back

नबिल फाउण्डेसनको नयाँ वर्ष बालबालिकाको साथ

वि.सं.२०७५ वैशाख ६ बिहीवार

192 

shares
NTC AD
Global IME AD

nabil bank

नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले नबिल बैंक तथा हिमालयन टेलिभिजन टिम संग संयुक्त रुपमा नयाँ वर्ष २०७५ सेलेब्रल पाल्सी नेपाल नामक संस्थामा उपचाररत एवं अध्ययनरत बालबालिकाका साथमा मनायो । सेलेब्रल पाल्सीबाट ग्रसीत बालबालिकाहरु संग केही खुशीका रमाईलो क्षण बिताउन उक्त कार्यक्रम आयोजना गरिएको थियो । बालबालिकाहरुले कार्यक्रममा विभिन्न खेल, सांगीतिक कार्यक्रम, नृत्य साथ मनोरञ्जन गरेका थिए । गायिका सबिना कार्काीले पनि उक्त कार्यक्रममा आफ्रना प्रस्तुतीहरुद्वारा बालबालिकाहरुको मनोरञ्जन गर्नुभएको थियो ।

सेलेब्रल पाल्सी नशामा हुने एकप्रकारको असन्तुलन हो जुन खास गरेर मस्तिष्कको राम्ररी विकास नभएका मस्तिष्क पक्षघातसँग सम्बन्धित हुन्छ । सेलेब्रल पाल्सीले प्रारम्भिक चरणमा शरीरको गति र माँसपेशीहरुको सन्तुलनमा असर पार्दछ । सेल्फ हेल्प ग्रुपको स्थापना ३१ वर्ष अघि भएको हो र यसको उद्देश्य सेलेब्रल पाल्सीबाट ग्रसीत वयस्क र बालबालिकाहरुलाई सही उपचार गर्दै देखभाल गर्ने, सुविधा र राहत प्रदान गर्ने रहेको छ । समुहले त्यस्तो बालबालिकाहरु र उनीहरुका अभिभावकहरुलाई लक्षित गरेर विशेष शिक्षा कार्यक्रम, पुनस्थापना केन्द्र र प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्ने गरेको छ । प्रवद्र्धनात्मक कार्यक्रम अन्तरगतको आवासमै सेवा पु¥याउने कार्यक्रम हो, जुन खास गरेर पुनस्थापना सेवाको पहुँच नभएका तर सेलेब्रल पल्सीबाट प्रभावित बालबालिकाहरुका लागि संचालन गरिन्छ । प्रशिक्षित घरेलु प्रशिक्षक सेलेब्रल पल्सी ग्रस्त बालबालिकाहरुलाई घर घरमै गएर सेवा प्रदान गर्दछन् र उनीहरुलाइृ सामान्य थेरापी सीप र उनीहरुका अभिभावकहरुलाई त्यस्तै तरिकाहरुबारे सिकाउने गर्दछ्न् ।

नबिल बैंकले एसजिसिपिलाई सेलेब्रल पाल्सीबाट ग्रसीत बालबालिकाहरुलाई पर्सामा संचालन गरिन लागेको परामर्श सेवा, उपचार सेवा र प्रशिक्षण कार्यक्रमहरुको निमित्त आर्थिक सहयोग उपलब्ध गराएको पनि थियो । एसजिसिपिका कार्यकारी प्रमुख श्री विमललाल श्रेष्ठले बैंक तथा फाउण्डेसनका कर्मचारीहरुलाई स्वागत गर्दै सेलेब्रल पल्सी बालबालिकाहरुसँग उत्सव मनाएर खुशी बांडि बच्चाहरुको मनोबल उच्च बनाएकोका आभार पनि व्यक्त गर्नु भयो ।

वि.सं.२०७५ वैशाख ६ बिहीवार १२:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...