Sansar News- Nepal's Fast Khabar Online News Portal

मैले लेखेको साहित्यले समाज रुपान्तरणमा टेवा पुगोस

संसार न्यूज़
३ वर्ष पहिले
मैले लेखेको साहित्यले समाज रुपान्तरणमा टेवा पुगोस

14141966_10157360753585057_7415833244397761461_n

नेपाली साहित्यमा विगत आधा दशक देखि कलम चलाउँदै आएका छन् डा. हरिकुमार श्रेष्ठले । यति छोटो समयमा उनले तीनवटा कृति प्रकाशित गरिसकेका छन् । कृषि विषयको विद्यार्थी साहित्यमा कसरी प्रवेश गरे ? साहित्य लेख्नुको मुख्य उदेश्य के हो ? यसै विषयमा संसारन्युज डटकमका लागि संगीता पनेरुले गरेको कुराकानीको अंश:

तपाईको व्यक्तिगत जीवनीको बारेमा छोटकरीमा बताईदिनुहुन्छ कि ?

मेरो जन्म पालुङ्टार नगरपालिका वडा नं. ४ गाईखुर, गोरखामा मिति २०१८ बैशाख २० गते बुबा श्री कोमलनारायण श्रेष्ठ र आमा श्रीमति लक्ष्मीकुमारी श्रेष्ठको कोखबाट भएको हो । मेरा पाँच दिदी बहिनी र एक भाइ छन् । गाउँमै श्रीमती लक्ष्मीमायाँ श्रेष्ठसँग बैवाहिक लगनगाँठो कसेको ३८ वर्ष लागिसक्यो । एक छोरी र तीन छोराहरु छन् । हाल छोरी तर्फ एक नाति र माहिला छोरो तर्फ एक नातिनी छन् ।
मैले एसएलसीसम्मको पढाई गाउँकै श्री लक्ष्मी माध्यमिक विद्यालयबाट गरेको हुुँ भने प्रमाणपत्र (कृषि) र स्नातक तह (कृषि बाली विज्ञान: बीउ प्रविधि तथा खेती प्रणाली) कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, चितवनबाट गरेको हुँ । स्कटल्याण्डको एवर्डिन विश्वविद्यालयबाट बीउ विज्ञान तथा प्रविधिमा स्नातकोत्तर तह र ताईवानको नेशनल ताईवान विश्वविद्यालयको बाली विज्ञान विभागबाट जिएमओ (बीउ, खाद्य तथा दाना) गुणस्तर नियन्त्रण तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरेको छु । नेपालमा यस विषयमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति पनि हुँ ।
कृषि मन्त्रालय तथा यस अन्तर्गतका कार्यालयहरुमा २२ वर्षे सेवा अवधि पूरा गरेर करिब ११ वर्ष अगाडि निबृत्त भएको हुँ । हालसम्म करिब ३० वर्ष बीउबिजन क्षेत्रमा बिताएको छु भने २ दर्जनभन्दा बढी गैरसरकारी तथा सहकारी क्षेत्रको महत्वपूर्ण पदमा संलग्नता भइसकेको छु । हालसम्म स्वेदेशमा करिब ५५ जिल्लाहरु र विदेशमा ११ देशहरुको भ्रमण गरिसकेको छु । विदेशको जागिर तिलाञ्जली दिएर स्वदेश फर्की निरन्तर देश र माटोलाई सम्मान गर्दै सहयोग गर्ने अठोट गरे तापनि वातावरण अनुकूल छैन । त्यसैले रहेछ धेरै प्रतिभाहरु विदेश पलायन भएका पनि ।
कति भयो गजल लेख्न थाल्नु भएको ?

२०६८ बैशाख ३१ गतेबाट शुरु गरेको हो । अहिले ६ वर्ष लाग्यो ।

साहित्यको अरु विधा पनि छ तर किन गजल नै रोज्नु भयो ?
हजुर, अरु विधा पनि छन् । मलाई कविता, नियात्रा र गजल मन पर्छ । गजलले सबै तह र तप्काका केटाकेटी, युवा तथा बृद्धालाई सजिलै आकर्षण गर्ने भएकोले यसको माध्यमबाट समाजमा भएका विक्रिति, कुरिति, अन्याय, अत्याचार, थिचोमिचो, भ्रष्टाचार, छुवाछुत, महिला तथा बाल हिँसा बिरुद्ध पाईला चाल्न प्रभावकारी हुनुको साथै समाजको आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृति, कृषि विकासमा सहयोग पुग्ने देखेकोले यसतिर पाईला चालेको हो । अर्को कुरा, मेरो नजरमा हालसम्म गजल क्षेत्रमा कुनै पनि विज्ञान तथा प्रविधि क्षेत्रका वैज्ञानिकहरुको कृति प्रकाशित भएको पाएको छैन । त्यसैले यस क्षेत्रका व्यक्तिहरुले पनि गजल साहित्यको अध्ययन, अनुसन्धान, विकास तथा विस्तारमा योगदान पु¥याउन सक्छन् भनी साहित्य क्षेत्रमा पहिचान गराउन पनि हो ।

p1370400-2

साहित्य लेखनमा कसरी लाग्नु भयो ?
स्कूल पढ्दा मलाई संस्कृत विषय निकै राम्रो र सजिलो लाग्दथ्यो । त्यसैले मेरो नेपाली भाषा पनि राम्रै थियो । माध्यमिक तहमा अध्ययन गर्दा नै मलाई पाठ्यपुस्तकका कविताहरु औधी मन पर्दथ्यो । छन्द ज्ञान राम्रै थियो । अनुष्टुप र शिखरिणी छन्द बढी मन पर्दथ्यो । शिखरिणी छन्दमा कविता कोर्न मजा लाग्दथ्यो । अहिले त कतिपय छन्दहरु बिर्सिसकेको छु, पुनर्ताजगी गराउनुछ ।

लोकगीत लेख्न र दोहोरी गाउन मजा लाग्दथ्यो । २०४०। ४१ सालतिरको कुरा हो मनाङ्मा जिल्ला विकास समितिले जिल्लास्तरीय लोेकदोहोरी गीत प्रतियोगिताको आयोजना गरेको थियो । मेरो नेतृत्वको टीमले द्वितीय स्थान हासिल गरेका थियौँ । यसको अलावा, म २०३९ सालदेखि नै केही वर्षसम्म मधुपर्कको वार्षिक ग्राहक पनि भएकोले साहित्यिक लेखहरु पढ्ने गर्दथेँ । यति हुँदा हुँदै पनि साहित्य लेखनमा खासै कलम चल्न सकेको थिएन ।

जब म सन् २००४ मा ताईवानमा विद्यावारिधि अध्ययन गर्न गएँ । त्यसपछि मेरा लागि साहित्य क्षेत्र उर्बर बन्दै गयो । देशको बिग्रँदो राजनीतिक तथा सामाजिक पक्षले तान्न थाल्यो र त्यसलाई कविताको माध्यमबाट आफ्नो धारणाहरु व्यक्त गर्न थालेँ । अनि नियात्रा र गजल लेखले पनि मन खिच्न थाल्यो । यसको श्रेय ऐक्यबद्धता मासिक, नेपाली पोष्ट, नेपाल प्लसलगायत केही अनलाईन पत्रिकालाई पनि जान्छ, किनकि, यसमा मेरा लेखहरु प्रकाशित भईरहन्थ्यो र हौसला बढ्दै गयो पनि ।

अर्को कुरा, विज्ञान तथा प्रविधि क्षेत्रका थोरै व्यक्तित्वहरु यस क्षेत्रतिर बिरलै लागेको पाएँ । अझ भन्ने हो भने गजल क्षेत्रमा लागेर कृति प्रकाशन गर्ने यस क्षेत्रका कुनै पनि व्यक्तिहरु पाईनँ । त्यसैले यस क्षेत्रमा प्राविधिक व्यक्तित्वहरुको पनि उपस्थितिको महसुस गरेकोले पनि साहित्य क्षेत्रतिरको लगाम बढ्यो ।p1370402-2

 

तपाईँका साहित्यिक प्रकाशनको अवस्था के छ नि ?
हालसम्म मैले सयौँ साहित्यिक लेखहरु लेखी विभिन्न पत्रपत्रिकामा छपाई सकेको छु भने किताबको रुपमा जम्मा ३ वटा मात्र प्रकाशित कृतिहरु छन् ।
ड्ड २०६८ साल कात्र्तिक महिनामा प्रकाशित मेरो पहिलो साहित्यिक कृति “फर्मोसाबाट नेपाली सुस्केरा” कवितासङ्ग्रह ताईवानको नेपाली साहित्यमा पहिलो साहित्यिक कृति हो ।
ड्ड २०७२ सालमा प्रकाशित “आँकुरा” गजलसङ्ग्रह मेरो पहिलो गजक कृति हो भने मेरो जानकारी अनुसार विज्ञान तथा प्रविधि क्षेत्रका सहित्यकारहरुमध्येको प्रकाशित पहिलो गजल प्रकाशन पनि हो ।
ड्ड २०७३ सालमा प्रकाशित “तरङ्ग” गजलसङ्ग्रह मेरो दोस्रो गजल कृति वा तेस्रो साहित्यिक कृति हो ।
ड्ड अन्य लेखनको क्रममा रहेका साहित्य कृतिहरुमा गजलसङ्ग्रह, कवितासङ्ग्रह र नियात्रा निबन्ध छन् ।

साहित्य के का लागि लेख्नु हुन्छ रु आत्मसन्तुष्टि वा व्यवसायिक दृष्टिले?
साहित्यलाई मैले व्यवसायिक रुप दिने सोँचमा छैन । मेरो साहित्य लेखनले समाज रुपान्तरणमा केही सहयोग पुगोस् भन्ने नै मुख्य उद्देश्य हो भने अर्को पक्ष आत्मसन्तुष्टि पनि हो । त्यसैले मेरा अधिकाँस लेखहरु यसैतिर केन्द्रित छन् ।

साहित्य नेपाली विषय पढ्नेहरुले मात्र लेख्छन् भन्ने छ तर तपाँइको त कृषि क्षेत्रको विद्यार्थी । के अरु विषय पढ्नेहरुले नी साहित्य लेख्न सक्छन् रु
वास्तवमा साहित्य नेपाली विषय पढ्नेहरुले मात्र लेख्छन् भन्ने कुरा त होइन, अरु विषय पढ्नेले पनि लेखेका छन् । सक्नेले कलम चलाउने हो । तर तुलनात्मक रुपले विज्ञान तथा प्रविधि क्षेत्रका नगण्य व्यक्तिहरुले मात्र नेपाली साहित्यमा कलम चलाएका छन् जस्तै स्वर्गीय दयानन्द बज्राचार्य, किसान गौतम (नियात्रा), डा. रबिन्द्र समिर (नियात्रा), डा. भोला रिजाल (गीति एल्बम), फणिन्द्र देवकोटा (नियात्रा) ।

साहित्य लेख्न कतिको गाह्रो छ ?
साहित्य लेखन कार्य त्यति सजिलो विषय हैन । अझ म त नेपाली विषय पढ्नेभन्दा नितान्त पृथक परिवेश र क्षेत्रको भएकोले यो कार्य झनै गाह्रो विषय हो । तर यसमा सहजता ल्याउन सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा निरन्तर अध्ययन, अनुसन्धान, मेहनत र आशावादी नै हो भन्ने लाग्छ मलाई । नयाँ नयाँ शब्दहरुको लागि नेपाली शव्दकोषहरु पनि नियमित अध्ययन गर्ने गर्दछु । यसले शव्द चयनमा सजिलो बनाईदिएको छ भने भाषामा मिठासपन दिन राम्रा राम्रा लेखकहरुको कृति पनि हेर्ने गर्दछु ।

तपाई कस्तो साहित्य लेख्न रुचाउनुहुन्छ ?
म कविता, लोकगीत, नियात्रा र गजल लेख्न बढी रुचाउँछु ।

अन्त्यमा के भन्नुहुन्छ ?
नेपाली भाषाको निरन्तर अध्ययन, अनुसन्धान र प्रचार प्रसारले मात्र नेपाली साहित्यको विकास हुन्छ । त्यसैले नेपाली साहित्य सुधारको लागि तलका बुँदाहरु कार्यान्वयन हुन नितान्त जरुरी छ ।
1. नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बृहद नेपाली शव्दकोशको पेज नं. ३०० मा उल्लेख भए अनुसार गजल उर्दू र फारसीमा लेखिने, नायिकाको सौन्दर्य र उसप्रतिको प्रेमको वर्णन हुनेजस्ता कुराहरु उल्लेख गरिएको छ । त्यसैले यो परिभाषाले हालको गजल विकासक्रमलाई समेट्न नसक्ने हुनाले यो क्षेत्रभन्दा बाहिरका कुराहरु जस्तै आर्थिक, सामाजिक तथा राजनैतिक रुपान्तरणका सम्पूर्ण पक्षहरुलाई पनि समेटिने गरी गजलको परिभाषा परिमार्जन गर्न अत्यन्त जरुरी छ ।
2. साहित्य क्षेत्रको नियमित अध्ययन, अनुसन्धान, विकास तथा विस्तार कार्य छायाँमा परेकोले यस क्षेत्रलाई पनि सरकारले विशेष ध्यान दिनु आवश्यक छ । यसको लागि साहित्यकर्मीहरु पनि विभिन्न गुट उपगुटमा विभाजन हुनुको सट्ठा संगठित रुपमा अगाडि बढ्न जरुरी छ ।
3 .नेपाली भाषा सुधारको नाममा नेपाली भाषा बिकृतितिर उन्मुख भएकोले नेपाली साहित्यमा यसले प्रत्येक्ष असर पार्ने हुनाले यसको पुनर्मूल्यांकन गरी बिकृति रोक्न आवश्यक निर्णय लिन जरुरी छ ।
4 .नेपाली साहित्य पनि चोरी हुँदै आएकोले यसको नियन्त्रण गर्ने र चोरीकर्ताबाट वास्तविक सर्जकलाई क्षतिपूर्ति दिने व्यवस्था हुन जरुरी छ ।
5 .कतिपय साहित्य बढी मात्रामा शहर केन्द्रित भएकोले तराई, पहाड र हिमाली क्षेत्रका कुना कन्दरा र ग्रामीण क्षेत्रमा पनि विस्तार हुन जरुरी छ । यसको लागि स्कूलदेखि नै विद्यार्थीहरुलाई साहित्यतर्फ उन्मुख गराउने कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
6. नेपाली भाषाको गुणस्तर बृद्धि गर्न मेरो विचारमा संस्कृत भाषाको पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले यसको पढाई हुन जरुरी छ ।
7. कतिपय अवस्थामा साहित्यकारले साहित्यकारलाई नै ठग्ने परिपाटिको विकास भएको छ । त्यसैले पहिचान भएसम्म त्यस्ता व्यक्तिहरुलाई साहित्यकारहरुले सामाजिक बहिष्कार गर्न सक्नुपर्दछ । हैन भने यसले पनि गुट उपगुट र बिकृति ल्याउन मद्दत गर्दछ ।
अन्तमा, सर्वप्रथम त म ऐक्यबद्धता मासिक परिवारले मलाई यो मौका दिनुभएकोमा आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछु । त्यस्तै गरेर, समय समयमा मेरा लेखहरु प्रकाशित गरी सहयोग गर्ने ऐक्यबद्धता मासिक, नेपाल प्लस, नेपाली पोष्ट, लुम्बिनी कपिलवस्तु दिवस व्लग, जनदिशा बोध, सीड बुलेटिनलगायत अन्य अनलाईन पत्रिकाहरुलाई पनि धन्यवाद ज्ञापन गर्दछु । मलाई हौसला बढाउन सहयोग गर्ने मेरा सपरिवारका साथै सम्पूर्ण व्यक्तित्वमा धन्यवाद ज्ञापन गर्दछु ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…