back

अमेरिकाको बोस्टन शहरमा सोनाम ल्होछार मनाइयो

वि.सं.२०७४ माघ १५ सोमवार

321 

shares
RBB AD
NTC AD

समय बदलिदै जाने क्रममा तामाङ् जातीहरुले मनाउने सोनाम ल्होछार पर्व गतवर्षको तुलनामा यस वर्ष अत्यन्तै राम्रो र सफलतापुर्वक सम्पन्न भएको छ । पछिल्लो समयमा संसारभरी रहेका तामाङ समुदायले आफ्नो मौलिक परम्परा र संकृतीको जर्गेना गर्ने उद्धेश्यले सोनाम ल्होछार धुमधामले मनाउने प्रचलन बढ्दै गएको छ ।

नाखी ल्हो (कुकुर वर्ष) सुरुवातको रुपमा तामाङ्हरुले नयाँ वर्षको स्वागत गर्दै भब्य तरिकाले मनाउने यो पर्व मानिक लामाको अध्यक्षतामा बोस्टन वरिपरि रहेका सम्पूर्ण तामाङ्हरुको सहभागितामा भव्यरुपमा सम्पन्न भएको छ ।
त्यस्तै यो वर्षको सोनाम ल्होछार माघ ४ गते हो या फाल्गुन ४ गते भन्ने कुरालाई ध्यानाकर्षण गराउँदै कार्यकमका उद्घोषक प्रेम तामाङ्ले हाम्रो रितिथिती र मान्यता अनुरुप माघ ४ गतेका दिन नै सोनाम ल्होछार मनाउनु पर्ने जानकारी दिएका थिए ।
त्यस्तै सांस्कृतिक कार्यकममा प्रबिण परियारको मिठो तथा मर्मस्पर्शी गीत संगीतमा बोस्टनको साँझ रंगिन भएको थियो ।
कार्यकम सफल बनाउनको निम्ति अतिथीहरुमा बोस्टन तामाङ् समाजका अध्यक्ष मानिक लामा, उत्तर अमेरिका तामाङ् समाजका अध्यक्ष लक्यान लामा, नेपालबाट आएका भएका मिग्मा लामा, नियोर्क तामाङ् समाजका पूर्वअध्यक्ष सुर्य पाख्रिन तामाङ्,लोक लामा गोले र कार्यकममा प्रबचन दिनु हुने लामा गुरुलाई अतिथी आसनमा स्वागत गरिएको थियो ।

वि.सं.२०७४ माघ १५ सोमवार १०:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...