back

गीत संगीत क्षेत्रमा चर्चा कमाउँदै कमल र विष्णु

वि.सं.२०७४ माघ ७ आइतवार

276 

shares
NTC AD
Global IME AD

बाबुराम थापा ।  भेरी नगरपालिका जाजरकोट १२ जगतिपुर गाविसमा जन्मनु भएका अतिनै मिलनसार सर्जक तथा संगीतकार लोक दोहोरी गायक कमल थापा अतिनै दुःख कष्ट गर्दै गित संगीतको बाटोमा चर्चा कमाउन सफल भएका छन् । उनका एक दर्जन भन्दा बढी शब्द संगीतमा रहेका गितहरु बजारमा आईसकेका छन।

उनी यो पछिल्लो समय निकै चर्चामा आएका छन् । आफ्नो स्वरले निकै साथ दिएको छ उनलाई । अझै यस्तै गित संगीत हरु दर्शन स्रोता माझ ल्याउने कोशिष गरिरहेका छन् । धेरै मेहनतका साथ धोका नामक गिती एल्बम बजारमा ल्याई सकेका छन् उनले । यो धोका पछि अझै पछिल्लो समय लाई सदुपयोग गर्दै अरु गीत पनि ल्याएका छन् । उनलाई गीत संगीत क्षेत्रमा साथ दिने मोडल तथा शब्द सर्जक बिष्णु मल्लको साथ ले यो सहयोग निकै पाईरहेको बताउछन् ।
उनको संगित र स्वर रहेका गीतहरु बजार आईसकेका छन । दर्शक स्रोताहरुले अतिनै माया गरेको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
फेरि स्वरका धनी कमल संगीत र बहुचर्चित लोक दोहोरी गायिका पुर्णकला बिसिको स्वरमा रहेको गित लाखौं दर्शक हरुलाई रुवाउने छ । माया एउटा संग र बिहे अर्कोसँग भएर यो संसारमा धेरै माया प्रेम गर्ने प्रेमी स्रोताहरु आत्माहत्या गर्दै आएकोले उनले दर्शक रुवाउने गित गाएको बताएका छन् ।
अब को केही दिनमै भिडियो सहित ‘धोका’ गीत बजारमा आउदै गरेको बताएका छन् । सोही धोका गीत र अन्य धेरै गितमा मोडल गरेका बिष्णु मल्लले दर्शक रुवाउने अभिनय गरेको बताएका छन् । यो धोका गीतलाई दर्शकले बजारमा आईपुग्दा निकै माया माया गर्ने समेत बताएका छन् ।

वि.सं.२०७४ माघ ७ आइतवार ०७:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...