Sansar News- Nepal's Fast Khabar Online News Portal

कृषि पेसामा मुलुकलाई आत्मनिर्भर बनाउने

संसार न्यूज़
४ वर्ष पहिले
कृषि पेसामा मुलुकलाई आत्मनिर्भर बनाउने

bhetghatकाठमाडौँ । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले कृषि पेसामा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि पहल गरिने बताउनुभएको छ ।

इजरायल रिटननेट समाजले बुधबार आयोजना गरेको बृहत् भेटघाट तथा पुनर्मिलन कार्यक्रममा मन्त्री चौधरीले विदेशमा सीप सिके पनि त्यसको सदुपयोग स्वदेशमा आएर गर्नैपर्ने भन्दै कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि पहल गरिने बताउनुभएको हो ।

त्यसैगरी कृषिविकास राज्यमन्त्री राधिका तामाङले व्यावसायिक कृषकलाई प्रोत्साहन गर्न सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो ।

नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले युवावर्गले विदेशमा सीप सिकेर उक्त सीप नेपालमा लगानी गरी अन्य युवालाई रोजगारी सिर्जना गर्न क्रियाशील रहन अनुरोध गर्नुभयो ।

उक्त समाजका अध्यक्ष खोजराज कटुवालले देशलाई समृद्ध पार्नका लागि सरकारले कृषि क्षेत्रको लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल व्यावसायिक कृषक सङ्घको सचिव रवीन्द्र विष्टले विदेशमा कमाएको पैसा स्वदेशमा ल्याई उत्पादनशील व्यवसायमा लगानी गर्नुपर्ने बताउनुभयो । हाल काठमाडौँ उपत्यकामा मात्र विभिन्न क्षेत्रका गरी ५०० व्यावसायिक कृषक रहेका छन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…