back

बडादशैँको फुलपातीमा निर्जला आउने

वि.सं.२०७४ पुस २३ आइतवार

105 

shares
NTC AD
Global IME AD

२३ पुस, काठमाडौँ ।  नारी प्रधान चलचित्र ‘निर्जला’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । भक्तपुरको घ्याम्पे डाडामा दशैंको गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो ।
दीनेश सुवेदीको शब्दमा बाबुल गिरीको संगीत समावेश दशैं स्पेशल गीतमा सुजता बर्मा र बाबुलले स्वर भरेका छन् । यो गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले अभिनय गरेका छन् । पौषको यो कठ्याङ्ग्रीदो जाडोमा दुई दर्जन कोरस राख्दै फिल्मको गीतलाई घ्याम्पे डाडामा भिडियो मार्फत ढालेका हुन् नृत्य निर्देशक कमल राईले ।


राजु गिरीको निर्देशनमा प्रकाश चन्द्र न्यौपाने निर्मित फिल्मको रिलिज मिति समेत तय गरिएको छ । आगामी २०७५ सालको बडा दशैंको फुलपातीको दिन देखि फिल्म रिलिज गरिने निर्माण पक्षले जनाएको छ । शुभेच्छा कै कथा तथा संवाद रहेको फिल्म ‘निर्जला’ टिपिकल नेपाली शैलीमा निर्माण गरिएको बताइएको छ । यस अगाडि निर्देशक राजु र नायिका शुभेच्छाको ग्ल्यामरका नाममा समाजले पचाउनै नसक्ने दृश्य दिएको भन्दै आलोचना भएको थियो । यो फिल्म मार्फत आफूह?लाई लागेको दाग मेटिनेमा यि दुई विश्वस्त छन् । यस पटक फिल्ममा त्यस्तो कुनै सिन समेत नभएको र परिवार एकसाथ बसेर हेर्न मिल्ने फिल्म बनाएको निर्देशक गिरीको भनाई छ ।
व्यवसायी समेत रहेका प्रकाश चन्द्रले यसै फिल्म मार्फत पहिलो पटक निर्माणमा हात हालेका छन् । उनले फिल्म निर्माणलाई निरन्तरता दिने बताएका छन् । चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’ मा अशोक खड्काको द्धन्द तथा रवि लामिछानेको छायांकन रहेको छ ।

वि.सं.२०७४ पुस २३ आइतवार १०:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...