back

घाँटी छिनाएपछि पनि १८ महिनासम्म बाचिरह्यो कुखुरा

वि.सं.२०७४ चैत १६ शुक्रवार

126 

shares
NTC AD
Global IME AD

head-less-chiclen

घाँटी काटेको १८ महिना सम्म कुखुरा बाँचिह्यो भन्ने थाहा पाउँदा तपाइलाई अचम्म लाग्न सक्छ । भएको छ त्यस्तै । तर, नेपालमा होइन् अमेरिकामा ।
अमेरिकामा ७० वर्ष पहिले घटेको घटना हो । त्यहाँका एक किसानले एक कुखुराको टाउको छिनालिदिए । तर त्यो कुखुरा १८ महिना सम्म बाँचिरह्यो । अचम्म त झन यो भयो की, उक्त कुखुरा ‘मिराकल माइक’को नाममा संसारभरी चर्चित भयो ।
टाउको छिनालेपछि पनि कसरी बाचिरह्यो त ?
१० सेप्टेम्बर १९४५ मा कोलोराडोस्थित फ्रुटा फार्ममा लयड ओल्सेन र उनकी श्रीमती क्लारा कुखुरा काटिरहेका थिए । त्यसदिन उनीहरुले ४०–५० वटा कुखुरा काटेका थिए । तर, एउटा कुखुरा भने टाउको काटिएपछि पनि बाँचिरह्यो । ओल्सेन र क्लाराको छोरा वार्टस भन्छन् ‘जब आफ्नो काम सकेर मासु उठाउन लागेका थिए, तब काटेर राखिएको कुखुराको बीचमा एउटा कुखुरा टाउको विना दौडिरहेको थियो ।’
उनीहरुले उसलाई स्याउको बाकसमा बन्द गरिदिए । तर अर्कोदिन लयड ओल्सनले राखेको ठाउँमा हेर्न जाँदा कुखुरा बाँचिरहेको थियो । उनी यो देखेर अचम्म परे । बाल्यकालमा ओल्सनले आफ्नो जिजुबुवाबाट यस्तो कथा मात्र सुनेका थिए ।
अमेरिकाको फ्रुटामा हरेक वर्ष ‘हेडलेस चिकन’ महोत्सब मनाईन्छ । वार्टस भन्छन् ‘उनीहरु मासु बजारमा मासु बेच्नका लागि लिएर गए । उनले आफ्नो हातमा ‘हेडलेस कुखुरा’ पनि लिएर गए । त्यतिबेला घोडा गाडी हुन्थ्यो । बजारमा यस्तो अनौठो कुखुरा देखेपछि बियर र अरु केही चिजहरुसँग शर्त लगाउन थाले ।’
यस्तो कुरा छिट्टै फ्रुटामा फैलियो । एक स्थानीय समाचारले लयडको अन्तवार्ता समेत लियो । केही दिनपछि एक साइड शोका प्रमोटर होप वेड ३०० किलोमीटर टाढा युटा प्रान्तको साल्ट लेक सिटीबाट आए र लयडलाई आफ्नो शो मा निम्ता दिए ।
लउड साल्ट लेक सिटी गए । फेरि युटा विश्वविद्यालयमा पुगे । जहाँ कुखुरा ‘माइक’ को जाँच गरियो । हल्ला यो फैलियो की विश्वविद्यालयका बैज्ञानिकहरुले त्यहाँ धेरै कुखुरा काटेर यो पत्ता लगाउन खोजे की, टाउको विना कुखुरा बाँच्न सक्छ की सक्तैन् भनेर । माइकको नाम ‘मिराकल माइक’ भनेर होेप वेडले नै नाम राखिदिए । त्यसको बारेमा ‘लाइफ म्यागेजीनले स्टोरी पनि बनायो ।
त्यसपछि लयड र क्लारा माइकलाई लिएर अमेरिकाको भ्रमणमा निस्किए । उनीहरु क्यालिफोर्निया, एरिजोना र अमेरिकाको दक्षिणपूर्वि राज्यमा गए । माइकको यस यात्राबारे क्लाराले नोटबुकमा लेखेकी थिइन् जुन आज पनि वाटर्सको साथमा रहेको छ ।
तर, लयड जब १९४७ मा एरिजोनाबमे फीनिक्समा पुगे त्यही नै माइकको मृत्यु भयो । माइकलाई सधै ड्रपबाट जुश लगायत खान दिइन्थ्यो । माइकको भोजन नलीलाई सिरिंजबाट सफा गरिन्थ्यो । ताकी घाटी नभरियोस् भनेर । तर, एकरात सिंरिज कार्यक्रममै भुलेको हुनाले अर्कोको व्यवस्था गर्दा गर्दै माइकको मृत्यु भयो ।
वार्टस भन्छन्, ‘वर्षौसम्म लयडले यो दावा गरिरहे की, उनले माइकलाई बेचिदिएका थिए भनेर । तर, एक रात उनले मलाई सत्यता बताए माइकको मृत्यु भयो ।’
१८ महिनाँ हेडलेस भएर पनि बाँचिरहेको कुखुराले लयडको आर्थिक स्थितिमा पनि सुधार ल्याएको बताइन्छ । बिबिसी

वि.सं.२०७४ चैत १६ शुक्रवार १७:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD