Sansar News- Nepal's Fast Khabar Online News Portal

द्रव्यपिशाचहरूलाई

संसार न्यूज़
२ वर्ष पहिले
द्रव्यपिशाचहरूलाई

पैसै दाल र भात होस् तिहुन होस् तेरो त खाना पनि
पैसै दूध चिया कफी अझ तँ पी पानी यही हो भनी ।
पैसा खा तँ चपा पचा रगतमा पैसा बगा सर्वदा
तेरो जीवनमा रहेछ असली पैसै ठुलो सम्पदा ।१।

पैसाकै खटिया बना र त्यसमा पैसै बिछ्यौना बना
भारी नोट नयाँ खिपी सिरक वा ब्ल्यांकेट ओढ्ने बना ।
पैसाकै तकिया बना अनि तँ सुत् त्यस्मै अड्याई शिर
तेरो जीवनमा रहेछ असली पैसै ठुलो आखिर ।२।

आमा बाबु र दाजुभाइ तँ बना पैसै थुपारीकन
पैसैले तँ बना दिदी र बहिनी सच्चा हितैषी जन ।
जोई पोइ कुटुम्ब मित्र तँ बना पैसै लगानी गरी
तेरो जीवनमा रहेछ असली पैसै पियारो हरि ।३।

पैसाकै गठरी बना अनि त्यसैलाई अँगालीकन
हे मायालु भनेर चुम्बन गरी तेरो रमाओस् मन ।
पैसाको गठरीसितै मिलिजुली मायाँ गरी बेसरी
छोरो पा तँ त्यसैगरी कि त बना छोरीहरू सुन्दरी ।४।

पैसाको पिरती लगा हृदयमा पैसै जडी मस्तले
पैसा बाँच् तँ जुनीजुनी अमर भै आनन्द आनन्दले  ।
पैसै मात्र रहेछ जीवन अहो तेरो त हे ईश्वर
तेरो यो महिमा म सानु कविले लेखेर के सक्छु र ?।५।

इति

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…