back

कोरोना भाइरस- इरानमा थप १२ को मृत्यु

वि.सं.२०७६ फागुन २० मंगलवार

1.2K 

shares
NTC AD
Global IME AD

२० फागुन, तेहरान ।  इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने थप सङ्क्रमितको सङ्ख्या १२ भएको इरानी अधिकारीले सोमबार बताएका छन् । यससँगै इरानमा कोभिड–१९ भनिने यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या कूल ६६ पुगेको छ ।

इरानमा अघिल्लो दिन ५२३ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएकोमा सोमबार यो सङ्ख्या तेब्बर बढेर एक हजार ५०१ पुगेको बताइएको छ ।
इरानका उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले सोमबार एक पत्रकार सम्मेलन गरी भने, “इरानमा मार्च २ को रातिसम्म मृत्यु हुने विरामीको सङ्ख्या ६६ पुगेको र सङ्क्रमणका कारण एक हजार ५०१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।”

इरानमा सरकारी तथ्याङ्कमा मृत्यु हुनेको सङ्ख्या ६६ बताइएपनि योभन्दा निकै धेरै व्यक्तिको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या पनि निकै धेरै रहेको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण भएको भनिएको इरानको दक्षिणी क्षेत्रका एक सांसदले कोरोनाबारे सरकारले तथ्याङ्क लुकाएको भन्दै बीबीसीलाई गत बिहीबार दिएको तथ्याङ्कमा २१० व्यक्तिको मृत्यु भइसकेको बताएका थिए जबकी त्यतिबेलाको सरकारको तथ्याङ्कमा इरानमा मृत्य हुने व्यक्तिको सङ्ख्या ३० भन्दा कम उल्लेख गरिएको थियो ।

वि.सं.२०७६ फागुन २० मंगलवार ०८:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम ।   इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव...

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...