।
बी नेगेटिभ-बी नेगेटिभ रक्त समूहका मानिसहरू अलि स्वार्थी भावना भएको मानिन्छन् । उनीहरू अरुको बारेमा भन्दा आफ्नो बारेमा बढी सोच्ने गर्छन् । उनीहरूलाई अरुको सहयोग गर्नुपर्छ भन्नेमा त्यति विश्वास मान्दैनन् । उनीहरूको दृष्टिकोण सकारात्मक भन्दा नकारात्मक बढी भए मिल्ने गर्छ ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०८:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD