back

यस्तो छ लुभेन महोत्सबको तयारी

वि.सं.२०७४ चैत २९ बिहीवार

138 

shares
NTC AD
Global IME AD

mahotsab

यहि १४ अप्रिल २०१८ का दिन नेपाली नयाँवर्ष तथा नेपाल महोत्सव कार्यक्रम बेल्जियमको शिक्षिक केन्द्र लुभेनमा सम्पन्न हुन गैरहेको छ । नेपाली कला सांस्कृतिक र पर्यटन प्रबर्धनको लागि हुन गैरहेको सो कार्यक्रम प्रत्येक वर्ष जस्तै यो वर्ष पनि नेपाली राजदूतावासको संरक्षकत्व नेपाली पर्यटन बोर्ड, सम्पूर्ण नेपाली संघसँस्था र एनआरएनए बेलिल्जयमको संयुक्त आयोजनामा हुने बताइएको छ ।

एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले दिएको जानकारी अनुसार कार्यक्रममा आतिथ्यता ग्रहण गर्न सोहि संघका केन्द्रिय उपाध्यक्षद्वय कुल आचार्य र सपिला राज भण्डारी बेल्जियम आउने छन् ।

बेनेलक्सका राजदुत लोक बहादुर थापा, सचिब जानकी गुरुङ, महिला फोरमकी ग्लोबल संयोजक रजनी प्रधान, नेपाली गैह्रआबासिय संघ युरोपका संयोजक शिब बरुवाल, पत्रकार महासंघका युरोप प्रतिनिधि,पत्रकार तथा चर्चित क्यामराम्यान राजेन्द्र रसाइली, सम्पूर्ण नेपाली संघ संस्थाका नेतृत्वहरु लगायत युरोप भरिका अधिकांश एनआरएनए नेतृत्वहरुको उपस्थिति रहने भनिएको उक्त महोत्सब भब्य हुने बताइएको छ । दिउसो १४ बजेबाट शुरु हुने उक्त कार्यक्रमको औपचारिक सत्र ४५ मिनेटको रहने छ ।त्यसपछि नेपाली खानाको स्वाद, मनोरन्जनात्मक चिट्ठा, संगीत ,स्लाइड सो लगायतका कार्यक्रम रहने छन् ।
लगत्तै नेपालका पर्यटकिय क्षेत्रहरु लक्षित वृत्त चित्र प्रस्तुत गरिने छ भने प्रोत्साहन स्वरुप २ जोडीलाई निशुल्क उडान टिकट, र केहि पर्यटकहरुलाई होटल वा खानाको निशुल्क कुपन चिठ्ठा प्रणाली मार्फत उपलब्ध गराइने जनाइएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार त्यहाँ उपलब्ध दश प्रदर्शनी कक्षमध्ये आठ बुकिङ्ग भैसकेको र एकमा दूताबास, पर्यटन बोर्ड र एनआरएनएको कक्ष रहने छ ।
पर्यटन प्रबर्धनको लागि गरिएको सो महोत्सबमा लुभेन लगायत नगरपालिकाका उच्च पदस्थहरुको समेत उपस्थिति रहने जानकारी अध्यक्ष दाहालले दिएका छन् । उनका अनुसार आवस्यक तयारी लगभग पुरा भएको र केहि प्राबिधिक पक्षमा सम्बन्धित टिमसंग आवस्यक छलफल भैरहेको छ । अध्यक्ष दाहाल, कार्यक्रमका संयोजक खड्क बहादुर केशी तथा नेपाली दूताबास परिवारले सम्पूर्ण गैह्रआवाशीय नेपाली संघका भू पु नेतृत्व र अन्य संघ संस्थाहरुलाई हर तरहले महोत्सब सफल पार्न आत्मीय सहयोगको अपिल समेत गरेको छन ।

वि.सं.२०७४ चैत २९ बिहीवार १४:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...