Sansar News- Nepal's Fast Khabar Online News Portal

अर्ती दिने तर आफू चैँ राम्रो लेख्न नसक्नेहरुले गजललाई बिगारेका छन्

संसार न्यूज़
४ वर्ष पहिले
अर्ती दिने तर आफू चैँ राम्रो लेख्न नसक्नेहरुले  गजललाई बिगारेका छन्

babu-tripathi

 

नेपाली साहित्यमा स्थापित नाम हो, बाबु त्रिपाठी । युवा पुस्ताका शसक्त साहित्यकार त्रिपाठी विशेषतः गजल लेखनमा बढी सक्रिय छन् । गजल लेखनभित्रको विकृति र संस्कृतिको विषयमा संसार न्युज डटकमको लागि संगीता पनेरुले गरेको कुराकानीको अंश

अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले आख्यानकार उमा सुवेदीको उपन्यास इतिसँग छु । दामाटार मनमा गजबले बसेको छ ।

तपाईँ युवा पुस्ताको जल्दोबल्दो गजलकार, पछिल्लो समय गजल लेखनमा कलम कसरी चलिरहेको छ ?
पछिल्लो समय म चुप लागेर बसेको छु । लगभग दश महिना भयो एउटा पनि गजल लेख्न सकेको छैन । लेखेको भए त गजललाई म बाहिर ल्याउँथेँ नै । अर्थात लेख्न नसक्नुको पहिलो कारण म आफैँ हुँ । नढाँटीकन भन्दा यतिखेर बलिया गजलहरुको उपस्थिति बढी छ । त्यस्ता गजलहरुको अगाडि कि त चुप बस्नु नै वेश हुन्छ कि त कुममा कुम मिलाउन सक्नुपर्छ ।

समकालीन पुस्ताले गजलको बाटो बिगारे भन्नहरूलाई चैँ रुपक वनवासी, माधव खतिवडा, राबत, डा.टीकाराम भण्डारी, डा.सुधा शाही, डा.निरज भट्टराई, अमला अधिकारी, कपिल अञ्जान, विपीन सलामी, संगीता थापा, हुकुम ठीमा धड्कन, भावना पाठक, बरुण लामिछाने, विवेक विषालु (धेरैको नाम यहाँ छुटेको छ) लगायत अरु धेरै गजलकारहरुको गजल पढ्न अनुरोध र आग्रह गर्दछु ।

मोतिराम भट्टले जुन ढुंगबाट गजलको विजारोपण गरेका थिए तर, समकालिन पुस्ताले त्यो बाटो छोडेर गजललाई बिगारे भन्ने आरोप छ नि के भन्नुहुन्छ ?
गजल बिगारे हैन । सपारे । समकालीन पुस्ता मोतीराम भट्टलाई असाध्यै मनमा राखेर हिँड्छन् । हिँडेको पनि छन् । नेपाली गजल र मोतीरामको कुरा अब व्यापक भैसकेको छ । तर जब ज्ञानुवाकर पौडेलको उदय हुन्छ, तब गजलको राजमार्ग अझै फराकिलो भएको ठीक साँचो हो । नराम्रा गजलहरु पढ्नेहरुले नराम्रै धारणा गजलप्रति बनाएकोमा मलार्ई कुनै अचम्म लाग्दैन । देख्ने अरु धेरै अग्रजहरुले स्वीकारिसके । मेरो यो कुरा नस्वीकार्नेहरुले नस्वीकारुन् । हाम्रा अग्रजहरुले देखाउनु भएको बाटोमा जो जताबाट हिँडे पनि अहिले आएर चैँ समकालीन पुस्ताले आ–आफ्नो गजलको बाटो बनाइसकेका छन् । समकालीन पुस्ताले गजलको बाटो बिगारे भन्नहरूलाई चैँ रुपक वनवासी, माधव खतिवडा, राबत, डा.टीकाराम भण्डारी, डा.सुधा शाही, डा.निरज भट्टराई, अमला अधिकारी, कपिल अञ्जान, विपीन सलामी, संगीता थापा, हुकुम ठीमा धड्कन, भावना पाठक, बरुण लामिछाने, विवेक विषालु (धेरैको नाम यहाँ छुटेको छ) लगायत अरु धेरै गजलकारहरुको गजल पढ्न अनुरोध र आग्रह गर्दछु । एकचोटि कैफियत पढ्न पनि अनुरोध गर्दछु । यी गजलकारहरूलाई पढे मात्र पनि गजल के हो ? भनेर जान्न र बुझ्न सकिन्छ । समकालीन पुस्ताले नै गजललाई यो स्थानमा ल्याएका हुन् । गजललाई बचाएका हुन् ।

खासमा गजल के हो र कस्तो हुनुपर्छ ?
गजल लेख्न गारो छ । अरुलाई अर्ती दिन सजिलो छ । यहाँ अर्ती दिने तर आफू चैँ राम्रो लेख्न नसक्नेहरुले पनि गजललाई बिगारेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेका छन् । जो बढी अर्ती दिन्छ उसले म आफूचैँ कस्तो लेखिरहेको छु ? पाठकहरूले मलाई कसरी बुझिरहेका छन् भन्ने चैँ बिर्सिएको अवस्था हो । तैपनि उसले गजल यसरी लेखिनुपर्छ भनेर नियम कानुन चैँ सिकाइरहेको छ । मानौँ कि ऊ कुखुरालाई फुल पार्न सिकाइरहेछ । गजल यस्तै हुनपर्छ भनेर उधारो र रेडिमेड कुरा फलाक्न गाह्रो छैन । जे होस् गजल जीवनको लय हो । अबको गजलले समाजलाई नियाल्न पर्छ र बाटो पनि देखाउन पर्छ । बिनौला गरेरमात्र गजल हुँदैन ।

पुराना पुस्ता र नयाँ पुस्ताका गजलकार बीच गजल लेखनमा देखिएको खास समस्या कहाँनेर हो ?
सकारात्मक सोचे समस्या कहीँ पनि छैन । नकारात्मक सोचे समस्या जताततै देख्छु म । पुरानो पुस्ताका हाम्रा केही अग्रजहरुले नयाँ पुस्ताका गजललाई स्वीकार गरेको अवस्था अझै जीवित छ । तर केही अग्रजहरुले अगाडि स्वीकार गरेजस्तो गरे पनि मनैबाट चैँ सहजै स्वीकार गरिएको भान समेत भएको छैन । उनीहरुमा गजल लोकप्रिय हुँदै गएको मनोवैज्ञानिक त्रास छ । उहाँहरु आ–आफ्नै डम्फु बजाउन अभ्यस्त हुनुहुन्छ । नयाँ पुस्तामाचैँ ठूलो भ्रम छ । नटिक्ने घमण्ड पनि छ । त्यो त्याग्न पर्छ । नयाँ पुस्तामा अह्म हुनुको मुख्य दोष म सामाजिक सञ्जाललाई दिन्छु । जहाँ ९० प्रतिशत अत्यन्तै कम्जोर गजलहरु राखिएका हुन्छन् ।

आजभोलि गजलको बाढी चलेको छ भनिन्छ । तर यसमा स्तरीयताको पनि कुरा हुन्छ होला । जाँच गर्ने निकाय कुन हो ?
बाढी कुन अर्थमा भनियो त्यो भन्नेलाई जिम्मा दिऊँ । उत्तर पनि भन्नेसँग नै होला । तर गजलको जाँच गर्ने निकाय भनेको प्रबुद्ध पाठकहरूमात्र हुन् । यहाँ अरु कसैले जाँचेर हुँदैन ।

अन्त्यमा के भन्नुहुन्छ ?
ज्ञानुवाकर पौडेल भन्नुहुन्छ–“अहिलेका अधिकांश गजलहरू नैसर्गिक सौन्दर्य नभएकाहरुले गरेको भद्दा मेकअप गरेजस्ता छन् । साथीभाइबाट वाहवाही पाउन रहर र सोखले लेख्नेहरू असी प्रतिशत छन् । गजलमा म पनि नयाँपन र योगदान दिन सक्छु भनेर समर्पित भावले लाग्नेहरू सीमित छन् । स्तरको कुरा गर्ने हो भने हामी कहाँ पाँच प्रतिशत गजल उत्कृष्ट छन् । पन्ध्र प्रतिशत राम्रा छन् र बाँकी औसत कोटिका छन् । मूल्यांकन गर्नेहरूले तिनै औंसत स्तरका रचनालाई हेरेर गजलबारे धारणा बनाउने र विरोध गर्ने गर्छन् ।” यो कुरामा सहमत छु । यत्ति भन्छु ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…