back

दुई सभापतिलाई एउटै मन्चमा स्वागत र बधाई

वि.सं.२०७४ माघ १७ बुधवार

225 

shares
NTC AD
Global IME AD

ध्रुव भण्डारी, न्यूयोर्क
यहि जनवरी २८ आईतवारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले पूर्व माननीय एवम् नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति मदन आमात्यलाई स्वागत भेटघाट तथा छलफल कार्यक्रमसंगै पार्टी सभापति शेरबहादुर देउवाद्दारा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकोमा बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अथिति पूर्वमाननीय एवम् ललितपुर जिल्ला नेकाका सभापति मदन आमत्यले नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै जनसम्पर्क समितिहरूको लागि आनन्द बिष्टको मनोनीत एउटा गौरवको बिषय भएको बताए । राजनीति व्यवसाय होईन समाजसेवा भएको कुरा राख्दै प्रमुख अथिति अमात्यले काँग्रेसका कार्यकर्ताहरू दासी होईन स्वविवेक प्रयोग गर्न सक्ने सदस्य बनिदिन सबैलाई आग्रह गरेका थिए । चुनावी प्रकृयाबाट आएको नेतृत्वलाई सबैले विश्वास गर्नुपर्ने कुरा राख्दै, काँग्रेसमा केहि सुधारको आवश्यकता भएपनि संस्थागत निर्णय सबैले मानेर नै जानुपर्ने धारणा प्रमुख अथिति आमत्यले राखेका थिए ।

बिशेष अथिति पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले, पार्टी सभाति शेरबहादुर देउवाले आफुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेर संसारभरीका जनसम्पर्क समितिहरूलाई स्मरण गर्दै सम्मान गरेकोमा पार्टी सभापति प्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए । संगठनमा विमति राख्नुहुने सबैलाई अधिवेशन सम्पन्न गर्न सहयोगका लागि आह्वान गर्दै, संस्थाको विधि, विधान र लोकतान्त्रिक मूल्य र मान्यतालाई सबैले पालना गरिदिनहुन बिष्टले आग्रह गरेका थिए ।

विविध अफ्ठ्यारा र चुनौतिका बावजूद शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई बधाई तथा धन्यवाद व्यक्त गर्दै आफुलाई बधाई दिने सबैप्रति बिष्टले आभार प्रकट गरेका थिए ।

बिशेष अथिति न्यूयोर्कका नेपाली महावाणिज्यदूत मधु मरासिनी र अथिति नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसम्योजक कानूनविद खगेन्द्र जिसीले प्रवासमा बसेर पनि देश र आफ्नो पार्टीका निमित्त काम गरेको हुनाले आनन्द बिष्ट पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएकोमा खुशि व्यक्त गर्दै बधाई ज्ञापन गरेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले काँग्रेसले पटक पटक आफु हारेर भएपनि देश र जनतालाई जिताएको कुरा स्मरण गराएका थिए । निर्वाचनमा नराम्रो हार व्यहोरेको काँग्रेस पार्टीको जीवनमा विभिन्न कोणबाट निर्मम प्रहार हुन थालेकाले अप्रिय विवाद, असन्तुष्टी, मतभेदलाई भूलेर यो वेलामा सबै काँग्रेसीहरू एक ढिक्का भएर मजबूद र नवीन काँग्रेस बनाउँनमा लाग्नु पर्ने धारणा नेम्बाङले राखेका थिए ।

छुट्टै प्रशंगमा अब चाँडै जनसम्पर्क समिति अमेरिकाको च्याप्टर र केन्द्रको अधिवेशन हुने भएकोले सबै साथिहरूलाई एक ठाउँमा आएर जुटिदिन आग्रह गर्दै व्यक्तिलाई होईन संगठनलाई बडि माया गरिदिन हुन महासचिव नेम्बाङले सबैलाई अनुरोध गरेका थिए । पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा संगठनका सभापति मनोनीत भएकोमा नेम्बाङले बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।

अन्य शुभकामना दिनेहरूमा नेपाल बिध्यार्थी संघ केन्द्रीय कार्यसमितिका सहमहामन्त्री दीपेन्द्र राई, नेजस अमेरिकाका सल्लाहकार डा विनोद शाह, केन्द्रीय सदस्य सुवास लामा, तामांग सोसाइटी अमेरिकाका अध्यक्ष लक्यान लामा, प्रवासी नेपाली मंन्चका पूर्व अध्यक्ष संजय थापा, एनआरएन आईसिसि सदस्यद्दय बन्दना कोईराला र गोमा सेन, लंगआईल्याण्ड च्याप्टरका तर्फबाट शिव बाँनिया, प्रवासी नेपाली एकता समाज न्यूयोर्क च्याप्टरका महासचिव नवराज खड्का, नेबि संघ अमेरिकाका संयोजक महेन्द्र शाह, साहित्य समाज अमेरिकाका गिता खत्री, संन्चार कर्मी शैलेस श्रेष्ठ, रविन बज्रचार्य, बेगम पण्डित, सुरेन्द्र सापकोटा लगायत थिए ।

ज्याक्सन हाईट न्यूयोर्कको याक रेष्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रमको समापन गर्दै सभापति रोशन ढुंगनाले न्यूयोर्क च्याप्टरले सदैव “चेन अफ कमाण्ड” लाई मान्ने गरेकाले यो कार्यक्रमको आयोजना गरेको कुरा बताएका थिए । भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रमको संन्चालन च्याप्टरका उपसभापति अमर तामाङले गरेका थिए भने उपस्थितहरूलाई स्वागत मन्तव्य च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए ।

वि.सं.२०७४ माघ १७ बुधवार ०५:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...