Sansar News- Nepal's Fast Khabar Online News Portal

छाँया..

संसार न्यूज़
४ वर्ष पहिले
छाँया..

उ कुनै हिचकिचावत र अनुमति बिना मेरो कोठामा पस्ने भएकी छे । पहिले देख्दा पनि मुखमा लाजले कपडा हालेर भाग्ने गर्दथी । आफ्नै आफन्त साथीको लयलयमा पहाडबाट पोखरा झरेकी छाँया समयको बदलिदो हावामा उडिरहेकी छे । बैसको उन्माद र बेचैनिहरुलाई क्षणिक आनन्दमा बेहोस् बनाई हातबाट झरेको लक्ष्मीलाई अथाह सम्पति मानि सुनौलो भबिस्यको कल्पना गर्ने ति छाँया आज सृङगारमा सजिएर हिडछे । चलिरहेका हावामा वास्ना छर्दै भमराहरु लोभ्याउछन, पछि लाग्न थाल्छन अनि डौदिरहन्छ हरेक दिन त्यहि हावामा बहेली खेल्दै । हरेक मानिसलाई जीवनको सार्थक अर्थ खोज्नको लागि पैसा कमाई सुखी जीवन बिताउने सपना पुरा गर्नको लागि त्यही पैसाको पछि हरेक दौडिरहेका छन् त्यही दौडमा पहिलो हुने सपनामा भाग लिएकी छे छाँया पनि । यही कालो धनको प्राप्ती र तृप्तीमा जीवन हराइरको छ छाँयाको पनि । साधारण कुर्थामा आएकी छाँया अहिले कसिएका कपडा तथा आधा ज्यान पनि नढाक्ने कपडा लगाएर हिडछे । ओठमा चुहिएला झै गाढा रातो लाली र झिमझिम परेका परेलीमा गाजल झुलेका हुन्छन् । आँखिभौ पनि बेला बेलामा पातलो बनाई रहन्छे । मेरो कोठाको सिधै अघि भएको कारण उसको हरेक क्रियाकलाप म सहजै देख्ने गरेको छु । छाँयाले भनेकी थिइ, उ पहाडको एक गरिव परिवारमा जन्मेकी केटी हो, कक्षा सात आठमा पढदा पढदै साथीले शहरमा पैसा सजिलै कमाइन्छ भने पछि पोखरा झरेकी थिई । बिहान बेलुका चिसो सिरेटोमा काम गर्दै स्कुल पढनु भन्दा सजिलै पैसा कमाइन्छ भने राम्रै हुने भयो भनेर हिडेकी थिई रे ।
पेषाले म विश्वबिद्यालयको प्रध्यापक हु, म यही ठाँउमा बसेको पनि लामो समय भयो । डिग्री सकिने बित्तिकै अध्यापनमा लागेर पनि घरजम अझै पनि भएको छैन । बिहान र दिनमा कलेज तथा एघार बाह्रमा र बेलुका टयूशन् पढाएरै समय बित्ने गर्दछ । कोठामा पुगे पछि खाना बनाएर खानु, भोलिको लागि तयार गर्नु तथा बचेको समयमा उपन्यासहरु पढने पनि बानि छ । बेला बखत छाँया आएर उसका जीवनका राम्रा तरेलीहरुको बयान गर्छे म पनि त्यही कुरा सुनेर रमाउने गर्दछु । पहिले पहिले मलाई थाहा थिएन के गर्छे भनेर । हरेक बिहान अबेर सम्म सुतेकी हुन्थी, जव उत्ठी त्यस पछि झन्डै घण्टौ खर्चेर अनुहारमा सृङ्गार दल्ने र मिलाउने गर्दर्थी । दिन दिनै बिभिन्न किसिमका कपडा लगाएर ऐनामा अगाडी हेर्दै मिलाउदै गर्थी । कहिले निधारमा पुच्छन बाँकि भएका क्रिमलाई मेत्थी त कहिले बिग्रिएका गाजल तथा लालीलाई ओठ लेव्¥याउदै मिलाउथी । दिन दिनै भिन्न भिन्न किसिमका बास्ना शरिर भरि छर्केर मगमग बसाउदै निक्लन्थी बाहिर । उसलाई उसको मालिकले लगाउनको लागि सबै ल्याइदिन्थ्यो रे, सबै लगाउने समानको पैसा उसैको तलवबाट कात्थ्यो रे यसै भनेकी थिई मलाई एक दिन । म झन्डै एघार बाह्र बजे सम्म पुस्तकमै रमाएको हुन्थे त्यही बेला उ कोठामा आउने गर्दथी र मलाई एक पटक ढोकाबाट सर खाना खानु भो भनेर सोधेर मात्र भित्र आफ्नो कोठाम पस्ने गर्दथी । कुनै बेला उ बाहिर बस्ने गर्दथ्यो केहि दिन भेत भनि हुदैनथ्यो त्यही बेला मलाई पनि नियास्रो लाग्ने गर्दथ्यो । म पर्खिरहन्थे अव आउने बेला भो भन्डै बाहिर तिर, अनि बरन्दा अनि आउने बाटोहरुमा नियाल्ने गर्दथे ।
अहिले झन्डै एघार बजेको छ,म काल र्माक्स्को जीवनी तथा शिद्धान्त अध्ययन गर्दै छु । हुने र नहुने बिचको संघर्ष तथा समाज परिबर्तनको लागि क्रान्तीको आवश्यत्ता भएको कुरा राम्ररी पुन स्मरण गरे । यि बिषय मास्टर पढ्ने बेलामा पनि धेरै अध्ययन गरेको थिए । एक्कासि ढोकामा सर भनेको आवाजले झस्किए अनि कितावबाट आँखालाई ढोकातिर तेस्र्याए । हातमा प्लास्टिकमा केहि कुरा समातेर निकै हसिलो मुद्रामा उभिएकी थिई छाँया । छाँया भित्रै आउ न भने । कुर्चि मिलाएर बसे छाँया पनि नजिकैको मुडामा बसेर आफूले हातमा लिएको स्याउ म तिर तेस्र्याउदै सर यो स्याउ लिनोस् भनि । म भो पर्दैन भने तर अलि दबाब दिदै मेरो हातमा थम्याइ । मैले सफा गरेर काट्न लगाए । दुबै जना स्याउका साना टुक्रा खान लाग्यौँ । छाँयाले मलाई भन्दै थिई “ग्राहकले घरमा लानको लागि लिएको थियो मलाई छोडेर गयो ।” मैले भने “अनि भैगो भन्नु पर्दैन ?” “भनकी थिए, तर दियो ठिकै छ भनेर लिए, दियो र त खान पाईयो हैन र सर ?” यति भन्दै हाँसी, ओठमा चुहिएला झै रहेको लाली अहिले उडिसकेको थियो तर लाली पुछिएला भनेर मुख बगाँएरै भएर पनि हाँसि । म पनि अँ खान पाइयो ठिकै भो भने । उ छाती भित्र औला हालेर कोत्याउदै भनि “आजको मान्छे क्या झुर रहेछ मलाई घाटा पार्न लागेको थियो म पनि के कम उसैलाई फसाइदिए ।” म पनि छाँया तिर हेर्दै सोधे “कसरी छाँया ?” “एक जना हो भनेर साहुलाई भनेको रहेछ भित्र जाँडा दूई जना बसेका, उनिहरुलाई पनि थप पैसा मागे र साहुलाई पनि दूईजना हो भन्दिए बल्ल दोहोरो पैसामा प¥यो मोराहरु, हेर्दा त बाबु जस्ता थिए तर यो गर रे, उ गर रे मत रिसाई दिए ।” म थाहा नभएको जस्तै गरेर सोधे “ ए साँच्चि छाँया तिमी के काम गर्छौ हँ ?”
“सर पनि थाहा नपाए झै गर्नु हुन्छ ।”
“हैन थाहा छैन मलाई, थाहा भएको भए मैले कहाँ सोध्थे र ?”
“पल्लो गल्लीको घुम्तीमा छ नि मिलन होटल हो त्यहीमा काम गर्छु । ग्राहकहरु सँग खाना पु¥याउने तथा उनीहरुको इच्छा अनुसार खाइदिने खुवाइदिने यस्तै हो सर ।”
“तिमी पनि हल्का पिउछौ कि कसो ? ”
“अँ पिउछु अलि अलि, जति पिउन सक्यो उति कमिसान आउछ, त्यसैले पियो बाथरुममा गयो मुखमा औला हालेर फाल्यो । खाए पछि त्यही त हो उनको काखमा लडिबुडि ग¥यो उनिहरुका भएको पैसा जति चिलिम । मोराहरु केटी काखमा राखेर बस्न पाए पैसा गएको चालै पाउदैनन् । घरमा श्रीमतीहरु आफ्ना श्रीमानलाई कति खाना कुरेर बसेका छन होला तर श्रीमानहरु बारमा केटीहरु काखमा लिएर जाँड रक्सीमा रमाइरहेका हुन्छन । ”
“त्यो त हो है । अनि कति कति जना छौ नि त्यहाँ काम गर्ने केटीहरु ? ”
“दश एघार जना छौ सर । राम्रो अनुहार भएकालाई मात्र काम गर्ने अवसर दिन्छ साहु मोरोले । ग्राहकलाई सन्तुस्त बनाउन सक्नुपर्छ नत्र ग्राहक कचकच ग¥यो भने त साहुले टिप्स दिदैन नि फेरि । एक दिन सर्मिलाले ग्राहकले भनेको मानेनछ उसलाई भित्र बोलाएर कुट्न सम्म कुट्यो मोराले । धेरै दिन सम्म निलो दाम देखाउने गर्थि मलाई ।”
“तिमी कुटाई खाएकी छैनौ ?”
“छैन नि सर अहिले सम्म ग्राहकलाई सन्तुस्त बनाउन सकेकी छु । बेला बेलामा गालि त गर्छ तर कुटाई अहिले सम्म खानु परेको छैन । घरमा श्रीमती नभएको बेलामा त साहु मोरा पनि पछि लाग्छ त्यति बेला त एक जना उसकै काखमा बसिदिनु पर्छ । मान्छे बुढो भए पनि जोसिलो छ बुढा । हा .हा हा…”
“जो पायो त्यही सँग त्यसरी बस्दा लाज लाग्ने हुदैन तिमीलाई ? ”
“सुरु सुरुमा त खुव लाज लाग्थ्यो, लाज मान्यो भनेर साहुले भाँडा सम्म मजाउथ्यो तर अहिले त्यस्तो हुदैन । साहुले भने बमोजिम ग्राहक सामु प्रस्तुत हुनु उनिहरुलाई मख्ख बनाएर पैसा जम्मा गर्नु त्यहि त हो । के धेरै गारो हुन्छ र सार । ”
मेरा धेरै प्रश्नहरुले उसलाई उत्तर दिन अप्थ्यारो भएछ क्यार ल सर सुत्नुहोस् है भन्दै त्यहाँबाट बाहिर निस्किई । रातको चिसोको कारण बाहिरका साना आवाज पनि सजिलै सुनिन्थ्यो । गीत गुनगुनाउदै चावि खोल्यो अनि भित्र पस्यो । मेरो मनमा छाँया प्रति अनेकन कुराहरु छचल्किन थाले । भर्खर बिद्यालयमा अध्ययन गर्ने उमेरको केटी साथीको लयलयमा लागेर आज साहुको अर्डरमा काम गरेकी छे । यही उमेरका यो शहरका केटिहरुलाई सबै बुबाआमाले सघाउनु पर्छ तर उ आफू बाँचेर पनि अरुलाई बचाएकी छे । घरमा पैसा महिना महिना मा पठाउँछे रे । कोहिबेला एक्लै आउँछे, कोहि बेला साथीहरु सँग पनि आउछे । साथीहरुसँग आउने बेलामा रात भरि ग्राहक सँगका सबै कुराकानी गरेर रात बिताउछन । कोहिबेला रातभरि रक्सि पिएर बस्छन । त्यति बेला बाथरुम जाँदापनि बमित होला जस्तै हुन्छ आफूलाई ।
आज दूई तिन दिन भएको हुदा पनि कोठमा आएकी छैन छाँया । बेला बखत बोलेर मेरा एकतालाई रमाइलो बानइदिन्थ्यो । उ सँगका रमाइलो गरेर कुराकानी गर्दा सबै बिर्सन्थे म पनि । पहिले एक्लै बस्ने उ आज भोलि प्राय दिन दिनै कोहि न कोहि केटाहरु लिएर आउछ । कोहिबेला भाई भन्छे, दाई भन्छे, मामा भतिजा यस्तै नाता जोडछे । अनि रातभरी कुराकानी गरेका चलेका आवास सबै मेरा कानमा प्रतिध्वनी हुन्छन । बिहान उठेर मलाई शरिरमा टोकेर बनेका छाप देखाउदै भन्छे “सर हेर्नुहोस न यो आज तिन हजारको छाप । म हाँस्दै भन्छु “छाँया तिमीलाई यस्तो भन्दा लाज लाग्दैन ?” उ स्वभाबिक बन्दै भन्छे “लाग्दैन सर म तपाई जस्ता सयौ ग्राहक सँग दिन दिनै बोल्नु पर्छ । उनिहरुको इच्छाअनुसार काम गर्नु पर्छ । कोहि बेला बाहिर बिभिन्न ठाँउमा उनिहरु सँगै घुम्नु पर्छ । अनि के को लागि नि सर ?” होर ? भन्दै हाँसे । यही मौका पारी उसलाई सोधे “ त्यसो भए तिमी त्यो छापहरुको कति कति सम्म मूल्य पर्छ नि ?” “सर यो मौका अनुसार हुन्छ कोही बेला हजार पन्धसय देखि चार पाँच हजार सम्म हुन्छ । कोही बेला इदियनहरु प¥यो भने त एक रातमै पच्चिस तिस हजार सम्म हुन्छ, तर उनिहरुले जे भन्यो त्यही मान्नु पर्छ । नेपाली केटी भने हुरुक्क हुन्छन मोराहरु ।” यही मौका पारेर सोधे “एक महिनामा कति कमाउछौ छाँया तिमीले ?” “त्यति धेरै त होइन सर घरमा एक लाख सम्म पठाएछु । खाने लाउने , सृङगार मै जान्छ आदि पैसा त । यो लगा त्यो लगा भन्दै साहुले कपाडा तथा कस्मेटिक लिन्छ त्यो लगाउनै प¥यो । माठो छ साहु पनि बजारको मुल्य भन्दा बढि लिन्छ हामीबाट सबै समानको पैसा । के गर्नु उसैको कर्मचारी भएपछि सबै कुरा मान्नु पर्न । ” “राम्रो कमाई रहेछ नि तिम्रो । बिदेश गएकाले पनि यति कमाउन सकेका छैनन् हैन र ?”“पैसा त राम्रै छ तर समाजमा हामीलाई राम्रो नजरले हर्दैनन् सर ।” “ल ल बाँकि पछि कुरा गरौला मलाई पनि कलेज जाने बेला भैसक्यो ।” “ हुन्छ सर, हामी यही बस्दा सम्म यस्ता सबै कुरा गर्छाै ।” यति भन्दै म भित्र पसेर खाना बनाउन लागे । छाँया पनि कोठामा पसेर गीत गुनगुनउदै सृङगारमा जुत्न थालि ।
भोलि शनिबार भएको कारणले मलाई यो बेलुका त्यति तयारी गर्नु पर्दैनथ्यो । खान पकाएर पारिजातका कबिताहरु कथाहरु पढन थाले । हरेका जिवनका अनेकन अनुभुति साहित्यका लागि राम्रो एक मेरुदण्ड बन्ने गर्दा रहेछन । साहित्य र यो छाँया बिचको सम्बन्धलाई केलाएर हेर्छु । उसका हरेक जीवनका क्रियाकलाप उपन्यासमा रचना गरेको पात्र जस्तै लाग्छ मलाई । हरेक समय रक्सीको नसामा लठिएर जवान युकका काममा खेलौना भएर बाँचिरहेकी छे । पैसा राम्रो कमाई छ समाजमा हामीलाई राम्रो नजरले हेर्दैनन भनेर उ आफू पनि महशुस गरेकि छे । तर पनि हरेक बिहान भए पछि तयार हुन्छे त्यही कामको लागि । त्यही नारी अस्तित्व लुत्नको लागि बनाईएको त्यो घर छाँयाको लागि पबित्र मन्दिर भएको छ । किनकी उसले त्यही कमाएको पैसाले उ आफू खुसी भएकी छे साथै परिवारका लालन पालन गर्न सक्ने सक्षम भएकी छे । बिचरी पढने बेलामा यसरी काम गर्नु परेको छ । यो उसको रहर होइन यसको बाध्यता हो । यदी उसको परिवार सम्पन्न्, शिक्षित हुन्थ्यो भने यसरी दिन दिनै दुनियको ओच्छ्यान भएर बिताउनु पर्दैन थियो हो । हुनत म बिश्वबिद्यालयको प्रध्यापक मान सम्मान मात्र पाएको छु तर छाँयाले जतिकै पैसा कमाउन सकेको छैन । पैसाको लागि मैले पनि समय जति खर्चेको छु त्यही समयमा उसले मैले भन्दा दूइ गुणा धेरै कमाउछे । यस्तो देख्दा त बिरत्तिएर आउँछ । पढेको र नपढेको भिन्नता के ? शिक्षित भनाउदा मात्रा भएर बस्नु यस्तै छ हाम्रो देशका स्थिति । म बिस्तारामा यस्तै भावनामा दुबिरहेको थिए ,एक्कासि ढोका खुल्यो । छाँया आज अलि नसामा लठिडै भित्र पसि । म पनि बिभ्छ्यौनाबाट बाहिर आए । ढोको छेउमै रहेको मुडालिएर बिस्तरा नजिक आएर मेरो अनुहार हेरेर मुसुमुसु हाँस्छे । म पनि कितावलाई ¥याका राख्छु । उसले हँसिलो अनुहारमा मलाई सोध्छे “सर खाना खानु भो ?” “म खाए तिमी नि ”
“ म पनि खाए सर । ”
“आज हल्का लिएर आए जस्तो छनी ? ”
“म सधै जसो लिन्छु सर तर आज अलि धेरै भयो ।“
“अनि बिशेष मौका मिल्यो कि कसो ?”
“सदै त मिल्छ नि तर आज अलि बढि नै लिए थिकै छ । बेला बेलामा यस्तरी नलिए कस्तरी लिनु । थिकै छ नि आफ्नो कोठाम पनि कोही छैन त्यही भएर लिएरको को छु ।”
“पहिले घरमा पनि पिउथ्यौ की यहाँ आएर पिउन थालेका तिमीले छाँया ?”
“पहिले त म केहि पिउदैन थिए । सुरुमा ग्राहको छेउमा जाँदा पनि रक्सी को गन्धले वाक्क वाक्क हुन्थ्यो तर हरेक दिन तिनै गन्ध सँग खेल्न थाले पछि बल्ल सबै पच्यो । ”
“ यसरी पहिलो पहिलो दिनमा ग्राहक सँग बस्दा तिमीलाई अप्थ्यारो लागेन ?”
“लाग्थ्यो नि सर तर के गर्नु, यस्तै काम गर्न साथीको लहलहमा लागेर आइयो गर्नै पर्ने भयो । म शहर आँउदा एघार बर्षकी थिए त्यती बेला सानी हुदा पनि मेरा शरिर राम्ररी बढ्नै क्रममा थियो । त्यति बेला साहुले कुनै बेला भाँँदा माज्न लगाउथ्यो कुनै बेला ग्राहक सँग नजिक बस्न लगाउथ्यो । म डरले थुरथुर काप्दा कतिले त मेरो अनुहारमा हेरर फर्कन्थ्य कतिले मलाई काखमा लिएर दुख दिन्थे । म फुत्केर भाग्न खोज्थे तर ति सिकारी बाजको अगाडी मेरो केहि लाग्दैन थियो । मेरा ओठ गाला जता ततै टोकेर दामै दाम बनाइदिन्थे । म कुनै बेला रुन्थे कुनै बेला चिच्याउथे । म चिच्याए वा रोएर भए पनि उनिहरुबाट फुस्कने मौका पाउथे । यस्तै थियो मेरा दिनहरु तर आज जस्ता जवान आए पनि कुनै पभाव छैन, पूर्ण सन्तुस्त बनाएर पठाउछु ।”
“ हो है ? अनि पहिले पहिले खुबै गारो भयो होला है ”
“भयो नि सर, झनै पुरुष सँगको पहिलो रातमा म बहोस भएको थिए । इन्दियन रैछ साहुले नयाँ केटी भनेर मोटो पैसा लिएको रहेछ । रात कात्न पर्ने भयो सुरुमानै डर लागेको थियो तर। चिच्यायो भने रोयो भने छोडला भनेको कहाँ छोडोस मोरा । मलाई फुत्कन नसक्ने गरेर समायो अनि मेरो बालपनको मौका उठाएर मेरा कुमारीत्वलाई चुदाइदियो । त्यति बेला म मुर्छा परेको थिए म बिउझदाँ त साहु साथीहरु पानीले मेरो निधार भिजाउदै हावा हम्किरहेका थिए । बिउझदा त मेरो बसै भाग चक्कुले हानेर छियछिया परे जस्तै भएको थियो । डाक्टरको औषधि र खुराक खाए पछि बल्ल यत्तिको भएकी म । नत्र धन्नै ज्यानै गएन सर ।”
“बिचरी , अनी तिमीलाई न्यतिबेला घरमा भागेर जान मन लागेको थिएन ?”
“लागेको थियो नि सर तर के गर्नु सबै साथीहरुले पहिले पहिले हामीहरुलाई पनि यस्तै भएको हो । बिस्तारै ठिक हुन्छ । पहिलो पहिलो पटक सबै नारीहरु यस्तै भोग्नु पर्छ भनेका थिए । हुनत साथीहरुले मलाई त्यहाँ लिए बापत कमिसन लिएका थिए होलान । कलिला केटिहरु भएपछि बजारका होटलहरु खुव चल्छन तपाइलाई थाहा छ कि छैन ?” म हाँस्दै भने “त्यस्ता केही थाहा छैन छाँया मलाई ।”
“हामीसँग आउने मान्छे तपाई जस्तै पढेका मान्छे ,साहूहरु , धेरै मान्छेहरु पनि त आउछन नि । तिमीहरुलाई त सबै थाहा छ त हजुरलाई पनि त थाहा छ होला ढात्नुहुन्छ सरले ।”
“त्यस्तो नसोच छाँया मलाई । त्यस्तो काम गर्न मलाई नैतिकताले दिँदैन । ”
“अलि हाँस्दे भन्छे “म सँग भन्दा नैतिकताले दिदैन तर कुन होटलको रेगुलर ग्राहक हुनहुन्छ होला नि ?हैन सर ।”
म हाँस्दै भने “ तिमीले मलाई यस्तै सोच्यौ भने पाप लाग्छ ।”
“सर पनि हसाउनु हुन्छ । यो पाप धर्मको कुरा होइन नि सर यो त गास बाँस कपास जस्तै अति आवश्यक चिज हो । त्यस्तो इच्छा लाग्छ भने मिलाई दिन्छु पैसा लाग्दैन सर चिन्ता नमान्नु ।”
“म हाँस्दै भने छाँया मलाई त्यस्तो मन पर्दैन्”
“सरको कुरा पनि , कोही तपाईका काखमा तेर्साे पर्न आयो भने बल्ल थाहा हुन्छ मन पर्छ कि पर्दैन भन्ने कुरा ।”
“भो यस्ता कुरा छोड अरु कुरा गर ।”
“साच्चै हो सर । बरु तपाईहरुको साथीहरु कोही छ भने र खोजे भने सम्पर्क गराइदिनु त बरु आम्दानी बराबर बाँडुला हुदैन ?”
“भो छाँया आजलाई यत्तिनै भयो बाँकी कुरा पछि गरौला हुदैन ?”
“सरलाई निद्रा लागे जस्तो छ । सुभरात्रि ।” यति भन्दै छाँया मेरो कोठा बाहिर निस्क्यो । मलाई यति सानो केटीको कुरा सुनेर दङगा परे । उसले आफूलाई के बनाइरहेको छु थाहा छैन आखिर पैसाको नाममा ज्यान बेचिरहेको छ । त्यही साहुको अर्डरमा नाचिरहो हाँसिरको छ,तृप्ततामा आफूलाई दुवाइरहेकी छे । त्यही लागी उसको जीउने आधार बनाएकी छे । आफूबाँचेकी छे त्यही कामले परिवार पालेकी छे निरन्तर निरन्तर ।।

[email protected]

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ४ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…