back

शुभकामना तथा सम्मान समारोह सम्पन्न

वि.सं.२०७४ पुस ५ बुधवार

132 

shares
NTC AD
Global IME AD

russ1गैरआवासीय नेपाली संघ रुस र नेपाली दूतावास रुसको संयुक्त आयोजनामा तथा रुसमा नेपाली र रूसी भाषामा कवितापाठ सहित शुभकामना तथा सम्मान समारोह सम्पन्न भएको छ ।
दूतावासको प्रांगणमा १० डिसेम्बरका दिन आयोजित उक्त कार्यक्रममा नेपाली गीत र नृत्य धूनको सुमधुर गुञ्वनसहित मनोरम र उल्लासमय वातावरणमा सम्मान तथा शुभकामना समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
एनआरएनए रुसका अध्यक्ष रामेश्वर गौतमको सभापतित्व, राजदूत ऋषिराम घिमिरको प्रमुख आतिथ्यता, एवं रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभका विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतम, पनि अध्यक्षमण्डलमा स्थान ग्रहण गरिएपछि विनेसामका महासचिव डा. मनमूर्ति भुर्तेल तथा कृष्णप्रकाश श्रेष्ठबाट विश्व नेपाली साहित्य महासंघ रूस शाखाको सहभागितामा नेपाली र रूसी भाषामा प्रकाशित पुस्तक विमोचनसहित साहित्यिक कार्यक्रमको सञ्चालन गरियो ।
सर्वप्रथम साहित्यिक कार्यक्रमका सभापति तथा अतिथिद्वयबाट दूतावासका तृतीय सचिव, कवि कुमारबहादुर श्रेष्ठ ‘क्रान्ति’ लिखित ‘अनिंदो जीवनमा जूनकिरी’ श्र्षिकको कवितासंग्रहको विमोचन गरियो । कविको स्वरमा ‘मास्को आउँदा आउँदै’ शीर्षकको कविताको पहिलो पंक्तिमै ‘विश्वको ठूलो देश रसिया…’ भन्दै रूसबारे उद्गार पोखिएको नेपाली कविता गुञ्जियो ।
तत्पश्चात् विश्व नेपाली साहित्य महासंघको योजनानुसार यसै पंक्तिकारद्वारा रूसी कविहरूको समेत सहयोगबाट रूसी भाषामा अनूदित र सम्पादित तथा काठमाडौंबाट प्रकाशित ‘नेपाली कविता कुञ्ज’ शीर्षकमा आधुनिक नेपाली कवितासंग्रहको लोकार्पण सुसम्पन्न भयो र यस संग्रहकी प्रथम रूसी पाठक र भूमिका लेखिका, भारतवर्षविद् रूसी विदुषी एभ्गेनिया भानिनाबाट हिन्दी भाषामा नै विमोचित कवितासंग्रहको सन्दर्भमा सकारात्मक प्रतिक्रिया व्यक्त गरियो ।

russ4
तदुपरान्त रूसी काव्यानुवादकहरू (ल्युदमिला आभ्देएभा, तामारा पोत्योमकिना, ताच्याना चेग्लोभा, ल्युदमिला साल्तिकोभा र भ्लादिमिर सिल्किन) बाट छोटो मन्तव्यसहित रूसी भाषामा अनूदित नेपाली कविताहरूको क्रमशः पाठ गरियो र सबै वक्ताहरूसहित यस पंक्तिकार तथा रूसको दक्षिणी भेकमा रहेको दोनवर्ती रस्तोभबाट स्वयं समारोहमा उपस्थित हुन नसके पनि मास्कोमा बस्ने उनकी छोरी ओल्गालाई समेत खादा ओढाएर सम्मान गरिएको थियो ।
यसरी समारोहको आरम्भमा मङ्गलाचरणको रूपमा काव्यमय खण्डको समाप्तिपश्चात् गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतमको सभापतित्वमा सम्मान तथा शुभकामना समारोहको मुख्य कार्यक्रम शुरु भयो । अध्यक्षमण्डलमा प्रमुख अतिथि महामहिम नेपाली राजदूत श्री ऋषिराम घिमिरेज्यू एवं आमन्त्रित अतिथि रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभका साथै गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदमा नवनिर्वाचित उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री के.सी., यूरोप उपसंयोजक गोविन्दप्रसाद गौतम, केन्द्रीय सदस्यद्वय डा. एकनारायण चापागाईं तथा रवीन्द्र भट्टराई व्यक्तित्वहरूले स्थान ग्रहण गरिसकेपछि वक्ताहरूबाट मन्तव्य दिने क्रम शुरु भयो ।

russ3
महामहिम राजदूत श्री ऋषिराम घिमिरेज्यूले गैरआवासीय नेपाली संघको केन्द्रीय निकायमा निर्वाचत सबै पदाधिकारीहरूप्रति शुभेच्छा र बधाई ज्ञापन गर्नुका साथै आफ्नो सारगर्भित मन्तव्यमा नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको नतीजाको परिप्रेक्ष्यमा देशमा स्थायी सरकार गठन भई आर्थिक विकास र सम्पन्नताको ढोका खुल्ने आशा प्रकट गर्नुभयो र राजदूतावास र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्दै अघि बढ्न आपूm सदैव तयार रहेको अभिव्यक्ति दिनुभयो ।
गतः अक्टोबर २०१७ मा नेपालको रााजधानीमा सुसम्पन्न गैरआवासीय नेपाली संघको आठौं विश्व ‘सम्मेलनमा भाग लिन काठमाडौं पुगेका संसारका ७७ देशमा कार्यरत रष्ट्रिय समन्वय परिषदहरूका प्रतिनिधिहरूले १४ वर्षअघि गैरआवासीय नेपालीको अवधारणा अगाडि सार्ने रूसका नेपालीहरूमध्येबाटै महिला–उपाध्यक्ष, महासचिव र यूरोप उपसंयोजक जस्तो गरिमामय पदमा निर्वाचित क्रमशः सपिला राजभण्डारी, डा. बद्री के.सी. तथा गोविन्दप्रसाद गौतमद्वारा रूसमा बसोवास गर्ने नेपालीहरूको ऐक्यबद्धताको परिणामस्वरूप विजय प्राप्त भएको जनाउँदै विश्वसम्मेपनको अनुभवबारे बताउनुका साथै विदेशमा रहेका नेपालीहरूको हकहितका लागि काम गर्ने र नेपालको विकासका लागि सरकारसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भावी योजना र कार्यभारहरूको सफलताका लागि रूसमा रहेका सम्पूर्ण नेपालीहरूको तर्पmबाट पूर्ववत् सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरिएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदमा रूसको प्रनिनिधिको हैसियतले केन्द्रीय सदस्य रहेका डा. एकनारायण चापागार्इँ र मनोनित केन्द्रीय सदस्य रवीन्द्र भट्टराईबाट पनि अंशतः गैरआवासीय नेपाली अभियानसमक्ष रहेका सम्भावना र चुनौतीबारे प्रकाश पारिएको थियो । यसका साथै हालै मात्र गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्बाट मनोनित संरक्षक एवं सल्लाहकार मण्डलका कतिपय सदस्यहरूबाट पनि मन्तव्य प्रस्तुत गरिएको थियो ।
रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले यस मैत्री समाजका केही सदस्यहरूले गैरआवासीय नेपाली संघका कतिपय केन्द्रीय उच्च पदहरू सम्हाल्ने अभिभारा पाएको सन्दर्भमा हर्ष प्रकट गर्दै शुभकामना र बधाईं ज्ञापन गर्नुका साथै हाम्रा दुवै संस्थाहरूबीच कायम रहेको सुमधुर कार्यकारी सम्बन्ध अझ सुदृढ हुँदै जानेछ भनी जोड दिनुभयो ।

russ2
सम्मान तथा शुभकामना समारोहमा गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदमा नवनिर्वाचित उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री के.सीं., यूरोप उपसंयोजक गोसवन्दप्रसाद गौतम, रूसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य डा. एकनारायण चापागाईं, मनोनित केन्द्रीय सदस्य रवीन्द्र भट्टराईलाई रूसवासी नेपाली समुदायको तर्पmबाट न्यानो स्वागत र हार्दिक शुभकामना व्यक्त गर्दै खादा ओढाएर हार्दिक सम्मान गरियो ।
तत्पश्चात् गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्द्वारा मनोनित ५ संरक्षक डा. सूर्यप्रसाद रिजाल, उत्सवकुमार अमात्य, डा. कुमार कार्की, टेकराज निरौला तथा खेमराज लामिछाने, ५ सल्लाहकार डिल्ली खरेल सुमन, गणेश रामदाम, डा. विमला भण्डारी, तेजबहादुर शाह र राजकुमार पाण्डे एवं मनोनित सदस्य केशव तिमिल्सिना र भूपेन्द्र चौधरीलाई पनि खादा ओढाएर सम्मान गर्दै हार्दिक बधाई ज्ञापनका साथै शुभकामना व्यक्त गरियो ।
सोही अवसरमा यस पंक्तिकारले पनि रूसवासी नेपाली समुदायको तर्पmबाट सम्मानित भई गौरवान्वित हुने स्वर्ण अवसर प्राप्त गरेको थियो । गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष रामेश्वर गौतम, रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमको हस्ताक्षरसहित १० डिसेम्बर २०१७ मा मलाई प्रदान गरिएको सम्मानपत्रमा अभिलिखित बेहोरा निम्नानुसार छ ः
‘रूसमा अर्धशतकभन्दा लामो समयदेखि बसोवास गरी नेपाली साहित्यका विविध विधामा अनवरत कलम चलाउँदै रूसी र नेपाली भाषामा उत्कृष्ट साहित्यिक कृतिहरू सिर्जना गरी प्तिष्ठित राष्ट्रिय एखं अन्तर्राष्ट्रिय पुरस्कारद्वारा विभूषित भई सम्पूर्ण रूसवासी नेपालीहरूलाई गौरवान्वित तुल्याउनुहुने वरिष्ठ साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठज्युको नेपाली वाङ्मयको श्रीवृद्धिकार्यमा अतुलनीय योगदानको उच्च कदर गर्दै आगामी दिनहरूमा उत्तरोत्तर सफलताको कामनासहित सगौरव यो सम्मानपत्र प्रदान गर्दछौं ।’
नेपाली भाइबहिनीहरूका साथै आमन्त्रित रूसी लेखककवि र मित्रहरू उपस्थित रहेको भव्य समारोहमा यस पंक्तिकारलाई खादा ओढाएर प्रदान गरिएको उक्त सम्मानपत्रको व्यहोराबाट सहृदयी पाठकवृन्दलाई समेत अवगत गराउन पाउँदा अपार हर्ष लागेको छ ।
अन्त्यमा सभापतिको आसनबाट समारोहको समापन मन्तव्य दिंदै रामेश्वर गौतमले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा नवनिर्वाचित एवं मनोनित सबै पदाधिकारीहरूलाई हार्दिक बधाई र शुभेच्छा ज्ञापन गर्नुभई आगामी दिनहरूमा पनि रसियावासी गैरआवासीय नेपालीहरूको सामूहिक एकता र सहकार्य मजबूत हुँदै जाओस् भन्ने कामनासहित काठमाडौंमा सम्पन्न विश्व–अधिवेशनमा सम्पन्न निर्वाचनमा केन्द्रीय पदहरूमा रसियाको प्रतिनिधित्व गर्ने उम्मेदवारहरूलाई जिताउन अहोरात्र खट्नुहुने प्रतिनिधि साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै शुभकामना तथा सम्मान समारोहको समापन गर्नुभयो ।
गैरआवासीय नेपाली संघ रूसका सचिव इन्द्रप्रसाद भुसालबाट संचालन गरिएको समारोहकोे दोस्रो खण्डकोे समापनपश्चात् एकातिर स्वस्पूmर्त ढङ्गले नाचगानको रमाइलो सम्पन्न भइरहेको थियो भने अर्कातिर भव्य प्रीतिभोजमा सरीक भई रूसी मित्रहरू समेत नेपाली परिकारहरूको स्वाद लिंदै ं नेपालीहरूसंग कुराकानी गरिरहेका देखिन्थे ।
मास्कोमा शीतकालको आरम्भमा बाहिर हिउँ परिरहेकोले मौसम केही चिसो भए पनि नेपाली राजदूतावासको प्रांगणमा सुमधुर संगीत गुञ्जिरहेको थियो र झिमिक्क साँझ परिसकेपछि पनि निकै वेरसम्म न्यानो र रमाइलो सौहार्दपूर्ण वातावरण व्याप्त थियो ।
फोटो सौजन्य ः बोरिस भेर्शिनिन

वि.सं.२०७४ पुस ५ बुधवार ०५:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...