back

एनआरएनए अध्यक्ष कुमार पन्त भन्छन्–‘१० अर्ब लगानी भित्राउने प्रक्रिया अघि बढिसक्यो’

वि.सं.२०७६ माघ १४ मंगलवार

387 

shares
NTC AD
Global IME AD

१५ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब लगानी भित्राउने प्रतिवद्धता अनुसार प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

‘१० अर्बको कोषमा सरकारले पनि ५० करोड लगानी गर्ने भनेको थियो । अहिले त्यो कसले गर्ने भनेर विभिन्न मन्त्रालयमा फाइल घुमिरहेको छ । हामी छिटो यसलाई फाइनल गर्दिनुस् भनेर अर्थ र उद्योगमा भनेका छौं ।’ पन्तले भने ।

अध्यक्ष पन्तले मन्त्रालयले यो प्रक्रिया टुंग्याइदिएपछि फण्ड संकलन गर्न लाग्ने बताउँदै त्यसका लागि अर्थमन्त्री, उद्योगमन्त्री र सचिवहरुसँग पनि कुरा गरिसकेको समेत बताएका छन् । ‘हामी प्रतिवद्धताअनुरुप १० अर्ब रुपैयाँको लगानी भित्राउन सक्छौं । ठूला आयोजनामै लगानी गर्ने हो ।’ उनले भने ।

मुलुकमा पुँजी ल्याउने कुरामा गैरआवासीय नेपालीहरु एकदमै सक्षम भइसकेको बताउँदै अध्यक्ष पन्तले ठूला–ठूला अस्पताल, ठूला होटल, बैंक र हाइड्रोपावरदेखि पर्यटनमा ठूलो लगानी गैरआवासीय नेपालीको रहेको समेत बताए । उनले यी उद्योगले नेपालमा लाखौं युवाका लागि रोजगारी सिर्जना गरेको समेत बताएका छन् ।

‘यति हुँदाहुँदै पनि मुलुकको अर्थतन्त्रका कारणले दैनिक रुपमा युवाहरु विदेशिने क्रम रोकिएको छैन ।’ अध्यक्ष पन्तले भने, ‘गैरआवासीय नेपाली संघ शुरुमा स्थापना हुँदा पनि हामीले के भनेका थियौं भने हामीले विदेशमा हुँदा सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा ल्याउँछौं भनेका थियौं ।’

अध्यक्ष पन्तले पुँजी भन्दा पनि ठूलो कुरा प्रविधि रहेको भन्दै यसमा एनआरएनले चासो लिएको बताए । ‘डेढ वर्षअघि हामील जुन सम्मेलन गरेका थियौं, त्यो निकै सफल भयो । झण्डै पाँच सय हाम्रा गैरआवासीय नेपाली साथीहरु त्यसमा सहभागी हुनुभएको थियो । उहाँहरुले यो अभियानमार्फत आफूले सिकेको ज्ञान, सीप र प्रविधि मुलुकको समृद्धिका निम्ति हस्तान्तरण गर्न चाहान्नुहुन्छ ।’

अध्यक्ष पन्तले यसमा परराष्ट्र मन्त्रालयले पनि विशेष चासो देखाएको बताउँदै केहि दिन अघि परराष्ट्र मन्त्रालय र योजना आयोगसँग भेटेर कुरा गर्दा बिज्ञ सम्मेलन गर्नुर्पयो भन्ने कुरा आएको समेत बताए । ‘हाम्रा पाएको ज्ञान, सीपलाई नेपालमा लगानी गर्न चाहान्छौं ।’ अध्यक्ष पन्तले भने ।

वि.सं.२०७६ माघ १४ मंगलवार १७:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...