Sansar News- Nepal's Fast Khabar Online News Portal

मुल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन

संसार न्यूज़
३ वर्ष पहिले
मुल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन

tara3

मुल प्रवाह अखिल भारत नेपाली एकता समाजको हिसारको नगर समिति अन्तर्गतको एरिया समिति गठन भएको छ ।
हिसार नगर समिति अन्तर्गत पर्ने सिटी एरिया र ईन्ड्रष्ट्री एरियाको संयुक्त भेला एवं १२४ औं माओ दिवसको अवसर पारेर उक्त एरिया समिति गठन गरिएको हो ।
मुल प्रवाह अखिल नेपाली एकता समाज भारतका केन्द्रीय सल्लाहकार बसन्त बहादुर दर्लामीको अध्यक्षता, केन्द्रीय प्रतिनिधि विष्णु आचार्यको मुख्य आतिथ्यता तथा केन्द्रीय सल्लाहकार देबी पौड्याल, क्षेत्रिय समितिका नन्द बहादुर लमतरी, क्षेत्रिय महिला समितिकी डोल माया बिक, रक्तिमका योगेन्द्र दर्लामी, विद्यार्थीबाट रक्षा सोमरे, राष्ट्रिय जनमोर्चा पाल्पाकी नेतृ लक्ष्मी दर्लामीलगायतको आतिथ्यता रहेको थियो ।

tara2
सोहि अवसरमा अर्घाखाँची डाँडा कटेरीका तारा बहादुर सोमरेको अध्यक्षतामा २० सदस्यीय सिटी एरिया समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा ओमप्रकाश तिवारी, सचिब बाबुराम शर्मा, उपसचिब कुलानन्द धमला, कोसाध्यक्ष अर्जुन गैरे तथा सदस्यहरुमा (वीर सिह पाण्डे, हुमाकान्त अधिकारी, जोगेन्द्र दर्लामी, शंकर पाण्डे ,खडक ब.बिक, केहर सिंह घर्तिमगर, नारन बिक, लालमणी देबकोटा, प्रेम कुमार, मोहन घर्तिमगर, तिलक सुनार, बैकल्पिक–राजु सुनार, उमेश राना, रामु रायमाझी र मन ब.घर्र्ती मगर निर्वाचित भएका छन् ।
समितिको सल्लाहकारमा नन्द ब.लमतरी, प्रेम बहादुर सुर्यवंसी मगर, तुल ब जिसि, भिम ब.थापा, दुर्गा राणालाई चयन गरिएको छ ।

एरिया समितिका नवनिर्वाचित अध्यक्ष तारा ब. सोमरे

एरिया समितिका नवनिर्वाचित अध्यक्ष तारा ब. सोमरे

आत्माराम न्यौपानेको सन्चालन, ओम प्रकाश तिवारीको स्वागत तथा मन्तव्य रहेको उक्त कायक्रममा नवनिर्वाचित एरिया समितिका अध्यक्ष सोमरेले सबैलाई धन्यवाद दिदै समाजको हितका लागि तन, मन र धनले लागि पर्ने बताएका थिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…