back

न्यूयोर्कमा नेपालीहरुले रक्तदान गरे

वि.सं.२०७४ पुस २७ बिहीवार

201 

shares
NTC AD
Global IME AD

जनवरी ७, २०१८ । लङ आईल्याण्ड नेपाली समाज न्यूयोर्कले रक्तदान कार्यक्रम आयोजना गर्‍यो । उक्त कार्यक्रममा २१ जनाले आ– आफ्नो पाखुरामा सुइ घुसारी प्लाष्टिकको थैला भरी रक्तदान गरे । १२ जनाले प्रारम्भिक स्वास्थ्य परिक्षणमा मापदण्ड पुरा हुन नसकेकाले रक्तदान गर्न पाएनन । बाह्र बजे देखी छ बजेसम्म हुने भनिएको कार्यक्रममा अत्यधिक चिसोको कारणले एक घण्टा ढिलो सन्चालन गरी चार बजे नै बन्द गरेकाले २२ जनाले रक्तदान गर्न पाएनन । रक्तदान गर्ने स्थानमा तापक्रम कम्तिमा सोह्र डिग्री सेल्सियस हुनु पर्नेमा बाहिर माइनस दश डिग्री सिल्सियस भएकाले हलभित्र हिटरले पनि काम गरेको थिएन । रक्तदान गर्न त्यस्तो चिसोको पनि पर्वाह नगरि ुमैले दान गरेको रगतले कसैको जीवन बचोस भन्ने भावनालेु करिब ४० कि मि टाढा देखि नेपालीहरु रक्तदान गर्न आएका थिए ।

निम्न माद्यमिक बिद्यालयमा पढ्ने नेपाली समाजका भाईबहिनिहरुले स्वयमसेवा प्रदान गरेका थिए । महाबाणिज्य दुतावास, न्यूयोर्कका डिपुटी कन्सुलर जनरल पुष्पराज भट्टराईले स्वयम सेवक तथा रक्तदाताहरुलाई कदर पत्रले सम्मान गरेका थिए। संस्थाका अध्यक्ष टिका ढकाल र कार्यक्रम सयोजक राजन गौलिको सकृयातामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

वि.सं.२०७४ पुस २७ बिहीवार ०३:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...