Sansar News- Nepal's Fast Khabar Online News Portal

विदेश पठाउने नाममा विद्यार्थीलाई ठग्न पाइन्न

संसार न्यूज़
४ वर्ष पहिले
विदेश पठाउने नाममा विद्यार्थीलाई ठग्न पाइन्न

श्याम कुमार
प्रवन्ध निर्देशक
प्रज्ञा एजुकेशनल सर्भिसेज

सरकारले अहिले कन्सल्टेन्सीहरुलाई छानबीन गरिरहेको छ । विदेश पठाउने बहानामा विद्यार्थीहरुलाई ठगि गरेको भन्दै सरकारले कन्सल्टेन्सीहरुलाई छानबीन गरी अवैधानिक तरिकाबाट संचालन भएका त्यस्ता कन्सल्टेन्सीलाई कारबाहीको दायरामा ल्याएको छ । तर कतिपय कन्सल्टेन्सीहरु इक्यानमा दर्ता समेत भएका छैनन् । यसै विषयमा केन्द्रित रहेर संसार न्युज डटकमले प्रज्ञा एजुकेशनल सर्भिजेजका प्रवन्ध निर्देशक श्याम कुमारसँग गरिएको कुराकानीको अंश
सुरु गर्नुभएको कति भयो ? यो कन्सल्टेन्सी इक्यानमा दर्ता छ की छैन ?
यो प्रज्ञा एजुकेशनल सर्भिजेज २०६४ मा स्थापना भएको हो । यो कन्सल्टेक्सी इक्यानमा दर्ता छ ।

अहिले सम्म कति विद्यार्थीलाई बाहिर पठाउनु भयो ?
हामीले धेरै विद्यार्थीको भिषा लगाएर विदेश पठाइसकेका छौँ ।

कुन कुन देशमा विद्यार्थी पठाइरहनु भएको छ ?
हामीले अमेरिका, क्यानाडा, अष्ट्रेलिया र युरोपमा विद्यार्थीहरुलाईपठाइरहेका छौँ ।

अमेरिका, क्यानाडा, अष्ट्रेलिया बाहेक अन्य देशमा पनि पठाउने सोच बनाउनु भएको छ की ?
ति बाहेक पोल्याण्ड र चेक रिपव्लिकमा पठाइरहेका छौँ ।

यी देशमा पठाउन कति रकम लिने गर्नुभएको छ ?
हामीले सुरुमा केही सेवा शुल्क लिन्छौँ तर भिषा लागेपछि कलेज वा युनिभर्सिटीको ट्युसन फि तिर्नपर्छ । हामीलाई अन्य शुल्क तिर्नु पर्दैन ।
विद्यार्थीले तपाईको कन्सल्टेन्सी नै छनौट किन गर्ने ?
विद्यार्थीहरुले हाम्रो कन्सल्टेन्सी छनौट गर्ने कारण हामी यो पेशामा
धेरै लामो समयदेखि छौँ । सबै काउन्सेलर योग्य र अनुभवी छन् । हाम्रो कम्पनी नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्था हो । हामी धेरै देशको कलेज र युनिभर्सिटीको आधिकारीक प्रतिनिधि भएर काम गरिरहेका छौँ । हामी विद्यार्थीहरुलाई आर्थिक भार नपर्ने किसिमले सेवा दिन्छौँ । हामी क्वालिटी सर्भिसमा विश्वास गर्छौ ।

तपाईहरुकहाँ सल्लाह गर्न आउने विद्यार्थीलाई कस्तो विद्यालय छान्न सल्लाह दिनुहुन्छ ?
छात्रवृत्ति र क्वालिटी एजुकेशन प्रदान गर्ने स्कसल छान्न सल्लाह दिन्छौँ । ताकी उहाँहरुलाई फि तिर्न र राम्रो शिक्षा लिन सजिलो होस ।
तपाईकहाँ पूर्व तयारी कक्षा पनि आफैले सञ्चालन गर्नुभएको छ कि ?
हो, हामीसँग पुर्व तयारी कक्षा संचालनमा छ । शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर संचालन गरिरहेका छौँ ।

धेरै जसो कन्सल्टेन्सीहरु दर्ता नभै सञ्चालन भएका नक्कली कागजात बनाएर विद्यार्थीको लाखौँ रकम ठगि गरेको भन्दै प्रहरीले छापा मारिरहेको छ नि तपाई यसबारेमा के भन्नु हुन्छ ?
धेरै जसो कन्सल्टेन्सीहरु दर्ता नभै सञ्चालन भएका नक्कली कागजात बनाएर विद्यार्थीको लाखौँ रुपैया रकम ठगि गरिरहेको भन्दै प्रहरीले छापा मारेको कुरा सही हो । धेरैजसो कन्सल्टेन्सीहरु विना दर्ता संचालनमा छ र गलत ढंगले काम गरेको पाइन्छ । त्यस्तो कन्सल्टेन्सी व्यवसायीहरुलाई सरकारले कारवाही गर्नुपर्छ ।
उनीहरुको कम्पनी तरुन्त खारेज हुनुपर्छ । विदेश पठाउने नाममा विद्यार्थीलाई ठग्न पाइन्न ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…