Sansar News- Nepal's Fast Khabar Online News Portal

क्यानडामा पण्डितले पाए २५ हजार डलर

संसार न्यूज़
३ वर्ष पहिले
क्यानडामा पण्डितले पाए २५ हजार डलर

पिताम्बर भट्टराई, टोरोन्टो । सन् २००५ देखि क्यानडामा बसोबास गर्दै आएका पण्डित गोविन्द पौड्यालले लाइफ इन्स्युरेन्सबाट २५ हजार क्यानेडियन डलर पाएका छन् । ब्राम्पटन तथा मिसिसागाका विभिन्न मठ मन्दिरमा पुजारीको रुपमा काम गदै आएका पौड्ललाई गत शनिवार एक कार्यक्रमबीच इभारी इन्स्युरेन्सका प्रतिनिधि राजीव शर्मा तथा इन्स्युरेन्स एड्वाइजर मन्जु तिम्सिनाले सो रकम हस्तान्तरण गरेका थिए । पण्डित पौड्यालले २०१५ मा वल्र्ड फाइनान्सीयल गुपको (WFG) इभारीसंग लाइफ तथा क्रिटिकल इन्स्युरेन्स गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, एनआरएनए आइसीसी प्रतिनिधि प्रमिला बस्नेत, एनसीएनसीका अध्यक्ष डिआर खनाल, जनजाति संघ क्यानडाका अध्यक्ष गिरी बुढाथोकि लगायतको उपस्थिति रहेको थियो । चितवनमा जन्मिएका करिव ५१ वर्षिय पौड्यालले क्रिटिकल इलनेश इन्स्युरेन्स अन्र्तगत सो रकम पाएका हुन । ब्रेन ट्युमरबाट ग्रसित पण्डितले विमा गरे वापत इन्स्युरेन्सले उक्त रकम सुविधा स्वरुप उपलब्ध गराएको इन्स्युरेन्स एडवाइजर मन्जु तिम्सिनाले सो कार्यक्रममा बताएकी हुन । मन्जु विगत ६ वर्षदेखि लाईफ, क्रिटिकल, सुपर भिषा, मेडिकल, भिजिटर, आर इ सपी, आर आर एस पी र अटो इन्स्युरेन्स लगायत विभिन्न सेवा प्रदान गर्न अनुभवि हुन् । क्यानडा, अमेरीका जस्ता देशमा विभिन्नखाले इन्स्युरेन्स गराउने बढि प्रचलन छ ।
सो अवसरमा पण्डित पौड्यालले मन्जुबाट ठूलो सहयोग पाएकोमा कृतज्ञता व्यक्त गर्दै केहि व्यक्तिबाट आफू ठगिएको अनुभव पनि सुनाएका थिए ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…