Sansar News- Nepal's Fast Khabar Online News Portal

आत्महत्याको इन्कार गरौं

संसार न्यूज़
२ वर्ष पहिले
आत्महत्याको इन्कार गरौं

यो मानव जीवन केका लागि ?
वास्तवमा जीवन कसकालागि ?
मानव जीवन नै किन त ?
सोचिरहन्छु सधैभरि

जीवन नपाएर हुरूक्क हुनेहरूले पिरोल्छन एकातिर
निसन्तान भएर बाँजो हुनेहरूलार्इ कति पीडा होला ?
जीवन पाएर असामयिक मर्नेहरूले दुखाउँछन एकातिर
जानाजान जीवन मास्नेहरूले कति पीडा दिएका होलान ?
तिनका सन्तानलार्इ कति पीडा होलान ?
तिनको समाजमा कति पीडा होलान ?

कति घामहरू बिलाएरमात्र यो जिन्दगी बन्छ
कति उज्यालोहरू केलाएरमात्र यो जिन्दगी भेटिन्छ
कति अध्यारोहरू पन्छाएरमात्र यो जिन्दगी देखिन्छ
कति फूलहरू ओइलिएर झरेपछिमात्र यो जिन्दगी पाइन्छ

यति बहुमूल्य जीवन
खेर फाल्नु पाप हो
आत्महत्या पनि एउटा ठूलो अपराध हो
आफैं मर्नु कहिल्यै समस्याको निकास होइन

आत्महत्या गर्नेहरू पापी हुन
तिनलार्इ गार्इ मारे जस्तै पाप लाग्छ
आफ्नै सन्तान टुहुरा पारेकोमा
तिनीलार्इ परमेश्वरको श्राप लाग्छ
आफ्नै आत्मा मार्नेलार्इ
भगवान बुद्धले पनि श्राप दिने छन्
तिनीहरूलार्इ पारूहाङ सुम्निमाले थुक्ने छन्

मुना मर्दा मदन कति रोए होलान ?
सुम्निमा मर्दा पारूहाङ कति रोए होलान ?
जुलियट मर्दा रोमियो कति रोए होलान ?
तिमी मर्दा पनि कवि जी
त्यसरी नै रून्छन तिम्रा आफन्तहरू

आफ्नै सन्तान टुहुरा पारेर के पाइन्छ ?
सारा आफन्तहरूलार्इ नमीठो घात दिएर के पाइन्छ ?
वरिपरि सबै छिमेकीहरू रूवाएर के पाइन्छ ?
यो समाजभरि कलंक छरेर के पाइन्छ ?
आफ्नै कुलमा दुर्नाम भरेर के पाइन्छ ?
धरोधर्म कविजी !
आवेगमा आत्महत्या गरेर के पाइन्छ ?

आत्महत्यालार्इ आत्माले इन्कार गर्छ
संसारका सबै धर्ममा आत्महत्या अपराध हो
आत्महत्या गर्नेहरू सबै कायर हुन्, नामर्द हुन्
यस्ताहरू मर्दा पनि गनाउँदै गनाउँदै मर्छन
जब मर्छन उनीहरू गनाउँदै गनाउँदै बाँच्छन
स्वर्गको त कुरै छाडौं सोझै नर्क जाइन्छ

विराम हुँदा चिन्ता नलियौं
डाक्टर भेटौं सल्लाह लियौं
जस्तोसुकै विरामको पनि उपचार हुन्छ

समस्यामा आत्तिनु हुन्न
जतासुकै सोचेर मातिन्नु हुन्न
यसो गर्छु, त्यसो गर्छु भनी तातिनु हुन्न

हरेक समस्याको समाधान हुन्छ
धैर्य लिनु पर्छ
आत्मबल दरो पार्नु पर्छ
कवि जी ! हिम्मत लिएर गरिखानु पर्छ

इति

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ९ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…