Sansar News- Nepal's Fast Khabar Online News Portal

युनाइटेड किराँत राइ अर्गनाइजेशन न्युयोर्कले नयाँवर्ष मनायो

संसार न्यूज़
३ वर्ष पहिले
युनाइटेड किराँत राइ अर्गनाइजेशन न्युयोर्कले  नयाँवर्ष मनायो

युनाईटेड किराँत राई अर्गनाइजेशन न्युयोर्क च्याप्टरले नयाँवर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
युनाइटेड किराँत राई एसोसियसन न्युयोर्कका अध्यक्ष केशवराम राईको अध्यक्षतामा शुभकामना आदान–प्रदान गरेर नयाँवर्ष मनाएको हो ।
सो अबसरमा युनाईटेड किराँत राई अर्गनाइजेशन की केन्द्रीय उपसभापति मुना राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अध्यक्ष राईले सबैलाई नयाँवर्षको शुभकामना दिदैं उपस्थित सबैमा धन्यवाद व्यक्त गरेका थिए ।
सोहि अवसरमा गतवर्षको तिहार कार्यक्रममा सहयोग गर्ने कलाकारहरुलाई खादा ओढाएर सम्मान गर्दै सम्मानपत्र समेत वितरण गरिएको थियो ।


कर्यक्रममा प्रमुख अतिथि राईले अमेरिकाभरी रहेका किराँत संस्थाहरु एकजुट भएर एकअर्काको सुख दुःखमा साथ दिने र राई समुदायको मात्र नभएर अन्य समुदायको हितमा पनि लाग्नुपर्ने बताइन् ।
त्यस्तै संस्थाका सल्लाहकार प्रभाकर राईले नयाँवर्षको शुभकामना दिएका थिएका थिए भने केन्द्रीय कोषाध्यक्ष मदन राईले संस्थाको सबै सहयोगीलाई धन्यवाद दिदैँ विदेशमा रहेपनि राईहरुले आफ्नो धर्म संस्कृति भुल्न नहुने बताएका थिए । उनले भावि सन्ततीलाई आफ्नो संस्कार संस्कृति बुझाउनु र सिकाउनु पर्ने बताए ।
त्यस्तै खालिङ समाज अमेरिकाका उपाध्यक्ष पर्खि राईले राईहरुको भाषा धेरै रहेको र यी भाषाहरुमध्येको एक भाषिक राई खालिङ्ग राई पनि रहेको बताउँदै अन्य भाषाका राईहरुले पनि संस्था स्थापना गरेर आफ्नो भाषाको पनि संरक्षणमा पहल गर्नु पर्ने बताए । राईहरुको बीचमा धेरै भाषा छन् । ती भाषाका हामी धनी हौं भनेर गर्व गर्नुपर्ने कुरामा पहल गर्न अनुरोध समेत गरेका थिए ।


उनले खालिङ्ग राई समाज संस्था विभाजनको लागि नभएर आफ्नो भाषा संस्कार र संस्कृति संरक्षणका लागि स्थापना भएकोले यसलाई फरक अर्थ नलगाउन भन्दै राई यायोख्खा नेपाल युके, हङकङ तथा अन्य मुलुकमा बुझ्दा पूर्ण जानकारी हुने बताए ।
कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य सुखराज राई तथा राई एकताको प्रतिनिधि सहजकर्ता अग्नि राईका समेत उपस्थिति रहेको थियो ।


सोहि अवसरमा युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्युर्योक च्याप्टरको कल्चर विभाग प्रमुख बिपिन राईले सञ्चालन गरेका थिए ।
त्यस्तै कलाकारहरुलाई प्रमुख अतिथि मुना राईले संस्थाका सल्लाहकार प्रभाकर राईले केन्द्रीय कोषाध्यक्ष मदन राई केन्द्रीय सदस्य सुख राई र अतिथि आंग्वु शेर्पा र खालिङ समाज अमेरिकाका अध्यक्ष सभापति मकर राईले प्रदान गरेका थिए ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…